विराटनगरमा नेपाल र भारतका न्यूरो सर्जनको भेला, गरे एकापसमा अनुभव आदानप्रदान
मङ्गलबार, १९ बैशाख, २०८०,
न्यूज विराट
विराटनगर । नेपाल र भारतका बरिष्ठ न्यूरो सर्जनहरुको विराटनगरमा भेला भएको छ । उक्त भेलामा नेपाल र भारतका न्यूरो सर्जनहरुले एकापसमा अनुभव आदानप्रदान गरेका छन् ।
सो अवसरमा न्यूरो सर्जरी सम्बन्धि प्रयोगात्मक अभ्यास पनि गरिएको छ । कार्यक्रममा नेपाल न्यूरो सर्जन सोसाइटीका अध्यक्ष बरिष्ठ न्यूरो सर्जन डा.प्रविन श्रेष्ठले न्यूरो सर्जरीको वर्तमान अवस्था र भावी चुनौतीका विषयमा कार्यपत्र प्रस्तुत गरेका छन् । कार्यक्रममा नोबेलको न्यूरो सर्जरी बिभागका प्रमुख बरिष्ठ न्यूरो सर्जन डा.प्रकाश काफ्लेले न्यूरो सर्जरी बिभागको कार्यप्रगति प्रस्तुत गर्दै विभागमा हालसम्म करिब ३० हजार विरामीको उपचार र करिब ४ हजार विरामीको मस्तिष्क र मेरुदण्डको शल्यक्रिया गरिएको जानकारी दिए ।
कार्यक्रममा सहभागिहरुलाई नोबेल मेडिकल कलेजका प्राचार्य प्रा.डा.रामहरी घिमिरे र अस्पताल निर्देशक प्रा.डा.राजेश नेपालले मन्तब्यमार्फत स्वागत गरेका छन् । डा.सुनिल शर्माले २०६२ सालबाट नोबेल अस्पताल सञ्चालन गरेका हुन् । नोबेलले २ अर्ब ४० करोडको लगानीमा दक्षिणपूर्वी एशियामै पहिलो पटक २०७३ सालबाट अत्याधुनिक न्यूरो सर्जरी सेवा सुरु गरेको हो । नोबेलको न्यूरो बिभागमा ओ–आर्म, आई सेभेन नेभिगेशन सिस्टम, पेन्टेरो ९०० थ्रीडी एचडी माईक्रोस्कोप, थ्री तेस्ला इन्ट्राअपरेटिभ फङ्सनल एमआरआई, रोवोटिक आर्मसहितको न्यूरो ईण्डोस्कोप लगायत अत्याधुनिक उपकरण छन् ।
अत्याधुनिक उपकरण र दक्ष चिकित्सकहरु भएकाले नोबेलमा जटिल एवं दुर्लभ शल्यक्रिया पनि सफलतापूर्वक गरिदै आएको छ । नोबेलमा नेपालका बिभिन्न जिल्लासहित भारत, माल्दिभ्स, बर्मा लगायत देशका विरामी पनि उपचारका लागि आउँने गर्छन् ।
काठमाडौं, ५ जेठ-नेपालमा एकै दिन ६२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । एकै दिन बाँकेमा मात्र ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेको नैनापुरमा रहेका ४७ जनामा...
विराटनगर, २५ पुस-नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ४ (ख)ले विराटनगर स्थित हाटखोला मैदानमा विरोधसभा आयोजना गरेको छ । कांग्रेसको देशव्यापी आन्दोलनको क्रममा मोरङ क्षेत्रनम्बर ४(ख)मा पनि बिरोध सभाको आयोजना गरिएको हो । सभामा नेपाली कांग्रेसका...
विराटनगर, ७ फागुन । भारतको बिहार राज्य स्थित मधुबनी जिल्लामा एक यात्रु बाहक रेलमा आगलागी भएको छ । मधुबनी रेलवे स्टेशनमा रहेको स्वतन्त्रता सेना एक्सप्रेस ट्रेनमा आगो लागको हो । रेलमा आगो लागेका कारण धुँवाको...
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुशासन नभएका ब्यत्तिलिाई खेल क्षेत्रमा नबस्न आग्रह गरेका छन् । खेलकुद क्षेत्रको विकास गर्ने हो भने अनुशासन र ईमान्दारिता हुनु पर्ने बताएका हुन् । कुनै ओहदामा भएर...
काठमाडौं । खराब मौसमका कारण तारा एअरको दुर्गममा हुने सबै उडान ठप्प हुन पुगेको छ । काठमाडौंबाट लुक्ला र फाप्लुमा हुने सम्पूर्ण उडानहरु रद्ध गरिएको तारा एअरले जनाएको छ । त्यस्तै नेपालगञ्ज तथा सुर्खेतबाट हुने...
काठमाडौं, २४ वैशाख-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा सुरु भएको छ । नेकपामा पछिल्लो समयमा विवाद बढेको छ । विवादका कारण नेकपाले २५ वैशाखमा स्थायी कमिटीको बैठक बोलाएको छ...
प्रतिनिधिसभाको बैठक सुरु हुन ढिलाइ भएपछि प्रधानमन्त्री केपी शर्मा ओली संसद् भवनबाट बाहिरिएका छन् । aआइतबार अपरान्ह चार बजेका लागि बोलाइएको पुनर्स्थापित प्रतिनिधिसभाको बैठक अझै सुरु हुन सकेको छैन । संसद बैठक सुरु गर्न सभामुख...
काठमाडौं, १९ चैत-प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा उनीहरुबीच चीनबाट स्वास्थ्य उपकरण खरिदका क्रममा देखिएको विवादबारे छलफल भएको हो...