मोरङको मधुमल्ला र तारिगामामा थपियो सशस्त्रको बिओपी

 न्यूज विराट
मोरङको मधुमल्ला र तारिगामामा थपियो सशस्त्रको बिओपी

विराटनगर । मोरङको नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको थप दुई वटा बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ । जहदा गाउँपालिका ७ मा रहेको तारिगामा र मधुमल्लामा बिहीबार बिओपी स्थापना गरिएको हो ।

स्थापना भएको दुवै विओपीको उद्घाटन सशस्त्र प्रहरी बल नेपाल नंं. १ बराह बाहिनी मुख्यालय सुनसरीका डिआइजी अञ्जनी कुमार पोखरेलले गरे । यो संगै मोरङमा बिओपीको संख्या १० पुगेको छ । डिएसपीको नेतृत्वमा रहने प्रस्तावित गुल्म तीन वटा रहेको छ । बिहीबारदेखि संचालनमा आएको दुई वटा विओपीमा सइको नेतृत्वमा २० जना सशस्त्र प्रहरी रहने सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ कंकालनी गणका गणपति एसपी तिर्थ बहादुर थापाले बताए ।

सशस्त्र प्रहरीका डिआइजी अञ्जली कुमार पोखरेलले सरकारले नेपाल भारत सीमा क्षेत्रमा ५ सय बिओपी स्थापना गर्ने लक्ष्य अनुसार अहिलेसम्म देशभर २ सय ८५ वटा बिओपी स्थापना भएको बताए । योसँगै मोरङमा ६३ किलोमिटर नेपाल–भारत सीमा भएको क्षेत्रमा तीन वटा प्रस्थाबित गुल्म र १० वटा बिओपी भएको बताए ।

कोशी प्रदेशमा नेपाल –भारतको सीमा क्षेत्रको दुरी ४२७ किलोमिटरमा १० वटा प्रस्थापित गुल्म र ४७ वटा बिओपी स्थापना भएको डिआइजी पोखरेलले बताए । ११ किलोमिटरको दुरीमा बिओपीहरु रहेको उनले बताए । सीमा क्षेत्रमा १ हजार ४ सय सशस्त्र प्रहरी सुरक्षामा खटिएको बताए । पहाडी जिल्लाहरुबाट सशस्त्र प्रहरी ल्याएर तराइको सीमा क्षेत्रमा सुराक्षाकर्मीहरु परिचालन गरिएको छ ।

सम्बन्धित समाचार

गण्डकी प्रदेशका सांसद थापाको चौतर्फी विरोध, प्रदेश १ का दलित अगुवाद्धारा कारबाहीको माग

विराटनगर, बैशाख २६–सांसद पदमा रहेको व्यक्तिलेनै सिंगो दलित समुदायलाई अपमानित गरेपछी चौतर्फी आलोचना सुरु भएको छ । गण्डकी प्रदेशका सांसद तथा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाबाटै दलित समुदायमाथि अपमान भएपछि देशभर उनको तिब्र आलोचना सुरुभएको...

झापाको विर्तामोड नगरपालिका शिल

विराटनगर, १० साउन । झापाको विर्तामोड नगरपालिकाले आगामी साउन २० गतेसम्म नगरपालिकाको सम्पूर्ण क्षेत्र शिल गर्न प्रशसानलाई आग्रह गरेको छ । नगर क्षेत्रमा कोरोना संक्रमण फैलँदो अवस्थामा रहेकाले साउन १३ गते मध्य रातिदेखि २० गतेसम्म...

विराटनगरलाई दोस्रो ठूलो शहर बनाउने लक्ष्यका साथ काम गर्छौँः मेयर कोइराला

विराटनगर, ३० जेठ । विराटनगर महानगर पालिकाका प्रमुख नागेश कोइरालाले यस नगरलाई मुलुकको दोश्रो ठूलो शहरको रुपमा विकासित गर्ने लक्ष्यका साथ काम गर्ने बताउनु भएको छ। एकता समाज विराटनगरद्वारा आज यहाँ आयोजित महानगरप्रमुख, उपप्रमुख एवं...

नेपालमा थप ९११ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु

काठमाडौं, २७ भदौ । नेपालमा थप ९११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ९११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए...

सबै स्वास्थ्यकर्मी र क्वारेन्टाइनमा बसेकाको कोरोना परीक्षण गरिने

काठमाडौं, १ जेठ-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्यकर्मीको कोभिड–१९ परीक्षण गर्ने भएको छ । स्वास्थयकर्मीले कुनै पनि बिरामीको स्वास्थ्य उपचार गर्नुपर्ने भएकाले जोखिम बढ्ने हुँदा पिसिआर विधिबाट परीक्षण गरिने भएको मन्त्रालयका विज्ञ सल्लाहकार डा खेम...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा थाइराइड सम्बन्धी सचेतना, तीन जना सम्मानित

विराटनगर । विराटनगरस्तित रोटरी भवनमा थाइराइड सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले रोटरी भवनमा डा. ममता वर्माको उपस्थितीमा थाइराइड सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको हो । सो अबसरमा डा. बर्माले...

आज नाग पञ्चमी पर्व मनाइँदै

काठमाडौं, १९ साउन-साउन शुक्ल पञ्चमीका दिन नागस्थानमा दूध, दुबो, जल चढाएर धूपधुवाँर गर्दै नाग पञ्चमी पर्व मनाइँदै छ । शास्त्रमा अनन्त, वासुकी, तक्षक, कुलिर, कर्कोटक, शङ्ख, पद्म, महापद्म गरी ८ नागको विशेष महत्व रहेको वर्णित...

थप ४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ९५ पुग्यो

काठमाडौं २९ साउन-नेपालमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणका कारण ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।  पछिल्लो २४ घन्टामा महोत्तरीका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्