नेकपा (एमाले) मोरङको अधिवेशनः कटहरीका सुभाषकुमार सरदार भूगोलबाट सर्वसम्मत निर्वाचित - News Birat

नेकपा (एमाले) मोरङको अधिवेशनः कटहरीका सुभाषकुमार सरदार भूगोलबाट सर्वसम्मत निर्वाचित

न्यूज विराट

विराटनगर, २९ पुस । नेकपा (एमाले) मोरङको सम्पन्न ९ औँ जिल्ला अधिवेशनमा भूगोलबाट कटहरीका युवा नेता सुभाषकुमार सरदार सर्वसम्मत निर्वाचित भएका छन् ।

निर्वाचन समितिले सार्बजनिक गरेको अन्तिम परिणाम अनुसार नेता सरदार कटहरी भूगोलबाट सर्वसम्मत निर्वाचित भएका हुन् ।

सरदार यसअघि पनि जिल्ला कमिटी सदस्य थिए । आठौँ जिल्ला अधिवेशनमा दलित क्लस्टरबाट जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका सरदार ९ औँ अधिवेशनमा कटहरी गाउँपालिका भूगोलबाट जिल्ला कमिटी सदस्यमा सर्वसम्मत भएका हुन् ।

सरदार कटहरीका लोकप्रीय युवा नेता हुन् । उनी नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज १ नं. प्रदेश कमिटीका सदस्य र नेपाल बाँतर सरदार समाज कल्याणकारी केन्द्रीय सचिवसमेत हुन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles