ओलीको गृहनगर दमकमा ६ दलिय गठबन्धनलाई धक्का, एमालले लियो अग्रता - News Birat

ओलीको गृहनगर दमकमा ६ दलिय गठबन्धनलाई धक्का, एमालले लियो अग्रता

न्यूज विराट

विराटनगर, ३१ वैशाख । सर्वाधिक चासोका साथ हेरिएको एमाले अध्यक्ष ओलीको गृहनगर समेत रहेको झापाको दमक नगरपालिकामा नेकपा (एमाले) ले अग्रता कायम गरेको छ ।

दमक–१ को दुई सय मत गणना गर्दा मेयरमा एमालेकी गिता अधिकारीले ९६ मत प्राप्त गर्दै अग्रता कायम गरेकी छन् । उनका निकटतम प्रतिद्वन्द्धी ६ दलिय गठबन्धनका राम थापाले ७९ मत प्राप्त गरेका छन् ।

उपमेयरमा भने ६ दलिय गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी रेगिना भट्टराईले ९० मत प्राप्त गर्दै अग्रता कायम गरेकी हुन् । दमकमा एमालेविरुद्ध पाँद दलिय सत्ता गठबन्धन र राप्रपा मिलेर एमालेविरुद्ध गठबन्धन गरेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles