उदयपुर त्रियुगाका जनप्रतिनिधिलाई पनि क्वारेन्टाइनमा राखिने

 न्यूज विराट
उदयपुर त्रियुगाका जनप्रतिनिधिलाई पनि क्वारेन्टाइनमा राखिने

उदयपुर, ६ वैशाख-उदयपुरको त्रियुगा नगरपालिकाका जनप्रतिनिधिलाई पनि क्वारेन्टाइनमा राख्नुपर्ने माग जनस्तरबाट उठेपछि जिल्ला प्रशासन कार्यालयमा यसबारे छलफल भइरहेको छ । अहिले त्रियुगा–११ बोक्सेस्थित जिल्ला प्रशासन कार्यालयमा मेयर बलदेव चौधरीसहितका जनप्रतिनिधि र जिल्लाका अधिकारीबीच छलफल भइरहेको हाे ।

स्रोतका अनुसार भुल्के मस्जिदमा कोरोना पुष्टि १२ जना भारतीय नागरिक जनप्रतिनिधिहरूसँगै कतिपय ठाउँमा राहत बाँड्न हिँडेका थिए ।‘त्यसैले नगरप्रमुखसहित केही जनप्रतिनिधि आफैं क्वारेन्टाइनमा बस्न खोज्नुभएको छ’, स्रोतले भन्यो, ‘अहिले निर्णय नै त भइसकेको छैन, सम्भवतः जनप्रतिनिधिलाई क्वारेन्टाइनमा राख्ने निर्णय हुनेछ ।’

त्रियुगाका नगरप्रमुख बलदेव चौधरीले अहिले आफू छलफलमा रहेको र केही बेरपछि निर्णयबारे बोल्ने बताए । ‘के गर्ने भन्ने विषयमा हामी अहिले छलफल गरिरहेका छौँ, छलफल सकिएपछि बोल्छु नि !’, उनले शिलापत्रलाई भने ।

सम्बन्धित समाचार

क्यानाडाको राजधानीमा संकटकाल घोषणा

ओटावा । क्यानाडाको राजधानी ओटावामा संकटकाल घोषणा गरिएको छ । ट्रक चालकहरुको आन्दोलन अनियन्त्रित र हिंसात्मक बन्दै गएको भन्दै स्थानीय सरकारले संकटकालको घोषणा गरेको हो । कोरोना भाइरसविरुद्धको खोप लगाउनु पर्ने लगायतका कतिपय प्रतिवन्धात्मक व्यवस्थाकाविरुद्धमा...

आज देशभर १ हजार ८१ जनामा कोरोना पुष्टि, ९१८ डिस्चार्ज

काठमाडौं, २४ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ८१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा...

र्यापिड डाइग्नोष्टिक टेस्टबाट ५ सय ५५ जनाको परिक्षण

विराटनगर, बैसाख ३–प्रदेश १ मा कोरोना परीक्षणको दायरा र संख्या बढेको छ । छरितो विधि (¥यापिड डाइग्नोष्टिक टेस्ट) बाट बुधबारसम्म जम्मा ५ सय ५५ जनाको परीक्षण भएको छ । ल्याबमा गरिने परीक्षण(पीसीआर) र किटबाट गरिने...

स्याङ्जाका युवा साहित्यकार समीरलाई सुदीश निरौला पुरस्कार प्रदान

विराटनगर, १० माघ । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले हरेक वर्ष समर्र्पण गर्दै आएको ‘सुदीश निरौला स्मृति साहित्य पुरस्कार’ स्याङ्जाका युवा साहित्यकार मिलन समीरलाई समर्पण गरिएको छ । शनिबार विराटनगरमा आयोजित कार्यक्रममा पूर्वअर्थमन्त्रीसमेत रहेका वरिष्ठ कवि...

प्रदेश १ मा ५६९ जना संक्रमित थपिए, ६१९ डिस्चार्ज

विराटनगर, १४ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५ सय ६९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २५३, झापामा १ सय ४३, सुनसरीमा १ सय १२, उदयपुरमा १२, इलाममा ११, धनकुटामा ४, भोजपुरमा ३,...

आज साउने सङ्क्रान्ति मनाइँदै

काठमाडौं, १ साउन-सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर आज साउने सङ्क्रान्तिका रूपमा मनाइँदै छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । १...

सप्तरीका सङ्क्रमितमा पनि लक्षण देखिन थाल्यो

सप्तरी, १२ साउन-सप्तरीमा कोभिड-१९ को लक्षण देखिएका सङ्क्रमित भेटिन थालेका छन् । यसअघि लक्षण नभएका सङ्क्रमितहरू हुने गरेकामा अहिले आउने सङ्क्रमितमा कोभिड–१९ को लक्षण देखिन थालेको चिकित्सकहरूले बताएका छन् । पछिल्लोपटक आउने सङ्क्रमितमध्ये १५ प्रतिशतमा...

पानी नपाएको भन्दै वडाध्यक्षमाथि कुटपिट

जाजरकोटको जुनिचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपालीलाई गएराति १ समूहले कुटपिट गरेको छ । सशस्त्र प्रहरी बल जाजरकोटका प्रमुख योग्य बस्नेतका अनुसार कुटपिटबाट वडाध्यक्ष नेपाली घाइते भएका छन् । कुटपिटमा संलग्न स्थानीय बिर्खनाथ योगी र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्