विराटनगर । कोशी प्रदेशको नाम खारेजीको माग गर्दै पहिचान पक्षधरले विराटनगरमा आज शान्तिपूर्ण आन्दोलन गरेका छन् । प्रदेश १ पुनः नामकरण संघर्ष समितिले कोशी प्रदेश खारेजीको माग राख्दै पहिचानको आधारमा नामकरण हुनुपर्ने माग राख्दै शान्तिपूर्ण आन्दोलन गरेका हुन् । उनीहरुले विराटनगरको बिजुली अपिस अगाडी भेला भएर निस्किएको प्रर्दशन डिएसपी रोड हुँदै जिल्ला प्रशासन कार्यालयबाट वीरेन्द्र सभा गृह अगाडी कोणसभा आयोजना गरेका थिए । उनीहरुले पहिचानको आन्दोलनलाई दबाउने प्रयास सरकारको लागि महंगो सावित हुने चेतावनी दिए । प्रदेशवासीले अतिरिक्त अधिकार नभई पहिचान माग गरेको बताउँदै त्यसलाई रोक्न खोजिएको बताए । उनीहरुले पहिचानसहितको नामकरण नगरे जस्तोसुकै आन्दोलन गर्न पनि बाध्य हुने चेतवीन दिएका छन् ।
यसअघिको विराटनगरमा भएको आन्दोलनको क्रममा निषेधित क्षेत्र तोडेर अगाडी बढेपछि प्रहरी र आन्दोलनकारीबीच झडप हुने गरेको थियो । आइतबार आन्दोलनको क्रममा पक्राउ परेका पहिचानवादी २७ नेता तथा कार्याकताहरुलाई मंगलबार साझ रिहा भएका थिए । रिहा हुनु अगाडी पहिचानवादी र स्थानीय प्रशासनबीच आगमी दिनको आन्दोलन शान्तिपूर्ण गरिने सहमति भएको थियो । सोही अनुसार बुधबारको आन्दोलन शान्तिपूर्ण भएको हो ।
काठमाडौं, १५ पुस । नेपालमा थप २४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप २४१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा...
काठमाडौं, २९ मंसिर । चीनप्रति लक्षित गर्दै भारतीय रक्षामन्त्री राजनाथ सिंहले केही शक्तिले नेपाल र भारतबीचको सम्बन्ध बिगार्न चाहेको टिप्पणी गरेका छन् । भारतको उत्तराखण्डको राजधानी देहरादुनमा आयोजित सैनिक सम्मान कार्यक्रममा बोल्दै उनले भने, ‘केही...
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ६९ औं प्रहरी दिवसको अवसर पारेर रक्तादन कार्यक्रम आयोजना गरेको छ । विराटनगरको ट्राफिक चोकमा मंगलबार आयोजना गरेको रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान गरेको प्रहरीले जनाएको छ ।कोशी...
काठमाडौं, १ भदौ । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सर्कुलरको आधारमा आजेखि मुलुकभर स्मार्ट लकडाउनको कार्यविधि लागू भएको छ । यही कार्यविधिको आधारमा जिल्ला प्रशासन कार्यालयहरुले स्थानीय निकायहरुमा स्मार्ट लकडाउनको आदेश लागू गर्न सक्नेछन् ।...
विराटनगर । घरेलु टिम विराटनगर सिटी सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गर्दै सेमिफाइनलमा पुगेको छ । सहिद रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा पूर्व विजेता टिम नेपाल पुलिस क्लबलाई १–० गोलले निराश बनाउँदै...
जनकपुर, ८ जेठ-पूर्वमन्त्री आफताब आलमको रौतहटस्थित घरमा प्रहरीले खानतलासी गरेको छ । राजपुर बमकाण्डका अभियुक्त रहेका आलम अहिले काठमाडौंस्थित नख्खु कारागारमा रहेका छन् । सोही बमकाण्डका फरार अभियुक्त महताब आलमलाई पक्राउ गर्न प्रहरीले बिहीबार राती...
सभामुख अग्निप्रसाद सापकोटाले कोरोनाविरुद्धको खोप वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएकाले बिनाहिचकिचाहट निर्धक्क भएर लगाउन सम्पूर्ण नागरिकलाई आग्रह गरेका छन् । मीनभवनस्थित निजामती अस्पताल परिसरमा कोभिड- १९ विरुद्धको खोप लगाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले व्यवस्थित र सहजरूपमा...
विराटनगर, २४ फागुन । शान्ती युवा क्लबले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आज विराटनगर ११ का महिला हरुसँग अन्तरक्रिया गरेको छ । उक्त कार्यक्रममा वडाध्यक्ष ७ तिर्थेन्द्र न्यौपाने, वार्ड नम्बर ११ कि वाडा सदस्य इन्दिरा...