राशिफल

हातेमालोको सहयोगमा ५ वर्षिया बालिकाको ‘डिस्चार्ज’

 न्यूज विराट
हातेमालोको सहयोगमा ५ वर्षिया बालिकाको ‘डिस्चार्ज’

विराटनगर, फागुन ३०–विभिन्न सामाजिक क्षेत्रमा निरन्तर काम गर्दै आइरहेको परिवर्तनका लागि हातेमालो विराटनगरले आफ्नै शरिरमा लगाएको लुगाबाट सल्किएको आलो लागेर घाईते ५ वर्षिया दलित बालिकाको उपचारमा सहयोग गरेको छ ।

हातेमालोले शरिरमा आगो लागेर घाइते सुनसरी स्थित कालाबञ्जरमा डेरा गरि बस्ने उमेश बराइलीकी ५ वर्षिया छोरी देविकाको उपचारमा सहयोग गरेको हो । गत फागुन ५ गते आगो ताप्दै गरेको अवस्था अचानक बालिकाले लगाएको लुगाबाट सल्एिकोको आगोले उनको शरिरको २० प्रतिशत भाग जलेको थियो ।

आगोले जलेर गम्भिर घाइते बनेकी बालिकालाई विराटनगर स्थित नोवेल अस्पतालमा लगिएपनि रेफर गरिएपछी विराटनगरकै म्याक्स इन्टरनेशनल हस्पिटलमा उनको उपचार भएको थियो । म्याक्स इन्टरनेशनल अस्पतालमा उपचार पश्चात बालिका निको भएपनी अभिभावकको आर्थिक अवस्थाका कारण हस्पिटलको शुल्क तिर्न नसक्दा उनको ‘डिस्चार्ज’ हुन सकेको थिएन ।

पिडित बालिकाका विषयमा जानकारी पाएलगत्तै परिवर्तनका लागि हातेमालो अभियानको अगुवाईमा र समाजसेवी गोपाल कटुवालको आर्थिक सहयोगमा उपचार खर्च जुटाएर ‘डिस्चार्ज’ गरिएको हो । वालिकाको उपचार शल्कमा हस्पिटलले समेत सहयोग गरेको परिवर्तनका लागि हातेमालो विराटनगरका अध्यक्ष विनोद चहार(परियार) ले जानकारी दिए ।

विपन्न परिवारले पनि उपचार सेवा पाउनुपर्छ भन्ने मान्यता हस्पिटलको रहेकाले सामाजिक उत्तरदायीत्व अन्तर्गत बालिकाको उपचारमा म्याक्स हस्पिटलले पनी सहयोग गरेको निर्देशक हेमनारायण मेताले जानकारी दिए ।

हस्पिटलका अध्यक्ष सत्रुधनप्रसाद यादवले पनि पिडित बालिकाको उपचार सफल गराई घर पठाउन पाउँदा अत्यन्तै खुसि लागेको बताए । ‘देवीका बराइली वचाउ अभियान’ मा समाजसेवि गोपाल कट्वाल , सामाजिक अभियान्ता सरोज कोइराला हातेमालोका अधक्ष्य विनोद चाहार , हस्पिटल तर्फबाट हेमनारायण मेहता , सत्रुधनप्रसाद यादव , महेश यादवलगायतको लामो प्रयास पछि बालिकालाई घर पठाउन सफल भएको जनाइएको छ ।

सम्बन्धित समाचार

साविक बिजेता एपीएफलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...

प्रहरी र पहिचानपक्षबीच विराटनगरमा झडप, एक दर्जन घाइते

विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...