एभरेष्टमा सकियो पौडी प्रतियोगिता : साइरस मिश्रले जिते पाँच स्वर्ण
शनिबार, १६ भदौ, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट स्कुलको आन्तरिक पौडी प्रतियोगिता आज (शनिबार) सम्पन्न भएको छ । उमेर समूह, दुरी र स्टाइलमा गरि १७ वटा विधामा विद्यार्थीहरुले प्रतिष्पर्धा गरेका छन् ।
जसमध्ये सबैभन्दा बढी साइरस मिश्रले ५ वटा स्वर्ण पदक प्राप्त गरेका छन् । धावा तामाङ २ वटा स्वर्णसहित ७ वटा पदक ल्याए । उनले २ स्वर्ण , २ रजत र ३ वटा कास्य पदक जित्न सफल भए । यस्तै इमोन लामाले पनि २ स्वर्ण र ५ वटा रजतसहित ७ वटा पदक पाए । यस्तै सिद्धार्थ तामाङ २ स्वर्ण र १ रजत पदक हात पारे ।
विद्यालयकी अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा डंगोलका अनुसार ३० मिटर फ्रि स्टाइल ८ वर्षभन्दा कम उमेर समूमा प्रणव भट्टराई प्रथम, स्वराज नेपाल द्धित्तिय र रन्जित साह तृतिय भए । २५ मिटर फ्रि स्टाईलमा ८ देखि १० वर्षको उमेर समूहबाट आरोग्य पाण्डे, आश्रय भण्डारी र आरभ घिमिरे तथा ५० मिटर फ्रि स्टाइलमा १२ देख १४ वर्ष उमेर समूहमा ओनस प्रधान, सिद्धार्थ तामाङ र अमन यादव क्रमशः प्रथम, द्धितिय तृतिय भए । ५० मिटर फ्रि स्टाइलमा १० देखि १२ वर्ष उमेर समूहमा धावा तामाङ, हर्षिभ राठी, र दृशान्त भण्डारी प्रथम द्धित्तिय र तृतिय भए ।
५० मिटर फ्रि स्टाइल १४ वर्ष माथिको उमेर समूहमा साइरस मिश्र, अभियान बुढाथोकी र क्षितिज चौधरी प्रथम, द्धित्तिय र तृतिय हुँदा ५० मिटर फ्रि स्टाईल खुला तर्फ साइरस मिश्र, इमोन लामा, अभियान बुढाथोकी तथा १०० मिटर फ्रि स्टाईल खुलामा इमोन लामा, क्षितिज चौधरी र हर्षितप्रताप सिंह प्रथम द्धित्तिय र तृतिय भए ।
महिला तर्फ २५ मिटर फ्रि स्टाइलमा आस्ना कटुवाल प्रथम, आरुशी जोशी द्धित्तिय र आरुशी बालाकोटी तृतिय हुँदा ५० मिटर खुलातर्फ यदेन लामा प्रथम, टुईङ्कल गुप्ता द्धित्तिय, युदिता श्रेष्ठ तृतिय भइन् ।
विजेताहरुलाई एभरेष्ट स्कुलका प्रिन्सीपल टिकाराम पुरी, भाई प्रिन्सीपल टीएन भण्डारी, एभरेष्ट कलेजका सहायक प्राचार्य नारायण कडरीया, पौडी प्रशिक्षक इन्द्रराज भण्डारीलगायतले पदक वितरण गरे । यसैबिच १ हजार मिटरको पौडी प्रतियोगितामा सहभागिता जनाउने ५ जना विद्यार्थीलाई प्रोत्साहन स्वरुप एक÷एक हजार रुपैयाँ नगद पाए ।
विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...
विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...
विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...
विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...