राष्ट्रियसभाका चारै सभापति निर्विरोध

 न्यूज विराट
राष्ट्रियसभाका चारै सभापति निर्विरोध

काठमाडौं, २३ साउन=राष्ट्रियसभाअन्तर्गतका समितिमा भएको सभापतिको निर्वाचनमा सबै समितिका सभापतिहरू निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार भएको समितिहरूमा भएको सभापतिको निर्वाचनमा सबै समितिका सभापति निर्विरोध निर्वाचित हुन् ।

निर्वाचनबाट दिगो विकास तथा सुशासन समितिमा माननीय तारादेवी भट्ट, विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण विडारी र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिल कुमारी रावल थापा ‘पार्वती’ सभापतिमा निर्वाचित भएका हुन् ।

एक तिहाइ सदस्यको पदावधि प्रत्येक २ वर्षमा सकिएर नयाँ आएसँगै समितिका सदस्यहरू हेरफेर हुने र विषयगत समितिका सभापतिहरू पुनः चयन गर्नुपर्ने व्यवस्था राष्ट्रियसभा नियमावली २०७५ ले गरेको छ ।

सम्बन्धित समाचार

कोरोना संक्रमणको आशंकामा काँकरभिट्टा नाकाबाट २ युक्रेनी नागरीक फिर्ता पठाइयो

झापा, फागुन २९–कोरोना भाइरसको आशंकामा दुई युक्रेनी नागरीकलाई पूर्वी नाका काँकरभिट्टाको अध्यागमन कार्यालयले फिर्ता गरिदिएको छ । भारतका विभिन्न शहर भ्रमण गरी काँकडभिट्टा नाका हुँदै नेपाल प्रवेश गर्न खोज्ने युक्रेनी दम्पतीलाई अध्यागमन कार्यालयले नेपाल प्रवेशमा...

देउवालाई पौडेल समूहको लिखित असहमति

काठमाडाैं, १५ साउन-कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी विभागमा भइरहेका मनोनयनलगायत असहमतिका ५ वटा विषयलाई सभापति शेरबहादुर देउवाले बेवास्ता गरेको भन्दै पत्रकार सम्मेलनमार्फत् धारणा सार्वजनिक गर्ने भएको छ । दिउँसो ३ बजे सानेपास्थित पार्टी...

कोरोना संक्रमणको अवस्था अनुसार कामः मन्त्री घिमिरे

विराटनगर, १५ कात्तिक–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना संक्रमणको अवस्था अनुसार प्रदेश सरकारले काम गरिरहेको बताएका छन् । कोरोना संक्रमणको मात्रा हेरेर प्रदेश सरकारले स्टेप चालिरहेको उनले बताए । विराटनगरमा प्रदेश सरकार,...

कर अशुल्नुनै सवैकुरा होइनः सांसद मण्डल

विराटनगर, जेठ २३–पूर्वमन्त्री तथा नेकपाका सांसद शिवकुमार मण्डलले कर अशुल्नुनै सवैकुरा नभएको बताएका छन् । सरकारले सवै प्रकारका कर तिर्न म्याद तोकेर निर्देशन जारी गरेकोप्रती लक्षित गर्दै सांसद मण्डले यस्तो बताएका हुन् । उनले बन्दाबन्दीका...

प्रदेश १ :संक्रमण बढी भएका स्थानमा आइसोलेसन बृद्धि गरिने

विराटनगर, ३ भदौ-प्रदेश १ मा कोरोना संक्रमण बढी भएका स्थानमा आईसोलेसन केन्द्र थप गरिने भएको छ । कोभिड १९ संक्रमण नियन्त्रणका संवन्धमा सामाजिक विकास मन्त्री जीवन घिमिरेको अध्यक्षमा बुधबार बसेको बैठकले संक्रमण बढी देखिएका स्थानमा...

१ घण्टाको अवधिमा कतार एयरका २ उडान

कतार एयरलाइन्सले शनिबार २ वटा उडान भर्दै छ ।विदेशी नागरिकलाई फर्काउनका लागि अनुमति दिइएको कतार एयरले काठमाडौंदेखि दोहा उडान भर्न थालेको हो। शुक्रबार ३०० युरोपेली नागरिकलाई लगेको कतार एयरले शनिबार १०:१५ मा एउटा र ११:१५...

विराटनगरमा थप दुईजनामा कोरोना संक्रमण

विराटनगर, असार १२-विराटनगरमा थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १० पुगेको छ । संक्रमितमध्ये ४ जना उपचारपछि घर फर्किएका छन् । विराटनगर–६ का ३१ वर्र्षीय पुरुष र विराटनगर६ कै २१ वर्षीया महिलामा कोरोना...

विराट डाईग्नोष्टिक ल्याबको संकलन केन्द्र इनरुवामा आज खुल्दै, प्रदेश १ भरी विस्तार गर्ने तयारी

विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होम (विराटनर अस्पताल) भित्र रहेको विराट इन्टरनेशनल डाईग्नोष्टिक ल्याब प्रालिले सुनसरीको इनरुवामा पनि रगत सङ्कलन केन्द्र स्थापना गर्ने भएको छ । आज दिउँसो ११ बजे एक कार्यक्रम आयोजना गरी ल्याबको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्