घरघरमै नमाज पाठ गरी मनाइयो इदुल फित्र

 न्यूज विराट
घरघरमै नमाज पाठ गरी मनाइयो इदुल फित्र

काठमाडौं, १२ जेठ-अरबी पात्रो हिजरी संवतअनुसार १० औँ महिना (सौवाल) को पहिलो दिन आज देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इदुल फित्र पर्व मनाएका छन् ।  १० औँ महिनाको पहिलो दिन विशेष नमाज पाठ गरेपछि बुधबारसम्म आफूभन्दा ठूला बडाकहाँ गएर आशीर्वाद लिइन्छ ।

यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ । खुसीपूर्वक दान गरेर दीन दुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इदुल फित्र भनिएको हो ।

अरबी पात्रो अनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इदुल फित्र मनाउने कार्यक्रम तय हुने भएपनि यस वर्ष अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन शनिबार बेलुकी चन्द्रमा नदेखिएकाले आज यो पर्व मनाइएको हो ।

अरबी पात्रोअनुसार कुनै पनि महिना ३१ दिनको नहुने भएकाले आइतबार बेलुकी अर्थात् ३० औँ दिन चन्द्रमा नदेखिए पनि त्यसपछिको दिनलाई १० औँ महिना मानिन्छ । यसैकारण आज इद उल फित्र पर्व मनाउन लागिएको नेपाली जामे मस्जिदका अध्यक्ष अब्दुल मोहम्मद समीमले राससलाई जानकारी दिए ।

यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण आज बिहान नेपाली जामे मस्जिद घण्टाघरमा विशेष नमाज पाठमा ५ जनाभन्दा बढी उपस्थित भएनन् । मस्जिद, इदगाहलगायत धार्मिक स्थलमा पनि बढीमा ५ जनाभन्दा उपस्थित भएनन् । मुस्लिम समुदायले घरमै परिवारका सदस्यबीच नमाज पाठ गरेर इद उल फित्र मनाएका छन् ।

यो पर्वको अर्को उल्लेखनीय पक्ष दीन दुःखी र गरीबलाई दान दिनु हो । यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख गरिएको राष्ट्रिय मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलिले जानकारी दिए ।

यसरी दान गरिएको नगद वा जिन्सी दीनदुःखी एवम् गरीबलाई बाँडिन्छ । यसलाई जकात भनिन्छ । इद उल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् । यसलाई सत्कार फितर भनिन्छ । यो दान आमाको पेटमा आएको बच्चाको पनि गरिनुपर्छ भन्ने नियम मुस्लिम ग्रन्थमा छ । यो दान पनि दीनदुःखी र गरीबलाई नै दिइन्छ ।

यस वर्ष गत वैशाख १३ गतेदेखि मुस्लिम समुदायको १ महिना लामो व्रत (रोजा) सुरू भएको थियो । १ वर्षभित्र गरेका पाप कटाउन रमजानसमेत भनिने यो व्रत गरिने उनले बताए । १ महिनासम्म दिनभर व्रत गरेर साँझ सूर्यास्तको नमाज पाठ गरिन्छ । बिहान सूर्योदय अघि र बेलुकी सूर्यास्तपछि मात्र मुस्लिम समुदायले नवौँ रमजान महिनामा भोजन गर्छन् । रासस 

सम्बन्धित समाचार

साइकलयात्रीलाई कटपिट गर्ने आयुषलाई ज्यानमार्ने उद्योगमा मुद्दा

विराटनगर । विराटनगर महानगरपालिका ६ का २७ वर्षीया पवन साहलाई राती कारबाट उत्रिएर कुटपिट गर्ने विराटनगर ४ का १९ वर्षीया आयुष भेटवाललाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ परेका भेटवाललाई मोरङ प्रहरीले मोरङ अदालतमा ज्यान मार्ने...

कोशी प्रदेशका सभामुख बाबुराम गौतमले दिए राजीनामा

विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि बहुमत जुटाउन सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन् । सरकार गठनमा राप्रपाको साथ नपाएपछि गठबन्धनको बहुमत पु¥याउन सभामुख गौतमले आज राजीनामा दिएका हुन् । उनले उपसभामुख सिर्जना...

सामाजिक सुरक्षा कोषमा आबद्ध कर्मचारीको रकम सरकारी कोषबाटै मिलान गरिने

काठमाडौं, जेठ १२-सरकारले सामाजिक सुरक्षा कोषमा आबद्ध मजदुर तथा कर्मचारीको कोषमा तिर्नुपर्ने योगदन रकम सरकारी कोषबाट मिलान गर्ने भएको छ । सोमबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘योगदानमा आधारित सामाजिक सुरक्षा...

कोरोना संक्रमणबाट विराटनगरका ६ सहित ११ जनाको मृत्यु

विराटनगर, ९ जेठ । कोरोना भाइरसको संक्रमणका कारण विराटनगरका ६ जनासहित मोरङमा थप ११ जनाको मृत्यु भएको छ । शनिबार राति र आइतबार विहान मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा चार, विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा...

रुसी राष्ट्रपति पुटिन २०३६ सम्म शक्तिमा रहने

एजेन्सी, असार १२-रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल लम्बिनेगरी जनमत आएको छ । एक हप्ता लामो मतदानपछि बिहीबार सार्वजनिक भएको नतिजाअनुसार राष्ट्रपति पुटिन आगामी सन् २०३६ सम्म शक्तिमै रहन पाउने भएका छन् । पुटिनलाई लामो समयसम्म...

एमसीसीको पक्षमा मतदान गरे जनकारबाही गर्ने मन्त्री भट्ट र देउवालाई विप्लवको चेतावनी

डडेल्धुरा, ११ असार-पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनकारबाही गर्ने चेतावनी दिएको छ । धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीस्थित देउवा निवासको...

नेपाल कुनै सैन्य गठबन्धनमा सहभागी हुँदैन : प्रचण्ड

काठमाडौं, ५ असार-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने स्पष्ट पारेको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थापनाको ९९ वर्ष पुगेको र नेपाल–चीन दौत्य सम्बन्ध स्थापनाको ६५ वर्ष पूरा...

विराट डेन्टल होममा मुख सम्बन्धी भरपर्दो उपचार

विराटनगर । विराटनगरको हस्पिटल चोकमा रहेको विराट डेन्टल होममा मुखसम्बन्धी सम्पूर्ण स्वास्थ्य उपचार भरपर्दो र गुणस्तरीय हुने भएको छ । गोल्डेन हस्पिटल अगाडी रहेको विराट डेन्टलमा दाँतसम्बन्धी सम्पूर्ण उपचार भरपर्दो र गुणस्तरीय हुने गरेको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्