पक्राउ परेको १८ घण्टापछि २७ पहिचानवादी नेता तथा कार्यकर्ता रिहा, बुधबारको आमहड्ताल फिर्ता

 न्यूज विराट
पक्राउ परेको १८ घण्टापछि २७ पहिचानवादी नेता तथा कार्यकर्ता रिहा, बुधबारको आमहड्ताल फिर्ता

विराटनगर । आन्दोलनको नेतृत्व गरिरहका नागरिक उन्मुक्ति पार्टी (एकीकृत) का उपाध्यक्ष अशोक चेम्जोङ्ग लिम्बुलगायतका २७ जना पहिचानवादी नेता तथा कार्यकर्ताहरू रिहा भएका छन् ।

कोशी प्रदेश खारेजीको माग राख्दै आन्दोलनको क्रममा निषेधित क्षेत्र तोडेर अगाडी बढेपछि पक्राउ परेका २७ जना पहिचानवादी नेता तथा कार्यकताहरु मंगबलार साझ रिहा भएका हुन् ।

१४ जेठमा विराटनगरस्थित देवकोटा चोकदेखि २७ जना पहिचानवादी नेता तथा कार्यकताहरु पक्राउ परेका थिए । पक्राउ परेको १८ घण्टापछि रिहा भएका छन् । यसरी रिहा हुनेहरूमा अशोक चेम्जोङ, खड्का लिम्बू, कुलप्रसाद लिम्बू, सुकराज लिम्बू, सुकराज थेबे, सञ्जीव लिम्बू, ताराकुमार लिम्बू, मनकुमार थेगिम, आरभी लिम्बू, प्रयास बान्तावा राई, नबीन पोमु, प्रदीप लिम्बू, सिताराम राई रहेका छन् ।
यस्तै, सन्तोष सम्बाहाम्फे, जेबी साँबा, दुर्गा मगर, मनकुमार लिम्बू, शंकर लिम्बू, अमृत राई, प्रमोद लिम्बू, सुमन केरुङ, पदम खेवाङ, रोशन लिम्बू, छविरमण सार्की, कुसुम राई, राजभक्त लिम्बू र मनकुमार माखिम रिहा भएका छन् ।
रिहा भएका पहिचानवादी नेता तथा कार्यकताहरूलाई वडा प्रहरी कार्यालय विराटनगर अगाडी फुल माला र अविरल लगाएर स्वागत गरेका थिए ।

उनीहरूले कोशी प्रदेश खारेजी गरी पहिचानको आधरमा नामरण नभएसम्म आन्दोलन जारी रहने बताए । प्रदेश १ पुनः नामकरण संघर्ष समितिले बुधबार पनि विराटनगरमा शान्तिपूर्ण आन्दोलन जारी राख्ने बताएका छन् ।
उनीहरुले बुधबार गर्ने भनेको आमहड्ताल भने फिर्ता लिएका छन् । पक्राउ परेका पहिचानवादी नेता तथा कार्यकताहरु रिहा भएपछि आमहडतालको कार्यक्रम फिर्ता लिएपनि शान्तिपूर्ण आन्दोलन जारी रहेको पहिचानवादी नेता अर्जुन जम्मेली राईले जानकारी दिए । ‘पक्राउ परेका पहिचानवादी नेता तथा कार्यककर्ताहरू बार्तापछि रिहा भएका छन्,’ उनले भने, ‘कोशी प्रदेश खारेजी गरी पहिचानको आधारमा नामकरण नभएसम्म आन्दोलन भने जारी रहन्छ ।’ नेता तथा कार्यकताहरु रिहाभएपछि उनीहरुले कोशी प्रदेश खारेजी गरी पहिचानको आधारमा नामकरण गर, पहिचान विरोधी होसियारलगायतका नाराबाजी गरेका थिए ।
संघर्ष समितिले मंगलबार एक विज्ञाप्ती जारी गर्दै आइतबारको आन्दोलनका क्रममा प्रहरीले ९० जनालाई धरपकड गर्नुका साथै गोली, ढुङ्गा, लाठी प्रहारबाट २५ भन्दा बढी शक्त घाइते बनाएको जनाएको छ । प्रहरीले अस्पतालमा उपचार गराइरहका घाइतेसमेत गरी ८६ जनालाई गरिफतार गरेको भएपनि बार्तापछि रिहा भएका छन् ।
आन्दोलनको क्रममा पदमकुमार लिम्बू ‘लाजेहाङ’ सहिद भइसकेको र प्रहरीको गोली प्रहारबाट घाइते गजेन्द्र फागो उपचाररत रहेको जानकारी दिँदै संघर्ष समितिले प्रहरी दमनबाट १५० भन्दा बढी घाइते भएको जनाएको छ ।

सम्बन्धित समाचार

५ सय तालिबानी जेलमुक्त

एजेन्सी, साउन १६-अफगान राष्ट्रपति अस्रफ घानीले शुक्रबार ५ सय तालिबानीलाई जेलमुक्त गर्न आदेश दिएका छन् । ईदका अवसरमा ३ दिने नयाँ युद्धबिराम सुरु भएसँगै राष्ट्रपतिले यस्तो आदेश दिएका हुन् । संयुक्तराज्य अमेरिकासँग गत फेब्रुअरीमा तालिबान...

असन्तुष्ट समूहले तोडफोड गरेपछि रेडक्रसको विधान महाधिवेशन स्थगित

काठमाडौं, कात्तिक २८ । नेपाल रेडक्रस सोसाईटीको विशेष विधान महाधिवेशन स्थगित भएको छ । थापाथलीस्थित कार्की ब्याङ्केटमा आयोजित विशेष महाधिवेशनमा असन्तुष्ट समूहले तोडफोड गरेपछि स्थगित भएको हो । विधान विपरीत कारबाही गरेका १६ जिल्लाबाट आएका...

सडक सञ्जालको पहुँचले सुन्तलाको व्यापार बढ्यो

विराटनगर, माघ १३–सडक सञ्जालको पहुँच पुगेसँगै भोजपुरमा उत्पादन भएका सुन्तलाले राम्रो बजार पाउन थालेका छन् । सडक बनेपछि सुन्तला जिल्लाभित्र मात्र होइन तराईका विभिन्न जिल्लाहरूमा पनि बिक्रीका लागि जाने गरेको छ । भोजपुरका सुन्तला धनकुटा,...

कोरोना संक्रमितको उपचारका नेशनल ट्रेडिङको भवनमा ५० शैयाको अस्पताल निर्माण गरिँदै

विराटनगर, चैत ९–सम्भावित कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बचाउनका लागि प्रदेश १ सरकारले विराटनगरमा ५० शैयाको अस्पताल निर्माणको काम सुरु गरेको छ । सो भाइरसबाट संक्रमितको उपचारका लागि विराटनगर स्थित नेशनल ट्रेडिङको खाली भवनमा अस्पताल निर्माणका...

सरकारी गाडीबाट बिरामी बोक्न डा. केसीको अपिल

स्वास्थ्य शिक्षा अभियन्ता डा. गोविन्द केसीले सरकारी गाडीबाट बिरामी बोक्न अपिल गरेका छन् । उनले मंगलबार विज्ञप्ति जारी गर्दै निष्क्रिय रहेका सरकारी गाडीबाट बिरामी बोक्न सम्बन्धित मन्त्रालयलाई अपिल गरेका हुन् । उनले भने, 'सरकारी गाडीहरू...

एकदिने भ्रमण सकेर स्वदेश फर्किए चिनियाँ रक्षामन्त्री वेई

काठमाडौं, १४ मंसिर-चिनियाँ रक्षामन्त्री वेई फेङ्हे एक दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन् । नेपाल-चीन सम्बन्धको ६५औँ वर्षगाँठको अवसर पारेर आइतबार बिहान नेपाल आएका रक्षामन्त्री वेई साँझ स्वदेश फर्किएका हुन् । उनी काठमाडौंमा रहँदा...

उपचारका क्रममा मृत्यु भएका युवकको पीसीआर नेगेटिभ

चितवन, २४ जेठ-चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका माडीका युवकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । माडी नगरपालिका-६ का २७ वर्षीय युवकको नतिजा नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । माडीको...

आज थपिए ३२३ कोरोना संक्रमित, देशभर ३ हजार २३५ जनामा संक्रमण पुष्टि

काठमाडौं, २४ जेठ-नेपालमा कोरोना भाइरस (कोभिड-१९) का संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । शुक्रबार २ जनामा ७८ जनामा कोरोना संक्रमण देखिएकोमा शनिबार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्