सर्वोच्चको आदेशपछि वामदेवले भने : मेरो मनोनयन पद र प्रतिष्ठासँग गाँसिएको थिएन

 न्यूज विराट
सर्वोच्चको आदेशपछि वामदेवले भने : मेरो मनोनयन पद र प्रतिष्ठासँग गाँसिएको थिएन

काठमाडौं, २६ कात्तिक-सर्वोच्च अदालतले मन्त्री बन्ने बाटो खोलिदिएपछि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले खुशी व्यक्त गर्दै सबैलाई आभार व्यक्त गरेका छन् ।

राष्ट्रियसभा सदस्य पदमा मनोनयन र शपथलगत्तै उनलाई थप संवैधानिक जिम्मेवारी नदिइयोस् भनी सर्वोच्चमा परेको रिटलाई अदालतको संवैधानिक इजालसले खारेज गरेको थियो । रिट खारेजपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै राष्ट्रियसभा सदस्यमा मनोनीत हुने विषय पद र प्रतिष्ठासँग नगाँसिएको बताएका छन् ।

‘वास्तवमा यो विषय कुनै पद र प्रतिष्ठासँग गाँसिएको थिएन । हामी पार्टीभित्र विधि र पद्धति स्थापित गर्ने अभियानमा सरिक भइरहेको बेला प्रत्येक विषयलाई पद र व्यक्तिगत प्रतिष्ठासँग गाँसेर विधि र पद्धतिका कुरालाई विषयान्तर गर्न केही व्यक्तिहरू क्रियाशील भए,’ उनले भनेका छन् ।

उनले संविधानको सर्वोच्चता तथा विधि र पद्धतिका पक्षमा दृढतापूर्वक उभिइरहनेसमेत बताएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित गौतम राष्ट्रियसभा सदस्य बन्न र मन्त्री बन्न रोक्न अन्तरिम आदेश माग गरिएकोमा अदालतले अस्वीकार गरेको हो । यो आदेशसँगै उनलाई मन्त्री बन्न पाउने बाटो खुल्ला भएको छ ।

सम्बन्धित समाचार

विराटनगरको मेयरमा नागेश र उपमेयरमा शिल्पा फराकिलोे मतान्तरले विजयी

विराटनगर / विराटनगर महानगरपालिकामा पाँच दलीय गठबन्धनका उम्मेदवार नागेश कोइराला मेयर र एमालेकी शिल्पा निराला कार्की उपमेयरमा निर्वाचित भएका छन् । गएराति सार्वजनिक गरिएको मतपरिणामको अन्तिम मतपरिणाम अनुसार कोइराला र कार्की विजयी भएका हुन् ।...

अखिल नेपाल महिला संघ विराटनगरको अध्यक्षमा रीमा रिजाल

विराटनगर । अखिल नेपाल महिला संघ विराटनगर महानगर कमिटिको अध्यक्षमा रीमा रिजाल चयन भएकी छिन् । विराटनगरमा शनिबार भएको संघको ९ औं अधिवेशनबाट रिजाल सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएकी हुन् । समितिको उपाध्यक्षमा सरस्वती कोइराला,...

कोरोना संक्रमणबाट ३ जनाको मृत्यु

विराटनगर, १५ असोज–कोरोना भाइरसको संक्रमणबाट प्रदेश १ का छुट्छा छुट्टै स्थानमा थप तीन जनाको मृत्यु भएको छ । मोरङको उर्लाबारीमा बिहिबार बिहान एक बृद्धा, र बुधबार राती मोरङ कारागारका एक कैदी र इटहरी उपमहानगरपालिकाका एक...

मोरङ ५(२) मा कांग्रेसका अमृत आर्याल निर्वाचित

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल मोरङ क्षेत्र नंं. ५ (२) बाट प्रदेशसभा सदस्यमा विजयी भएका छन्। उनले प्रदेश १ का स्वास्थ्यमन्त्री तथा जसपाका नेता जयराम यादवलाई फराकिलो मत अन्तरले पराजित गर्दै प्रदेशसभा...

बूढानिलकण्ठ स्कुलले मनायो वार्षिक उत्सव, फनफेस्टामा एक दर्जन बढी स्टल

विराटनगर । विराटनगर – २ मा अवस्थित बूढानिलकण्ठ स्कुलले ४० औं वार्षिक उत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । स्कुल परिसरमा शनिबार एक कार्यक्रम आयोजना गरी वार्षिक उत्सवमा फन फेस्टा कार्यक्रम आयोजना गरेको हो...

अध्यादेश फिर्तालगत्तै ओली, प्रचण्ड र देउवाबीच बालुवाटरमा भेटवार्ता

काठमाडौं, १२ वैशाख-सरकारले विवादित अध्यादेश फिर्ता लिन निर्णय गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र नेकपाका अध्यक्ष पुष्पकमल दाहा प्रचण्डसँग भेट गरेका छन् । ओली, प्रचण्ड र देउवाबीच प्रधानमन्त्री निवासमा...

मोरङको खोरियामा प्रेमि-प्रेमिकाको शव फेला

विराटनगर । मोरङको रंगेली नगरपालिका – २ खोरिया टोलको लिच्ची बगानमा प्रेमी र प्रेमिकाको शव झुण्डिएको अवस्थामा फेला परेको छ । इश्वरी कृषी फर्मको लिच्ची बगानमामा झुण्डीएको अवस्थमा आज दिउँसो साढे १२ शव भेटिएको हो ।...

जिप दुर्घटनामा मृतक सबैको पहिचान खुल्यो : मृत्यु हुनेको संख्या ८, घाइते ९ जना

विराटनगर । उदयपुरको बेलका नगरपालिका– ७ मेनामैनीमा बोलेर दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने ९ जना घाईते भएका छन् । मृतक र घाइते सबैको पहिचान खुलेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्