एक्सनमा इप्रका रानी, हप्तादिनमा १९ लाखको तस्करीको सामान बरामद
सोमबार, ११ पुष, २०७९,
न्यूज विराट
विराटनगर । खुल्ला सीमाको फाइदा उठाउँदै भारतबाट अवैध रूपमा हुने चोरी तस्करीलाई निस्तेज बनाउने अभियान सुरु गरेको मोरङ प्रहरीले भन्सार छली गरेर आउने सामग्रीहरू धमाधम बरामद गर्न थालेको छ । चोरी तस्करी भएर आएको समान बरामद गर्न प्रहरी सक्रिय रूपमा लागि परेको छ ।
इलाका प्रहरी कार्यालय रानी विराटनगरले सात दिनको फरकमा ठुलो परिमाणको अवैध रूपमा भन्सार छली गरेर ल्याएको सामाग्री बरामद गरेको छ । इप्रका रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नालको नेतृत्वमा आइतबार विराटनगर १६ हुलास चौक, १७ रघु पती जुट मिल छेउ र जहादा गाउँपालिका १ नहर टोल बाट अवैध रूपमा भन्सार छली गरेर ल्याएको ७ लाख ४६ हजार ९२८ रुपैयाँको समान बरामद गरेको छ । प्रहरीले भिटामिन, लत्ताकपडालगायतका विभिन्न अवैध सामाग्री बरामद गरेको हो ।
यसै गरी ७ दिन अगाडी ३ पुसमा १२ लाख ३ हजार ४२० मूल्य बरावरको सामान नियन्त्रणमा लिएको थियो । प्रहरीले त्यस बेलामा आँखामा लगाउने लेन्स र औषधी बरामद गरेको प्रहरीले जनाएको छ । बरामद गरिएको सामान प्रहरीले आवश्यक अनुसन्धान र कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको छ। चोरी तस्करी नियन्त्रणका लागि नेपाल–भारत सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताए। उनका अनुसार चोरी तस्करीलगायतका अवैध धन्दा नियन्त्रणलाई प्राथमिकतामा राखेर सीमा क्षेत्रमा निगरानी बढाइएको छ।
विराटनगर, ३० साउन-प्रदेश १ मा शुक्रबार ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६२, सुनसरीमा २२, झापामा ९ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरका १३...
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले तीन मन्त्री नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीहरूले आज प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष शपथसमेत लिएका छन् । माओवादीबाट नियुक्त भएका जीवन आचार्य र राजेन्द्र कार्की, नेपाली काङ्ग्रेसबाट...
नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीको कम्युनिष्ट आन्दोलनप्रतिको निष्ठा कमजोर भएको बताएका छन् । आइतबार ‘असंवैधानिक संसद विघटनका सन्दर्भमा ट्रेड युनियनको भूमिकाबारे श्रमिक भेला’ लाई आइतबार सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीको कम्युनिष्ट...
एजेन्सी, पुस १–भारत उत्तर प्रदेशको बिजनोर जिल्लास्थित सीजेएम कोर्टमा न्यायाधीशकै अगाडि एक अभियुक्त मारिएका छन् । पेशीमा आएका हत्याका दुई अभियुक्तलाई केही व्यक्तिले गोली हानेका हुन् । दुईमध्ये एकको अदालतभित्रै मृत्यु भएको छ भने अर्का...
विराटनगर, जेठ १८–नेपालमा बसोबास गर्ने विभिन्न जातजातिका आ–आफ्नै रीतिरिवाज र संस्कृति रहेका छन् । त्यसमध्येको एक हो बाँतर जाती । विशेष गरी तराईमा बसोबास गर्ने यो जातीको आफ्नै मौलिक परम्परा र संस्कृति रहेको छ ।...
काठमाडौं, माघ १८ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन हुने बताउनुभको छ । आफूलाई भेट्न आइपुगेको वागमति प्रदेशका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले निर्वाचन आयोगको परामर्शमा जेठ ४ गते स्थानीय तहको...
काठमाडौं, २ मंसिर । सर्वोच्च अदालतमा मुद्दाको पेसी अबदेखि गाेलाप्रथाबाट ताेकिने भएको छ । आज बसेको सर्वोच्च अदालतको ‘फूलकोर्ट’ बैठकले नियमावली तथा निर्देशिका पारित गरेको हो । बैठकले सर्वोच्च अदालत नियमावली र गोला प्रणालीद्वारा पेसी...
काठमाडौं, ६ मंसिर-कोरोना भाइरस संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको हो । योसँगै कोरोना भाइरस...