२० जना विद्यार्थीलाई सुमनदेवी गोयल छात्रवृत्ती प्रदान

 न्यूज विराट
२० जना विद्यार्थीलाई सुमनदेवी गोयल छात्रवृत्ती प्रदान

विराटनगर । विराटनगर – ७ स्थित सत्यनारायण माध्यमिक विद्यालयमा अध्ययरत २० जना जेहन्दार छात्रछात्रालाई छात्रवृत्ती प्रदान गरिएको छ ।
स्वर्गीय श्रीमती सुमनदेवी गोयलको नाममा स्थापना भएको १४ लाखको छात्रवृत्ति कोषबाट बिहीबार स्कुल परिसरमा एक कार्यक्रमको बीच २० जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो ।

कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ती वितरण गरिएको छ । उमा न्यौपाने, सृष्टि कर्ण, वर्षा यादव, कञ्चन मेहेता, श्रेया देव, सन्ध्या यादव, दुर्गाकुमारी पेटल र मिनक्षा चौधरीलाई जनही ११ हजार रुपैयाँ छात्रवृत्ती प्रदान गरिएको छ । यसैगरी रञ्जु कट्टेल, पुष्पा शाह, सुजल देव, एमी शाह, स्मृती जोशी र आर्यन मेहतालाई जनही ६ हजार रुपैयाँ छावृत्ती प्रदान गरिएको छ । यसैगरी मिनाक्षी चौधरी, शिवानी राउत, अमन शाह, ईच्छा अधिकारी, सोनी मेहेता, दुर्लभ देव र चिन्टु कुमार मेहेतालाई जनही पाँच हजार रुपैयाँ प्रदान गरिएको छ ।

विद्यार्थीहरुलाई कोषका संरक्षक समाजसेवी दिनवन्धु गोयल, कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा समन्य इकाई मोरङका प्रमुख टंकप्रसाद गौतम, सत्यनारायण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिव्यराज कट्टेल, विद्यालयका प्रध्यानाध्यापक पुरुषोत्तम गुँरागाईले छात्रवत्ती प्रदान गरेका थिए ।

सुमनदेवी गोयल छात्रवृत्ति कोषका संरक्षक विराटनगरका समाजसेवी दिनबन्धु गोयलले २०५८ सालमा सत्यनारयण स्कुलमा जेहन्दार विद्यार्थीहरुको लागि छात्रवृत्ती प्रदान गर्नको लागि कोष स्थापना गरिएका हुन् ।

सम्बन्धित समाचार

प्रदेश १ प्रमुख प्यासीलाई कोरोना संक्रमण

प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई कोरोना संक्रमण देखिएको छ । प्रदेश प्रमुख अधिकारीलाई शुक्रमबार राति संक्रमण देखिएको उनको प्रेस सल्लाहकार खेमराज अधिकारीले जानकारी दिए । प्रदेश प्रमुख अधिकारीलाई सामान्य लक्षण देखिएपछि शुक्रबार...

भारत-चीनको सीमामा भएको हिंसाप्रति संयुक्त राष्ट्रसंघको चासो

काठमाडौं, ३ असार-भारत र चीनबीचको सीमामा भएको हिंसाप्रति संयुक्त राष्ट्रसंघले चासो व्यक्त गरेको बताइएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सो विषयमा चासो व्यक्त गरेका हुन् । भारत र चीनबीचको सीमामा भएको विवाद र...

हिमालय दर्शन कलेजका विद्यार्थीले बनाएका वेबसाइट सामुदायिक विद्यालयलाई निःशुल्क हस्तान्तरण

विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजमा अध्ययनरत विद्यार्थीहरूले बनाएका चार वटा सामुदायिक विद्यालयको वेबसाइट हस्तान्तरण गरेका छन् । प्राविधिक विषय पढ्दै आएका चार जना विद्यार्थीले विराटनगरको तीन वटा र मोरङको ग्रामथान गाउँपालिकामा रहेको एउटा गरी...

विराट गोल्डकप फागुन १९ गतेबाट, यस्ता छन् गोल्डकप खेल्ने १० टिम

विराटनगर । विराटनगरको ऐतिहासिक ९ औं संस्करणको विराट गोल्डकप यही फागुन १९ गतेबाट सुरु हुने भएको छ । विराटनगरको सहिद रंगशालामा सोमबार पत्रकार सम्मेलन गरी फागुन १९ देखि २८ गतेसम्म फ्लडलाइट्सको माध्यमबाट रात्रिकलीन फुटबल प्रतियोगिता...

नेपालमा थप १ हजार ३ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ८८० जनाको नमूना परीक्षण गर्दा थप १ हजार ३ सय ६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्रले जानकारी दिइन् । उनका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २ सय ३८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १२ जनाको मृत्यु भएको छ । देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २९ हजार ४ छ ।

काठमाडौं, २६ माघ । नेपालमा थप १ हजार ३ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ८८० जनाको नमूना परीक्षण गर्दा थप १ हजार ३ सय ६९...

कार्यदलका नेताहरू ओली-प्रचण्ड भेट्दै

काठमाडौं, २१ कात्तिक-नेकपाभित्र विवाद चर्किदै गएपछि दोस्रो तहका केही नेताहरू सक्रिय हुने प्रयासमा लागेका छन् । नेकपा सचिवालयले गत साउनमा गठन गरेको विवाद समाधानको सुझाव कार्यदलका सदस्यहरू सक्रिय हुन लागेका हुन् ।  अध्यक्षद्वय  केपी शर्मा...

आज २७३६ जनामा कोरोना, २२ संक्रमितको मृत्यु

काठमाडौं, २५ कात्तिक-गत २४ घण्टामा देशभर २ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या १ लाख ९९ हजार ७ सय ६०  पुगेको छ । आज ८ सय...

घरघरमै नमाज पाठ गरी मनाइयो इदुल फित्र

काठमाडौं, १२ जेठ-अरबी पात्रो हिजरी संवतअनुसार १० औँ महिना (सौवाल) को पहिलो दिन आज देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इदुल फित्र पर्व मनाएका छन् ।  १० औँ महिनाको पहिलो दिन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्