प्रधानाध्यापक श्रेष्ठ हत्याको जिम्मा ‘विप्लव’ समूहले लियो - News Birat

प्रधानाध्यापक श्रेष्ठ हत्याको जिम्मा ‘विप्लव’ समूहले लियो

न्यूज विराट

मोरङ मिक्लाजुङ गाउँपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको  हत्याको जिम्मा विप्लव समूहले साँझ प्रेस विज्ञप्ति जारी गर्दै लिएको छ । विप्लव समूहका मेची–कोसी ब्युरो इन्चार्ज प्रतापको हस्ताक्षर भएको विज्ञप्तिमा भनिएको छ, ‘श्रेष्ठले पार्टीविरुद्ध सुरकी गरेको र गर्दै आएका थिए । २६ फागुन २०७६ को मेची-कोसी ब्युरो बैठकमा प्रहरी बेलाएर दमन गराएका थिए । पटक पटक आफ्नो आफ्नो त्यस प्रकारको पार्टी विरोधी गतिविधि रोक्न आफूलाई सच्याउन भनी सम्झाउँन जाँदा पनि उग्रस गतिविधि गरिरहेका थिए । उनलाई यसपटक पनि सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारका क्रममा निजको मृत्यु हनु गएको जानकारी गराइन्छ ।’

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles