ऋचा मेमोरियल टी–२० क्रिकेट : सुदुरपश्चिमलाई हराउँदै नेपाल पुलिसको लगातार दोस्रो जित

 न्यूज विराट
ऋचा मेमोरियल टी–२० क्रिकेट : सुदुरपश्चिमलाई हराउँदै नेपाल पुलिसको लगातार दोस्रो जित

विराटनगर । नेपाल पुलिस प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा लागातार दोस्रो जित हात पारेको छ । पुलिसले सुदुरपश्चिमको एनबी ग्रुपलाई ६ विकेटले निराश बनाउँदै सानदार जित हात पारेको हो । सुदुरपश्चिमको लगातार यो दोस्रो हार हो ।

अब फाइनल यात्राको लागि शनिबार नेपाल पुलिस र एनबीएससी बीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ख’ बाट पुलिस र एनबीएससी बिच बिजेता हुने टिमले समूह ‘क’ बाट एसअघि फाइनलमा पुगेको नेपाल आर्मीसँग उपाधिको लागि भिड्नेछ ।

आज दिउँसो विराटनगर जुटमिलको मैदानमा भएको खेलमा १३० रनको विजय लक्ष्य पछ्याएको नेपाल पुलिससले १६ ओभरमा ४ विकेट गुमाई पुरो गर्यो । पुलिसको जितमा दिलिप नाथले विस्पोट ब्याटिङ गरे । उनले ३६ बलमा ८ छक्का २ चौका हिर्काउँदै अविजित ७५ रनको अर्धशतकीय ईनीङ खेले । उनी खेलको म्यान अफ द म्याच पनि घोषित भए । योगेन्द्र कार्कीले २६ बलमा ३ छक्का र ४ चौका प्रहार गर्दै ४८ रनको योगदान दिए । शंकर रानाले १८ बलमा ३ छक्का र ३ चौका हिर्काउँदै ३५ रन बनाए । अमित श्रेष्ठले १४ बलमा २ छक्का र २ चौका हिर्काउँदै १४ रनको योगदान दिए ।

बलिङमा सुदुरपश्चिमका हेमन्त धामीले ३ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । कौशल राजपुत र दिपक भट्टले समान १–१ विकेट लिए ।

यसअघि ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १२९ रनमा समेटियो । दिपक बोहराले ३८ बलमा ६५ रनको अर्धशतकीय इङनीङ खेले । उनले २ छक्का र ९ चौकका प्रहार गरे । उत्तम थापा मगरले ३१ बलमा ५१ रनको अर्धशतकीय इङनिङ बनाए । उनले ३ छक्का र ५ चौकका हिर्काए । दिपक भट्टले २४ बलमा ५ छक्का र २ चौका हिर्काउँदै ४४ पारी खेल्दा सुदुरपश्चिकका अरु ब्याटरले दोहोरो अंक छुन सकेनन् ।

बलिङमा पुलिसका योगेन्द्र सिंह कार्कीले ४ ओभरमा ४४ रन खर्चेर ३ विकेट लिए । रसिद खानले ४ ओरभर मा ३१ रन खर्चेर २ विकेट लिए । मन्जिल श्रेष्ठले १ विकेट लिए ।
शनिबारको पहिलो खेल दिल्ली युनाईटेड र सुदुरपश्चिम बिच हुनेछ । सोही दिन हुने दोस्रो खेल पुलिस र एनबीएससीबीच हुनेछ ।

म्यान अफ द म्याचको पुरस्कार लिदै नेपाल पुलिसका दिलिप नाथ ।

सम्बन्धित समाचार

चार जना पत्रकार पुरस्कृत

विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरले चार जना पत्रकारलाई पुरस्कृत गरेको छ । सहकारीको बाह्रौ स्थापना दिवसको अवसर पारेर बुधबार विराटनगरमा पत्रकारहरू प्रमोद प्रधान, नवराज कट्टेल, सन्तोष सिग्देल र रञ्जिता पोखरेललाई पुरस्कृत गरिएको हो...

ग्रामथान अध्यक्ष नमोनारायण माझीको स्पष्टिकरण : एमालेको आरोप कपोकल्पित र भ्रामक

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष नमोनारायण माझीले वडाध्यक्ष यादव खतिवडामाथि कुनै पनि प्रकारको दुव्र्यवहार नगरेको स्पष्ट पारेका छन् ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) मोरङद्वारा शनिबार सार्वजनिक गरिएको प्रेस विज्ञप्तीप्रति कडा आपत्ति जनाउँदै अध्यक्ष माझीले उक्त...

अमेरिकाको कोलोराडोमा गोली चल्यो, १० जनाको मृत्यु

एजेन्सी, १० चैत । अमेरिकाको कोलोराडोमा गोली चलेको छ । हतियारधारी एक व्यक्तिले गोली चलाउँदा एक जना प्रहरीसहित १० जनाको मृत्यु भएको छ ।बीबीसीका अनुसार कोलोराडोस्थित बोल्डर सहरमा भएको उक्त गोलीकाण्डमा हतियार बोकेका ती व्यक्तिले...

कोरोनाबाट थप ८ जनाको मृत्यु

काठमाडौं, ३१ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा ८ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा चार महिला र चार पुरुषको कोरोना संक्रमणबाट निधन भएको हो । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट...

बिपन्न मजदुरलाई खानाको व्यवस्था

पोखरा, १५ चैत-कोरोना संक्रमण रोक्न सरकारले मुलुक ‘लकडाउन’ गरेपछि काम विहीन भएका विपन्न मजदुर परिवारलाई बागलुङ बजारमा खाना खुवाउन थालिएको छ । शालिग्राम संग्रहालय र तिरुपति बालाजीधाम मुक्तिनाथ वेद विद्याश्रमको संयोजनमा धौलागिरी बहुमुखी क्याम्पसको प्राङ्गणमा...

संखुवासभा सामूहिक हत्याकाण्ड : थप ६ जना पक्राउ

संखुवासभा, ४ असोज । भदौ २८ गते मादी नगरपालिका–१ को खोलागाउँमा भएको सामूहिक हत्या घटना रहस्यमय बन्दै गएको छ । प्रहरीले थप ६ जनामाथि अनुसन्धान सुरु गरिरहेको छ । हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीका...

दिल्ली हिंसा : कपिल मिश्रासहित तीन जनाविरुद्ध एफआईआर दर्ज गर्न निर्देशन

काठमाडौं, फागुन १४–हिंसा भड्काउन उक्साएको आरोपमा दिल्ली उच्च अदालतले सत्तारूढ भारतीय जनता पार्टीका नेता कपिल मिश्रासहित तीन जनाविरुद्ध एफआईआर दर्ज गर्न प्रहरीलाई निर्देशन दिएको छ । पछिल्लो घटनाक्रम र कारबाहीप्रति असन्तुष्टि जनाउँदै अदालतले भाजपाका नेता...

दलित समुदायमाथि हुने जातीय विभेदविरुद्धका कानुन कार्यान्वयनमा जोड

विराटनगर, १८ फागुन । दलित समुदाय माथि हुने जातीय विभेदविरुद्धका कानुन कार्यान्वयन हुनुपर्नेमा एक कार्यक्रमका सहभागि वक्तहरुले जोड दिएका छन् । मानव अधिकारका लागि श्रोत विकास मञ्च (रिडेफ) नेपालले विराटनगरमा बुधबार आयोजना गरेको दलितका संवैधानिक,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्