राशिफल

कांग्रेस महाधिवेशन प्रभावित, क्रियाशील सदस्यता वितरण र नवीकरण स्थगन

 न्यूज विराट
कांग्रेस महाधिवेशन प्रभावित, क्रियाशील सदस्यता वितरण र नवीकरण स्थगन

कोरोना भाइरसको जोखिमका कारण नेपाली कांग्रेसको १४ औं महाधिवेशन कार्यतालिका प्रभावित भएको छ।केन्द्रीय महाधिवेशन २०७७ फागुन ७, ८, ९ र १० गते गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको थियो । यसअघि नै पार्टीका ठूला सभा–सम्मेलन नगर्ने निर्णय गरिसकेको कांग्रेसले महाधिवेशनसम्बन्धी गतिविधि भने रोकेको थिएन।

सरकारले कोरोना संक्रमणको जोखिमबाट बच्न अत्यावश्यकबाहेकका सबै सेवामा रोक लगाउने निर्णय गरेसँगै कांग्रेसले पनि क्रियाशील सदस्यता वितरण र नवीकरण कार्य स्थगित गरेको हो।

क्रियाशील सदस्यता वितरण र पार्टीको समायोजन रोकिएसँगै महाधिवेशनको समग्र कार्यतालिका प्रभावित हुने देखिएको छ।महाधिवेशन कार्यतालिकाअनुसार फागुन १६ गतेदेखि चैत मसान्तसम्म क्रियाशील वितरण र नवीकरण कार्य सम्पन्न गर्ने उल्लेख छ। संघीय व्यवस्थाअनुसार पार्टीको आन्तरिक संगठन समायोजन पनि प्रभावित हुने भएको छ।

पार्टी प्रवक्ता एवं सूचना, संचार एवं प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले चैत मसान्तसम्म महाधिवेशन तयारीसम्बन्धी कार्य पनि स्थगन गरिएको जानकारी दिए।

‘प्राणघातक कोरोना भाइरसको जोखिम दृष्टिगत गरेर ठूला भेला र सम्मेलन यसअघि नै स्थगित गरिए पनि १४ औं महाधिवेशन तयारीसँग सम्बन्धित (क्रियाशील सदस्यता नवीकरण र वितरण एवं बाँकी समायोजन) कार्य जारी थिए,’ प्रवक्ता शर्माले भने, ‘तर पछिल्लो समयमा अझै बढेको जोखिमबाट थप सतर्कताका लागि चैत ९ देखि लागू हुने गरी ती कार्य चैत्र मसान्तसम्मका लागि स्थगित गरिएका छन्।’

यसअघि चैत मसान्तसम्म क्रियाशील सदस्यता वितरण र नवीकरण कार्य सम्पन्न गर्ने उल्लेख थियो। समायोजनको काम लम्बिएपछि कार्यतालिका संशोधन गरिएको थियो। फागुन १५ सम्म ३५ जिल्लाको मात्र पार्टीको संगठन समायोजन काम सकिएको थियो। अझै एक तिहाइ जिल्लामा समायोजनको काम बाँकी छ।

कांग्रेसको १४ माघमा बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको कार्यतालिका परिमार्जनसहित सार्वजनिक गरेको थियो। ११ पुसमा बसेको केन्द्रीय कार्यसमिति बैठकले बहुमतबाट सार्वजनिक गरेको कार्यतालिकाप्रति वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले असहमति जनाएपछि संशोधन गरिएको थियो।

संशोधित कार्यतालिकामा विधानले तोकेको कार्यविधिबमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण फागुनदेखि चैत मसान्तसम्म गर्ने उल्लेख छ।अन्नपूर्ण पोष्टबाट

सम्बन्धित समाचार

साविक बिजेता एपीएफलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...

प्रहरी र पहिचानपक्षबीच विराटनगरमा झडप, एक दर्जन घाइते

विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...