
महिला साफ च्याम्पियनसिप नेपालमा हुने
साफ महिला च्याम्पियनसिप २०२२ आगामी भदौ १३ देखि २५ गतेसम्म नेपालमा आयोजना हुने भएको छ । शनिबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको हो । अखिल...
सभामुख अग्निप्रसाद सापकोटाले कोरोनाविरुद्धको खोप वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएकाले बिनाहिचकिचाहट निर्धक्क भएर लगाउन सम्पूर्ण नागरिकलाई आग्रह गरेका छन् ।
मीनभवनस्थित निजामती अस्पताल परिसरमा कोभिड- १९ विरुद्धको खोप लगाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले व्यवस्थित र सहजरूपमा लगाउने वातावरण भएकाले खोप अभियान सफल हुने विश्वास व्यक्त गरे ।
सभामुख सापकोटाले भने, ‘खोप लगाउँदा अलि असहज हुन्छ कि भनी सोचेको थिएँ । विल्कुल असहज भएन । खोप लगाउने बेला हुँदै छ होला भन्दै थिएँ, खोप दिइसकिएको छ ।’
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सबै नेपाली नागरिकलाई बिनाहिचकिचाहट सहज ढङ्गले खोप प्रयोग गरी स्वस्थ रहन अपिल गरेका छन् ।
विश्वभर महामारीका रूपमा फैलिएको कोरोनाले मानव जातिलाई अप्ठेरो पारिरहेको अवस्थामा खोपको आविष्कार र प्रमाणित भएपछि मानिसले खराब विषाणुविरुद्ध फेरि एकपटक विजय हासिल गरेको महसुस भएको बताउँदै उनले औषधि प्रभावकारी सावित भएसँगै मानिसको प्रकृतिमाथि विजयको नयाँ सिँढीमा मान्छे कुद्न सफल भएको उल्लेख गरे ।
अध्यक्ष प्रचण्डले भने, ‘अरुलाई लगाएको देख्दा अलि दुख्छजस्तो लागेको थियो, आफैँले लगाउँदा खोप लगाएको थाहा नै पाइनँ । कति बेला खोप्नुहुन्छ होला भनेको त भइसक्यो पो भन्नुभो । बडो सरल रहेछ । कसैले कुनै पनि खाले तनाव लिनुपर्ने अवस्था छैन । सहज ढङ्गबाट हुन्छ ।’
सञ्चारकर्मीको राजनीतिक संक्रमणबारे सोधेको प्रश्नमा उनले सर्वोच्च अदालतको फैसलाले संविधान, प्रणाली, लोकतन्त्रलाई ठीक ढङ्गबाट अघि बढ्न बाटो खोलिदिएको बताए । उनले भने, ‘अब राजनीति पनि ट्रयाकमा जान्छ भन्ने कुराको पहिलो सुनिश्चितता अदालतको फैसलाले गर्यो, न्याय, लोकतन्त्र र संविधानको जित भएको छ, यो महत्त्वपूर्ण हो । बाँकी २३ गतेदेखि बस्ने प्रतिनिधिसभाको अधिवेशनबाट प्रस्ट हुन्छ ।’
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अन्तर्राष्ट्रिय समुदायबाट गहिरो अध्ययन र अनुसन्धानबाट प्रभावकारी सावित भएको कोभिड–१९ विरुद्धको खोप ढुक्क भएर विश्वासका साथ लगाउन सर्वसाधारणलाई सुझाव दिए । उनले भने, ‘यसअघि पनि मैले विभिन्न खाले धेरै खोप लगाएकाले यस पटक खोप लगाउँदा कुनै खासै अनुभव भएन । घोचिएको पनि अनुभव हुँदो रहेनछ । आत्तिन पर्ने अवस्था छैन । खोप लगाउनुपर्यो, स्वस्थ हुन पर्यो ।’पूर्वप्रधानमन्त्री नेपालले राजनीतिक सङ्क्रमण फैलिने सम्भावनाको खतरालाई सर्वोच्च अदालतबाट पहिलो खोपजस्तै गरी आएको फैसलाले ठीक बाटोमा अघि बढ्न एउटा बाटो देखाएको प्रतिक्रिया दिए । उनले भने, ‘फैसलाबाट खतरामा परेको लोकतन्त्र, संविधानलाई जोगाएको छ, अब बाँकी राजनीतिक क्षेत्रमा अहिले देखिइरहेको सङ्क्रमणको समाधान संसदमार्फत राजनीतिक दलले गर्छन् ।’ रासस
साफ महिला च्याम्पियनसिप २०२२ आगामी भदौ १३ देखि २५ गतेसम्म नेपालमा आयोजना हुने भएको छ । शनिबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको हो । अखिल...
अमेरिकी सभामुख न्यासी पेलोसी मंगलबार राति ताइवान पुगेपछि चीनले सैन्य कारबाहीको घोषणा गरेको छ । चिनियाँ रक्षा मन्त्रालयले सैन्य कारबाहीको एक शृंखला सुरु गर्ने घोषणा गरेको ग्लोबल टाइम्सले जनाएको छ । समाचारमा भनिएको छ, ‘पीएलएले...
विराटनगर । मोरङको निर्वाचन क्षेत्र नं. ५ को प्रतिनिधी सभा सदस्यी पदमा नेकपा एमालेका योगेन्द्र मण्डलको बागी उम्मेदवारी परेको छ । मण्डलले आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । उनी...
विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बुहमत पु¥याउने नाममा संविधान र कानुनको हुर्मत लिने काम कसैले पनि गर्न नहुने बताएका छन् । सभाको अध्यक्षता गरेका कांग्रेस सांसद इस्राइल मन्सुरीले...
काठमाडौं, चैत ५–सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९)को प्रभावलाई मध्यनजर गर्दै सरकारले एसईईको परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । बुधबार दिउँसो बसेको नेपाल कम्युनिष्ट...
काठमाडौं, १७ वैशाख-प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकारलाई प्रवेश रोक लगाइएको छ । नेकपाको सचिवालय बैठकमा सूचना संकलन गर्न गएका पत्रकार प्रधानमन्त्री निवासको गेटबाटै रोक लगाइएको हो । सबै पत्रकार सडकमा नै रहेका छन् । भित्र भने...
विराटनगर । सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले कोशी प्रदेशमा ट्राफिक सप्ताह सुरू भएको छ । १४ जिल्ला रहेको कोशी प्रदेशमा बिहीबार एक समारोहको बिच ट्राफिक सप्ताह सुरू भएको हो । उक्त सप्ताहको उद्घाटन कोशी प्रदेशका...
विराटनगर । कलाकार पवन खतिवडा ‘म्याकुरी’ लाई इलका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ । बेलबारी ४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोपमा इप्रका बेलबारीले कलाकार खतिवडा र रमेश भण्डारीलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.