विराटनगरका ब्युटिसियनलाई हेयर टेक्निकल तालिम

 न्यूज विराट
विराटनगरका ब्युटिसियनलाई हेयर टेक्निकल तालिम

विराटनगर । विराटनगरका ब्युटिसियनहरूलाई एक दिने बेरिना हेयर टेक्निकल तालिम दिएको छ । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर नगर कमिटिले मंगलबार हेयर कटिङ्ग सम्बन्धी तालिम दिएको हो ।

तालिममा विराटनगरका ८६ जना ब्युटिसियनहरुको सहभागि रहेको राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगरकी अध्यक्ष भली सुब्बा गुरूङ्गले जानकारी दिइन् ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगरकी अध्यक्ष भली सुब्बा गुरूङ्ग ।

ब्युटिसियनहरुको क्षमता अभिवृद्धी गर्दै हेयर सम्बन्धी नयाँ टेक्निकल कुराको जानकारी दिने उद्देश्यले बेरिना हेयर टेक्निकल सेमिनर आयोजना गरिएको उनले बताइन् । सेमिनरको सहजिकरण हबिज फेयर ब्युटि सैलुनका हेयर एक्सपट कृष्ण पन्थिले गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी उपमहासचिब ममता प्रधानले तालिममा सिकेको ज्ञान व्यवर्हारमा उतार्नुपर्नेमा जोड दिइन् । बेरीना कम्पनीकी मेनेजर सुमा चित्रकारले हेयरको नयाँ टेक्निकल बारेमा तालिममा सिकेको ज्ञान दैनिक जिवनमा उतार्नुपर्ने बताइन् । उक्त कार्यक्रममा सहयोग बेरीना कम्पनीले गरेको थियो ।

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगरकी उपाध्यक्ष सरीता राईले स्वागत मन्तब्य राखेकी थिइन् भने कार्यक्रम संचालन सचिब बसन्त कुमारी गुरूङले गरेकी थिइन् ।

सम्बन्धित समाचार

मकवानपुरमा हावाहुरी, २ जनाको मृत्यु 

मकवानपुर, १३ जेठ-मकवानपुरको राक्सिराङ गाउँपालिकामा हावाहुरीले रूख ढल्दा च्यापिएर १ महिला र १ बालकको मृत्यु भएको छ । राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले पनि २ नाको मृत्यु भएको र २ जना घाइते भएको पुष्टि गरे...

६२८६ जनाको नमुना परीक्षण गर्दा १०५६ संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६ हजार २८६ जनाको पीसीआर परीक्षण गर्दा ३८६ महिला र ६७० पुरुषमा कोरोना...

आज देशभर थपिए १ हजार १११ संक्रमित

काठमाडौं, ११ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार १११ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा...

सामाजिक विकास मन्त्रालयद्धारा उदयपुरमा होमीयोपेथिक औषधि हस्तान्तरण

विराटनगर, वैशाख ३०–प्रदेश १ मा कोरोना भाईरसको केन्द्रविन्दु मानिएको उदयपुरको भुल्केका १ हजार ४ सय व्यक्तिका लागि आज होमीयोपेथिक औषधि हस्तान्तरण गरिएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका...

काँग्रेसले रविमाथि छानबिनको कुरा उठाएर गठबन्धन फुटाउन खोज्यो : प्रचण्ड

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेसले रविमाथि छानबिनको कुरा उठाएर गठबन्धन फुटाउन खोजेका आरोप लगाएका छन् । विराटनगरमा सञ्चारकर्मीहरूसँग बिहीबार कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले नयाँ समीकरण बन्नु भन्दा...

टिभिएसको ग्राण्ड एक्सेनज मेलामा उपभोक्ताको भिड 

विराटनगर । विराटनगरको मुनाल पथ अगाडी सुरु भएको टिभिएसको ग्राण्ड एक्सेनज मेलामा सवारी चालक उपभोक्ताहरूको भिड लागेको छ । टिभिएसको आधिकारिक विक्रेता केसरी चन्द भवरलाल पिपल चोक स्वरुमले विजय दशमी र शुभ दीपावलीलाई लक्षित गरी...

विमानस्थलमा शंकास्पद वस्तुको आशंका

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु रहेको आशंकामा आन्तरिक उडानका सबै यात्रुहरूलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको छ । विमानस्थलमा बम जस्तै शंकास्पद वस्तु रहेको भनेर अज्ञात व्यक्तिबाट फोन आएपछि सुरक्षा सतर्कताका लागि आन्तरिक उडानका...

प्रचण्ड-नेपाल समूहको आमहड्तालका कारण परीक्षा रोकिँदैन : त्रिवि

त्रिभुवन विश्वविद्यालयले आमहड्तालका कारण परीक्षा नरोकिने स्पष्ट पारेको छ । नेकपा प्रचण्ड–नेपाल समूहले बिहीबार (भोलि) आमहड्ताल घोषणा गरेपछि त्रिविले परीक्षा नरोकिने बताएको हो । ‘आमहड्तालले परीक्षा रोकिँदैन । आमहड्ताल घोषणा गरेको पक्षबाट परीक्षालाई असर नपार्ने भन्नु...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्