पहिचान पक्षधरलाई बार्तामा आउन प्रदेश सरकारको आग्रह

 न्यूज विराट
पहिचान पक्षधरलाई बार्तामा आउन प्रदेश सरकारको आग्रह

विराटनगर । कोशी प्रदेश खारेजीको माग राख्दै आन्दनोलनमा उत्रिएका पहिचान पक्षधरहरुलाई बार्तामा आउन कोशी प्रदेश सरकारले आग्रहा गरेको छ । कोशी प्रदेश सरकारका प्रवक्ता भक्तिप्रसाद सिटौलाले मंगलबार प्रेस विज्ञाप्ती जारी गर्दै कोशी प्रदेश सरकारले आन्दोलनरत पक्षलाई वार्ताको लागि आव्हान गरेको हो ।

‘शान्तिपूर्ण ढंगबाट गरिने विरोध र आलोचनाले लोकतन्त्रलाई नै सुदृढ र मजबुत बनाउँछ भन्ने कुरामा प्रदेश सरकार विश्वास राख्छ’ मन्त्री सिटौलाले भनेका छन्, ‘नामाङ्कनको बारेमा आफ्ना विमतिहरुलाई शान्ति पूर्णरुपमा राख्न अनुरोध गर्दै पूर्व घोषित विरोधका कार्यक्रमलाई स्थगन गरी वार्ता र सम्वादका माध्यमबाट निकास खोज्न सम्बद्ध सबै पक्षलाई कोशी प्रदेश सरकार आह्वान गर्दछ ।’

आइतबारको प्रदेशसभा बैठकमा बोल्ने सांसदहरुले आन्दोलनरत पक्षलाई तत्काल वार्तामा बोलाउन सरकारलाई आग्रह गरेको थियो । सोमबार गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेका थिए ।

गत फागुन १७ गते प्रदेशसभा बैठकले प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर असन्तुष्ट छन् । नाम संशोधनका लागि प्रदेश १ पुनस् नामाङ्कन संयुक्त संघर्ष समिति मार्फत पहिचान पक्षधरले प्रदेश राजधानीकेन्द्रित आन्दोलन गरिरहेको छ । विराटनगर लगायत विभिन्न जिल्लाहरुमा झडप समेत भएका छन् ।

सम्बन्धित समाचार

विराटनगरका साहित्यकार भैरोदान सुरानालाई भव्य सम्मान

विराटनगर । विराटनगरका अग्रज साहित्यकार ८८ बर्षिय भैरोदान सुरानालाई सम्मान गरिएको छ । एकै दिन दुई संस्थाले घरमा पुगेर सुरानालाई सम्मान गरिएको हो । सुरानाले नेपाली तथा मारवाडि भाषा साहित्य क्षेत्रमा गरेको योगदानको कदर गर्दै...

प्याब्सन विराट कप सोमबारदेखि, २३ विद्यालयको सहभागि

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्ट सोमबारदेखि सुरु हुने भएको छ । प्याब्सन विराटनगरको आयोजनामा हुने उक्त प्रतियोगिता सोमबारदेखि विराटनगरस्थित सहिद मैदानमा हुने भएको हो । प्याब्सनले विराटनगरमा आइतबार पत्रकार सम्मेलन गरी...

आज १ हजारभन्दा बढी नेपाली स्वदेश फर्किए

काठमाडौं, १८ साउन-विभिन्न मुलुकमा अलपत्र १ हजार १७२ नेपाली स्वदेश फर्किएका छन् । आज एकैदिन क्वालालम्पुरबाट १४ र दोहाबाट ४ गरी १८ शव पनि नेपाल ल्याइएको छ ।  कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको...

हिसान खेल ः पुरुष फुटबलमा कान्तिपुर, जेभियर्स र ग्यालेक्सि तथा क्रिकेटमा कान्तिपुर र मेरिल्याण्ड विजयी

विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत पुरुष फुटबलमा कान्तिपुर, जेभियर्स र ग्यालेक्सि तथा क्रिकेटमा कान्तिपुर र मेरिल्याण्ड विजयी भएका छन् । विहिबार भएको फुटबलको पहिलो खेलमा कान्तिपुर कलेजले विकेभिएम...

दुई वर्षमा विराटनगरमा २० किलोमिटर कालोपत्रे, ४२ किलोमिटर नयाँ सडकमा ग्राभेल

विराटनगर । विराटनगर महानगरपालिकाभित्र १ अर्ब १५ करोडभन्दा बढीका विभिन्न योजनाहरु सञ्चालनमा रहेका छन् ।हाल १९ वटै वडामा १ अर्ब १५ करोडभन्दा बढीका ठूला साना परियोजना सञ्चालन भइरहेका छन् । वडास्तरमा पनि १ करोडभन्दा माथिका...

तेक्वान्दो वर्ल्ड  च्याम्पियनसिप खेल्न सजिना मलेसिया जाँदै, सांसद र सदस्य सचिवले गरे बिदाई

विराटनगर । मलेसियामा हुने अन्तर्राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगितामा भाग लिन जाने एक जना महिला खेलाडीलाई बिदाइ गरिएको छ ।फागुन १७ देखि फागुन २० गतेसम्म हुने ‘हवारङ वाररिअर आइटिएफ तेक्वान्दो वल्र्ड च्याम्पियनसिप’मा भाग लिन जान लागेकी...

आजै मात्र २ सय ३९ मा संक्रमण पुष्टि

काठमाडाैं, १९ जेठ-३ वर्षीया बालिका र ६ वर्षीय बालकसहित थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार दोस्रो पटक थपिएका १३ संक्रमितमा पाल्पा निस्दी गाउँपालिकाका १७ र ३६ वर्षीय पुरुष, नवलपरासी सरावल गाउँपालिकाका...

नेकपा (एमाले) मोरङको अधिवेशनः कटहरीका सुभाषकुमार सरदार भूगोलबाट सर्वसम्मत निर्वाचित

विराटनगर, २९ पुस । नेकपा (एमाले) मोरङको सम्पन्न ९ औँ जिल्ला अधिवेशनमा भूगोलबाट कटहरीका युवा नेता सुभाषकुमार सरदार सर्वसम्मत निर्वाचित भएका छन् । निर्वाचन समितिले सार्बजनिक गरेको अन्तिम परिणाम अनुसार नेता सरदार कटहरी भूगोलबाट सर्वसम्मत...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्