अमेरिकाको कोलोराडोमा गोली चल्यो, १० जनाको मृत्यु - News Birat

अमेरिकाको कोलोराडोमा गोली चल्यो, १० जनाको मृत्यु

न्यूज विराट

एजेन्सी, १० चैत । अमेरिकाको कोलोराडोमा गोली चलेको छ । हतियारधारी एक व्यक्तिले गोली चलाउँदा एक जना प्रहरीसहित १० जनाको मृत्यु भएको छ ।बीबीसीका अनुसार कोलोराडोस्थित बोल्डर सहरमा भएको उक्त गोलीकाण्डमा हतियार बोकेका ती व्यक्तिले स्थानीय सुपरमार्केटमा जथाभावी गोली प्रहार गरेका थिए ।

बोल्डरका प्रहरी प्रमुख म्यारिस हेरोल्डले एक जना सन्दिग्ध व्यक्तिलाई नियन्त्रणमा लिइएको जानकारी दिए । हेरोल्डका अनुसार नियन्त्रणमा लिइएका ती व्यक्ति पनि घाइते भएका छन् । उनको उपचार भइरहेको छ । घटना स्थानीय समयअनुसार दिउँसो दुई बजेतिर भएको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles