राशिफल

केही शक्तिले नेपाल-भारत सम्बन्ध बिगार्न खोजे:राजनाथ सिंह

 न्यूज विराट
केही शक्तिले नेपाल-भारत सम्बन्ध बिगार्न खोजे:राजनाथ सिंह

काठमाडौं, २९ मंसिर । चीनप्रति लक्षित गर्दै भारतीय रक्षामन्त्री राजनाथ सिंहले केही शक्तिले नेपाल र भारतबीचको सम्बन्ध बिगार्न चाहेको टिप्पणी गरेका छन् ।

भारतको उत्तराखण्डको राजधानी देहरादुनमा आयोजित सैनिक सम्मान कार्यक्रममा बोल्दै उनले भने, ‘केही शक्ति छन् जसले भारतको नेपालसँगको सम्बन्धलाई बिगार्न चाहिरहेका छन् ।’

उनले भने, ‘सरकारी प्रतिनिधिको हैसियतमा म तपाईंलाई भन्न चाहन्छु, शीर झुकाउनु पर्‍यो भने झुकाउँछौं तर, छिमेकी नेपालसँगको सम्बन्ध टुट्न दिँदैनौं ।’

नेपालसँग निकट सम्बन्ध राख्ने भारतीय रक्षामन्त्री सिंहको यो अभिव्यक्तिलाई भारतीय संचारमाध्यमले समेत महत्वका साथ प्रकाशन गरेका छन् ।

सम्बन्धित समाचार

साविक बिजेता एपीएफलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...

प्रहरी र पहिचानपक्षबीच विराटनगरमा झडप, एक दर्जन घाइते

विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...