चितवन, २४ जेठ-चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका माडीका युवकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । माडी नगरपालिका-६ का २७ वर्षीय युवकको नतिजा नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।
माडीको क्वारेन्टाइनमा रहेको समयमा ज्वरो आएसँगै उनलाई शुक्रबार भरतपुर अस्पतालमा ल्याइएको थियो । अस्पतालमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो ।
मृत्यु भएपछि कोरोना परीक्षणका लागि स्वाब भरतपुर कोभि-१९ प्रयोगशाला पठाइएको थियो । १३ जेठमा भारतबाट उपचार गरि फर्किएका उनी नगरपालिकाको दीवाकर स्मृति विद्यालयको क्वारेन्टिनमा रहेका थिए ।