संकटको अवस्थामा प्रधानमन्त्रीको राजीनामा माग्नु अप्रासंगिकः बुद्धिजीवी

 न्यूज विराट
संकटको अवस्थामा प्रधानमन्त्रीको राजीनामा माग्नु अप्रासंगिकः बुद्धिजीवी

काठमाडौं, १७ वैशाख-नागरिक समाजका अगुवाले बदर गरिसकिएका अध्यादेशलाई विवादको विषय बनाएर प्रधानमन्त्रीको राजीनामा माग्ने कार्य संकटको वर्तमान अवस्थामा अप्रासंगिक विषय भएको बताएका छन् ।

१० जना बौद्धिक व्यक्तित्वले आज संयुक्त अपिल गरी आगामी बजेटमार्फत नागरिक र मुलुकको हितमा कार्यक्रम ल्याउनेतर्फ सबैको ध्यान जानुपर्ने बताउँदै यस्तो बेला सरकार बदल्नेसम्मको कार्यले राजनीतिक स्थिरता मात्र नबिथोलिई संसद्मा उपस्थित राजनीतिक दलको प्राथमिकता केवल सत्ताको जोडघटाउ मात्र रहेको गलत सन्देश प्रवाह भई हामीले अवलम्बन गरेको राजनीतिक प्रणालीप्रति नै वितृष्णा बढाउने औँल्याएका छन् ।

डा. अर्जुन कार्की, विपीन अधिकारी, कनकमणि दीक्षित, टीका ढकाल, जयप्रकाशप्रसाद गुप्ता, रामेश्वर खनाल, डा. रेणु अधिकारी, रेम विश्वकर्मा, सूर्यराज आचार्य र सुशील प्याकुरेलले संविधानको भावना र व्यवस्थालाई लत्याउने गरी सत्तारुढ दलभित्र सरकार फेर्ने चलखेल हुनुप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

आमनागरिक काम, दाम र मामसमेत त्यागेर कोभिड–१९ महामारीविरुद्ध संघर्षमा सहभागी भएकाले केही सुरुआती सफलता हात लाग्न थालिसकेको जनाउँदै उहाँले यसलाई अवरुद्ध गर्ने, नागरिकका अत्यावश्यक प्राथमिकतालाई बेवास्ता गर्ने तथा विश्वमा राष्ट्रको सम्मानलाई समेत आघात पार्ने प्रवृत्ति देखापर्न थालेको भनी चिन्ता र सरोकार पनि प्रकट गरका छन् ।

सम्बन्धित समाचार

आज नाग पञ्चमी पर्व मनाइँदै

काठमाडौं, साउन २९ । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर यो पर्व मनाउने गरिन्छ। यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग,...

संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरुद्ध परेको रिट संवैधानिक इजलासमा

काठमाडौं, ११ भदौ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेशविरुद्ध परेको रिट सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी चढेको छ । उक्त रिट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का,...

संसद सुचारु गर्न माग गर्दै नेकपा सांसदको ज्ञापनपत्र

जनकपुर, फागुन ६–लामो समयदेखि अवरुद्ध प्रदेशसभा बैठक सञ्चालन गर्न माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई आठ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ । संसदीय दलका नेता सत्यनारायण मण्डलको...

लकडाउन खुकुलो बनाउन ३ रणनीति, मोडालिटी बनाउन कार्यदल

काठमडौं, १३ वैशाख-सरकारले क्षेत्रगत रूपमा लकडाउन खुकुलो बनाउने तयारी गरेको छ । आर्थिक वर्षको अन्तिम त्रैमासमा रहेको अवस्थामा विकास निर्माणका काम र राजस्व दुवैमा प्रभाव परेपछि सरकारले यस्तो नीति तय गरेको हो । विश्‍व स्वास्थ्य...

विराटनगरमा शिक्षाका लागि संगीत कार्यक्रम सुरू

विराटनगर । मन्जिना मुभिज क्रीयसनको आयोजनामा शिक्षाका लागि संगीत कार्यक्रम सुरु भएको छ । हरेक बर्ष आयोजना गरिने लक्ष्यका साथ उक्त कार्यक्रम सुरु भएको हो । विराटनगरको सरस्वती माविमा शुक्रबार संगीतिक कार्यक्रम आयोजना गरी यो...

प्रदेश १ मा अहिले सम्ममा २१ प्रतिशत धान रोपाइँ

विराटनगर, १५ असार-मनसुनको सक्रियतासँगै प्रदेश नं १ मा अहिले सम्ममा २१ प्रतिशत धान रोपाइँ भएको कृषि निर्देशनालय विराटनगरले जनाएको छ । यस प्रदेशमा अहिलेसम्म ३७ प्रतिशत मात्र सिँचाइ सुविधा पुगेको छ । सिँचाइ सुविधा नभएका...

सोमबारदेखि रमपम विराट गोल्डकप, उद्घाटनमा मोरङ र कोलकाताको साउथर्न क्लब भिड्ने

विराटनगर । रमपम विराट गोल्डकप सोमबारदेखि सुरु हुँदैछ । विराटनगरको सहिद रंगशालामा फ्लडलाइट्सको माध्यमबाट साढे ६ बजेदेखि सुरु हुने रात्रिकलीन गोल्डकपको उद्घाटन खेलमा घरेलु टिम रिजालको मोरङ ११ र कोलकाताको साउथर्न क्लबबीच हुने छ ।...

आजको मौसम : अधिकांश भू-भागमा वर्षा र केही स्थानमा भारी वर्षा हुने

आज प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार आज देशभर बदली रही अधिकांश स्थानमा पानी पर्ने छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्