विराट गोल्डकप, नेपाल पुलिसलाई हराउँदै विराटनगर सिटी सेमिफाइनलमा

 न्यूज विराट
विराट गोल्डकप,  नेपाल पुलिसलाई हराउँदै विराटनगर सिटी सेमिफाइनलमा

विराटनगर । घरेलु टिम विराटनगर सिटी सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गर्दै सेमिफाइनलमा पुगेको छ ।

सहिद रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा पूर्व विजेता टिम नेपाल पुलिस क्लबलाई १–० गोलले निराश बनाउँदै घरेलु टोली विराटनगरले अन्तिम चारमा स्थान पक्का पारेको हो ।

जितमा विराटनगरका आशिष श्रेष्ठ नायक भए । निर्धारित समयसम्म गोलरहित खेल बराबरी भएपछि थप गरिएको अतिरिक्त समयकोे १ सय १७ औं मिनेटमा विराटनगरका आशिष श्रेष्ठले निर्णायक गोल गरे । दिवाकर चौधरीले निकालिदिएको पासलाई आशिषले गोलमा परिणत गरे । खेलको १ सय ३ मिनेटमा सागर थापाको ठाउँमा मैदान प्रवेश गरेका आशिषले टिमको जितका लागि निर्णायक गोल गरेका हुन् ।

पहिलो हाफसम्म पुलिसले विराटनगरलाई दबाबमा राखेको थियो । निर्धारित समयसम्म प्रहरीका लागि निकै संघर्षपूर्ण बन्यो । प्रहरीले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन नसक्दा निर्धारित समयसम्म दुवै टिमको गोलरहित खेल बराबरी भयो ।
पुलिसले २०७४ सालमा विराट गोल्डकपको उपाधि हात पारेको थियो । पूर्व विजेता प्रहरीले दर्जन बढी सुन्दर अवसर खेर फाल्दा प्रतियोगिताबाट बाहिरन बाध्य भयो ।
खेलको पाँचौ मिनेटमा पुलिसका बुद्ध लामाको प्रहार विराटनगरका गोलरक्षक प्रदीप भण्डारीले उत्कृष्ट बचाए । १८ औं पुलिसका रवि शंकर पासवानको प्रहार बारमा लागेर फर्किएको थियो । २४ औै मिनेटमा विराटनगरका अभिषेक गुरूङको प्रहार पुलिसका गोलरक्षक संजीव श्रेष्ठले उत्कृष्ट बचाए ।

२८ मिनटेमा पुलिसका ओसेन्द्र कटुवालले ३० यार्डदेखिको प्रहार बाहिरयो । ४१ औं मिनेटमा पुलिसका रवि शंंकर पासवानले पेनाल्टी एरियादेखि गरेको प्रहार पोसमाथिदेखि बाहिरदा गोल हुनबाट चुक्यो ।
दोस्रो हाफपछि विराटनगरले केही सुन्दर मुभहरु बनाउन सफल रहयो । ५५ औं मिनेटमा अभिषेक गुरुङको प्रहार बाहिरियो । ८३ औ मिनेटमा पुलिसमा भरत साहले पेलान्टी एरियाबाट गरेको प्रहार गोल गर्न चुके । ८४ औं मिनेटमा विराटनगरका युता सुजिकीले ३० यार्डदेखिको प्रहार पोसमाथिबाट बाहिरियो । ८८ औं मिनेटमा पुलिसका रविशंकर पासवानको सशक्त प्रहार बाहिरयो । ९० औं मिनेटमा विराटनगरका सन्देश बिकले डिबक्स भित्र बल नियन्त्रणमा लिन नसक्दा गोल गर्नबाट चुक्यो ।
सय मिनेटमा विराटनगरका अबिशेष गुरूङले ३० यार्डदेखीको प्रहार फितलो भएको थियो ।
१०५ मिनेटमा पुलिसका भरत साहको वान भर्सेस वानको अवसर सदुपयोग गर्न सकेनन् । लगतै पुलिका रविशंकरले डिफेन्डरलाई बिट मार्दै निकालिदिएको क्रस पासलाई भरत साहले अघि बढाएको बल सदुपयोग गर्न सकेनन् । ११३ औं मिनेटमा विराटनगरका अभिशेष गुरूङले निकालेको पास पेलान्टी एरियाबाट दिवसकर चौधरीले गरेको हेडिङ्ग पुलिसका गोलरक्षक सन्जित श्रेष्ठले बिफल पारिदिए ।
प्रतियोगिताको म्यान अफ द म्याच विराटनगरका उत्सव राई घोषित भए । शुक्रबार नेपाल आर्मी र जावलाखेल युथ क्लबबीच हुनेछ । चैत १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा स्वदेशी र विदेशीसहित ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेता हुने टिमले २० लाख १५ हजार र उपविजेताले १० लाख १५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
गोल्डकपको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गरे । उनले खेलकुद क्षेत्रको विकासमा प्रदेश सरकार लागि पर्ने बताए । उनले खेलकुदको विकासमा प्रदेश सरकारले उच्च प्राथामिकतामा राखेको बताए ।

सम्बन्धित समाचार

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५ सय १३ संक्रमिात थपिए, २८ जना डिस्चार्ज

विराटनगर, ५ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५ सय १३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङ २ सय ३०, सुनसरीमा १ सय ८३, झापामा ७१, धनकुटामा ११, उदयपुरमा ७, इलाममा ३, पाँचथरमा २...

पाँच महिनामै कोसी अस्पतालको मेसु फेरियो, ११ औं तहलाई पाखा लगाउँदै जुनियर डाक्टर रविनराज सिंहलाई निमित्त मेसुको जिम्मेवारी

विराटनगर । पूर्वी नेपालको सबैभन्दा ठुलो सरकारी अस्पताल कोसीको मेडिकल सुपरिटेन्डेन्ट  (मेसु ) पाँच महिना पनि पुरा नुहदै परिवर्तन भएको छ ।  आइतबार बसेको मन्त्री स्तरीय निर्णय गर्दै  कोसी अस्पतालको निमित्त मेसुमा डा. रविराज सिंहलाई...

विराटनगरमा ९ सहित प्रदेश १ मा २३० जनामा कोरोना संक्रमण

विराटनगर, २६ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २३० जनामा कोरोना संक्रमण भएको छ । ५२३ जनाको पीसीआर परीक्षण गर्दा १०४ र ६७० जनाको एन्टिजेन परीक्षण गर्दा १२६ जनामा कोरोना संक्रमण देखिएको सामाजिक...

शिक्षादीपमा साइबर सेक्युरिटी सम्बन्धी तीन दिने कार्यशाला सुरु

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजमा साइबर सेक्युरीटि दोस्रो कोड शिविर र एथिकल ह्याकिङ कार्यशाला सुरु भएको छ ।कक्षा ११ मा अध्ययनरत विज्ञान र व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुको लागि तीन दिने उक्त कार्यशाल आइतबारदेखि सुरु भएको...

तातोपानी नाकाबाट दैनिक स्वास्थ्य सामग्री ल्याइँदै

काठमाडौं, १३ वैशाख-गत चैत २६ गतेदेखि तातेपानी नाका सञ्चालनमा आएयता दैनिक स्वास्थ्य सामग्री नेपाल भित्रिएका छन् ।तातोपानी भन्सार कार्यालयका अनुसार चीनको तिब्बत सरकारले नेपाल सरकारलाई दिएको अनुदान तथा निजी क्षेत्रले खरीद गरेका स्वास्थ्य सामग्री तातोपानी...

आईपीएलः कोलकातामाथि पन्जाबको शानदार जीत

एजेन्सी, ११ कात्तिक-किङ्स इलाभेन पन्जाबले युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्समाथि सानदार जीत हात पारेको छ । शारजाहमा गएराति भएको खेलमा पन्जाबले कोलकातालाई ८ विकेटले पराजित गरेको हो । कोलकाताले दिएको...

प्रदेश २ का आठै जिल्लामा विज्ञ परिचालित

धनुषा, १४ वैशाख-प्रदेश–२ का ८ जिल्लामा रहेका शंकास्पद ठानिएकाका स्वाब सङ्कलन गरी कोरोना परीक्षण गर्न विज्ञहरू परिचालन गरिएको छ ।नेपाली सेना, मेडिकल ल्याब एसोसिएसन अफ नेपाल (मेलान) र इडीसीटीबाट आएका प्राविधिक टोलीले स्वाब सङ्कलन सुरु...

आज २ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं, जेठ १५–बिहीबार २ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थाापाका अनुसार आज २ बजे मन्त्रिपरिषद् बैठक बलाइएको छ । अर्थमन्त्री डा. युवराज खतिवाडासँग बजेटका बारेमा जानकारी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्