इन्डो–नेपाल मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि विराटनगरलाई

 न्यूज विराट
इन्डो–नेपाल मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि विराटनगरलाई

विराटनगर । इन्डो –नेपाल मैत्रीपूर्ण महिला टि–२० क्रिकेट प्रतियोगिताको उपाधि घरेलु टोली विराटनगर क्रिकेट क्लव एण्ड एकाडेमी (विसिसिए) ले जितेको छ ।
३ खेलको टि–२० क्रिकेट प्रतियोगितामा भारतको अल इन्डिया वुमन टि –२० क्रिकेट एसोसिएनलाई सोमबार ४९ रनले पराजित गरि २–१ ले श्रृखलामा विसिसिएले उपाधि जितेको हो ।

पहिलो खेलमा भारतलाई ९ विकेटले पराजित गरेको विसिसिए टोली आइतबार भएको खेलमा ६ विकेटले पराजित भएको थियो । अव मंगलबार ३० ओभरको एक खेल खेल्न बाँकी रहेको छ ।
नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर–६ मा रहेको मेल्बन ज्वाला विराटनगर क्रिकेटको खेल मैदानमा टस हारेर ब्याटिङ गरेको विसिसिएले निर्धारित २० ओभरमा ३ विकेट गुमाई १ सय ३७ रनको विशाल स्कोर बनाएको थियो । घरेलु टोलीका लागि सम्झना खडकाले नटआउट ५५ रन बनाउँदा कविता जोशी पनि ११ रनमा नटआउट भइन् । त्यस्तै नेपाली राष्ट्रिय टोलीकी कप्तान रुविना क्षेत्री ५१ रन बनाएर आउट भइन् । भारतकी कप्तान रितु भोस्लले, रिना रानी र निधि भाग्यसियाले १–१ विकेट लिए ।

जवाफमा १ सय ३८ रनकोे लक्ष्य पछ्याएको भारतिय महिला टोलीले पुरै ओभर खेल्दै ७ विकेट गुमाई ८८ रनमा सिमित भयो । भारतकी अरपिताले नटआउट ३७ बनाउँदा निधि भाग्यसियाले नटआउट १७ रन बनाइन् । विसिसिएकी कप्तान रुविना क्षेत्री,सवनव राइ, कविता जोशी र अस्मीता कर्मचार्र्यले समान १–१ विकेट लिइन् ।

सम्बन्धित समाचार

तेस्रो मिल्स भेट्रान्स गोल्डकप शनिबारदेखि विराटनगरमा, कोशी प्रदेशभरिको १२ टिमकाे सहभागी

विराटनगर, वैशाख २६ – विराटनगर जुटमिल खेल मैदानमा यही वैशाख २७ गतेदेखि जेठ ३ गतेसम्म कोशी प्रदेश स्तरीय तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता–२०८२ आयोजना हुने भएको छ। मिल्स भेट्रान्स क्लब रानी, विराटनगरको आयोजनामा हुने...

स्याङ्जा पहिरोमा ज्यान गुमाएका नौ जनाको सामूहिक दाहसंस्कार

स्याङ्जा, ९ असोज-पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा सामूहिक दाहसंस्कार गरिएको छ । स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार गरिएको हो । नौ जनालाई आठ वटा छुट्टाछुट्टै चिता...

कोरोनाबाट ३ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या ५२ पुग्यो

काठमाडौं, १५ साउन-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ३ जनाको मृत्यु भएको पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मोरङमा १ र पर्सामा २ जनाको कोरोनाका कारण मृत्यु...

कांग्रेसको १४औँ महाधिवेशन: झण्डा, ब्यानर र गेट सजावटमा मात्रै कांग्रेसको २० लाख खर्च

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा करिब २० लाखबराबरको झण्डा र ब्यानर लाग्ने देखिएको छ । महाधिवेशनका लागि झण्डा, ब्यानर र गेट व्यवस्थापनको जिम्मा पाएका कांग्रेस नेता गोविन्द पुडासैनीका अनुसार काठमाडौंमा मात्रै पार्टीका करिब १० हजार झण्डा...

‘लाङ्टाङ र गोसाइँकुण्डको रोञ्चकारी पदयात्रामा निस्कने होइन ?’

रसुवा, २६ असोज-कोभिड–१९ का कारण लामो समयदेखि सुनसान जिल्लाको पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । कोभिड सङ्क्रमणदर न्यून र वर्षाको प्रभाव हट्दै गएकाले हिमाली प्रकृति छटा अवलोकनका लागि पर्यटक आकर्षित हुन थालेका...

विदेशमा रहेका नेपालीलाई जनगणनामा समावेश गरिने

सरकारले विदेशमा रहेका नेपालीलाई पनि राष्ट्रिय जनगणनामा समेट्ने भएको छ । जसले गर्दा अब विदेशमा रहेका नेपालीको पनि यकिन विवरण पुष्टि हुनेछ । केन्द्रीय तथ्यांक विभागले आउँदो कात्तिक २५ देखि मंसिरको ५ सम्म हुने १२...

कैलालीका कोरोना संक्रमितको चितवनमा मृत्यु

डडेल्धुरा, १३ असार-कैलालीका कोरोना संक्रमित १ जनाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका- ७ का ५० वर्षीय पुरुषको बिहान ९ बजे चितवनको भरतपुर अस्पतालको आइसीयू कक्षमा मृत्यु भएको हाे । उनी क्यान्सरका बिरामी थिए। चितवनमा...

विराटनगरको कपडा पसलमा आगजनी (फोटो फिचर)

विराटनगर । विराटनगर १५ अरुण सिनेमा हलछेउमा एउटा कपडाको पसलमा आगजनी भएको छ । आज दिउँसो सिरक र डस्नाको पसलमा आगजनी भएको हो ।अहिले विराटनगर महानगरपालिको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगजनी नियन्त्रण लिने प्रयास...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्