महेन्द्र मोरङ क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका जसवन्त पौडेल निर्वाचित

 न्यूज विराट
महेन्द्र मोरङ क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका जसवन्त पौडेल निर्वाचित

विराटनगर । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन स्ववियू अध्यक्षमा नेपाली काँग्रेस निटक विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका जसवन्त पौडेल निर्वाचित भएका छन् ।

पौडेल एक हजार ६८९ मतसहित निर्वाचित हुँदा निकटमत प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका उम्मेदवार रोहित यादवले ७८४ मत प्राप्त गरे । अनेरास्ववियुका अध्यक्षका उम्मेदवार नविन पहाडीले ५९२ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ ।

स्ववियु सचिवमा अनेरास्ववियुका सनिम ठकुरी निर्वाचित भए । ९३७ मतसहित ठकुरी विजयी हुँदा नेविसंघ उम्मेदवार पूजा विश्वासले ७८६, अखिल क्रान्तिकारी उम्मेदवार आशिका लम्सालले ५१५ र अनेरास्ववियू उम्मेदवार निर्मल भण्डारीले ४४५ मत प्राप्त गरे । कोषाध्यक्षमा नेपाल विद्यार्थी संघका उम्मेदवार स्वस्तिक बोहोरा निर्वाचित भए ।

मोरङको सुकुना बहुमुखी क्याम्पस स्ववियु अध्यक्षमा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूका सन्तोष लिम्बू निर्वाचित भएका छन् । उनी १ हजार ३८२ मतसहित निर्वाचित हुँदा अनेरास्वियु एमालेका उम्मेदवार मनोज कार्कीले ६५७ मत प्राप्त गरे ।

सचिवमा अनेरास्ववियुका उम्मेदवार एलिस ओझा निर्वाचित भए । कोषाध्यक्षमा अखिल क्रान्तिकारी उम्मेदवार सतिष कार्की निर्वाचित भए । सुकुनामा सत्ता गठबन्धनमा आवद्ध दलका विद्यार्थीले तालमेल गरेका थिए ।

सम्बन्धित समाचार

कोशीका तीन मन्त्रीले पाए जिम्मेवारी : उप्रेतीले वन, राईले अन्तरिक र जवेगुले पूर्वाधार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरुलाई जिम्मेवारी दिएका छन् । मुख्यमन्त्री कार्कीले करिब एक महिनापछि विनाविभागीय रहेका तीन मन्त्रीहरुलाई आज मन्त्रालयको जिम्मेवारी दिएका हुन् । विनाविभागीय मन्त्री रहेका नेकपा माओवादी केन्द्रका गणेश उप्रेतीले...

बागमतीमा नेकपा संसदीय दलको नेतामा अष्टलक्ष्मी चयन

काठमाडौं, १५ पुस-बागमती प्रदेशमा नेकपा संसदीय दल औपचारिक रुपमा विभाजित बनेको छ । बुधबार बसेको प्रचण्ड–माधव नेपाल पक्षधर सांसदको संसदीय दलको बैठकले डोरमणि पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेता चयन गरेको छ । पार्टी...

कंगोका पूर्वराष्ट्रपतिको कोरोना संक्रमणका कारण मृत्यु

एजेन्सी, चैत १८-कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट कंगोका पूर्वराष्ट्रपति जाँ ज्याक्स जोचिम योहोम्बी ओपांगीको ८१ वर्षको उमेरमा निधन भएको छ । कोरोना भाइरस संक्रमण भएपछि उपचारका लागि अस्पताल भर्ना भएका उनको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले...

सुर्खेतमा भारतबाट आएका १ युवकको  मृत्यु

सुर्खेत, १४ जेठ-सुर्खेतमा भारतको गुजरातबाट आएका १ युवकको मृत्यु भएको छ । ५ दिनअघि गुजरातबाट हिँडेका उनी यात्राकै क्रममा विरामी भएपछि उपचारका लागि कर्णाली प्रदेश अस्पताल भर्ना गरिएको र मंगलबार राती मृत्यु भएको प्रदेश अस्पताल...

एक्सनमा इप्रका रानी, हप्तादिनमा १९ लाखको तस्करीको सामान बरामद

विराटनगर । खुल्ला सीमाको फाइदा उठाउँदै भारतबाट अवैध रूपमा हुने चोरी तस्करीलाई निस्तेज बनाउने अभियान सुरु गरेको मोरङ प्रहरीले भन्सार छली गरेर आउने सामग्रीहरू धमाधम बरामद गर्न थालेको छ । चोरी तस्करी भएर आएको समान...

प्रदेश १ : घरभाडा छुट गर्ने घाेषणा कार्यान्वयन गर्न सांसदहरूकाे माग

विराटनगर, २५ जेठ-विद्युतमा २५ प्रतिशत महशुल छुट गर्ने, लकडाउन अवधिभर घर धनीले भाडा माग्न नपाउने, एक महिनाको घरभाडा छुट दिनुपर्नेलगायत सरकारले घोषणा गरेका राहतका कार्यक्रम तत्काल  कार्यान्वयन गर्न सांसदहरूले माग गरेका छन् । आइतबार प्रदेशसभा...

काठमाडौंमा खनाल-नेपाल समूहनिकट युवासंघको राष्ट्रिय कार्यकर्ता भेला

काठमाडौं, ७ चैत । नेकपा (एमाले) को खनाल-नेपाल समूह निकट युवा संघ नेपालले राष्ट्रिय कार्यकर्ता भेला गर्दैछ । काठमाडौंको राष्ट्रिय सभागृहमा हुने भेलालाई पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधव नेपालले सम्बोधन गर्ने कार्यक्रम छ ।...

डाक्टर मोहन खड्काको सेवा लाईफ गार्ड अस्पतालमा

विराटनगर । विराटनगरस्थित लाईफ गार्ड अस्पतालले पाचन प्रणालीसंग सम्बन्धित रोगका विज्ञ एवं अनुभवी चिकित्सक डा.मोहन खड्कालाई भित्र्याएको छ ।अस्पतालले सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरि डा.खड्कालाई स्वागत गरेको हो ।कार्यक्रमकाबिच अस्पतालका अध्यक्ष डा.शिवराजा अधिकारी र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्