विराटनगर । कोशी प्रदेश खारेज गरी पहिचानको आधारमा नामकरण गरिनुपर्ने माग राख्दै असन्तुष्ट बनेका आदिवासी जनजाति संघ संगठनहरुले आज विराटनगरमा भव्य प्रदर्शन गरेका छन् । उनीहरुले विराटनगरमा भएको प्रदर्शनमा २० हजार मानिस सहभागी भएको दाबी गरेका छन् । प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति गठन गरी पहिचानवादीहरुले आन्दोलन विराटनगर केन्द्रीत गरेका थिए ।
विराटनगरमा आज हुने प्रदर्शन लक्षित कार्यक्रमहरु विगत १५ दिन अगाडिदेखि गरिरहेका थिए । दुई दिन अगाडि मात्रै प्रदेशको नाम कोशी खारेजको माग गर्दै प्रदेशसभा अगाडि आयोजित पहिचानका लागि सडक साहित्य यात्रा कार्यक्रममा सहभागीलाई प्रहरीले धरपकड गरेको थियो । प्रहरीले प्रदेशसभा भवन अगाडि नै कार्यक्रम नगर्न र केही पर गर्न भनेपनि त्यही कविता भन्न थालेपछि पत्रकार जनकऋषि राईसहित अर्का साहित्यकार तथा पत्रकार सञ्जय याख्खा पनि पक्राउ गरेको थियो । त्यसबाट झनै आक्रोशित बनेका पहिचानवादीहरुले प्रदर्शनलाई सशक्त बनाउन बाध्य भए ।
त्यति मात्रै होइन प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिचानवादीलाई हेपाहा तरिकाले व्यवहार गर्ने गरेको कतिपय बताउँछन् । त्यही कारण पनि प्रदर्शनको क्रममा पनि मुख्यमन्त्री कार्की विरुद्धको आक्रोश, नाराबाजी र पुत्ला दहन गरिएको थियो ।
प्रदर्शनका क्रममा प्रदर्शनकारीले स्थानीय प्रशासनले घोषणा गरेको रोडशेषस्थित मुख्यमन्त्री कार्यालय अगाडिको निषेधित क्षेत्र जान खोजे । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको छ । झडपमा दुई जना प्रहरी घाइते भएभने प्रहरीले चार जना आन्दोलनकारीलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरुलाई प्रहरीले अबेर छोडिदिएको छ । प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले चार राउण्ड हवाई फायर तथा दर्जनौं सेल अश्रुग्याँस प्रहार गरेको थियो ।
प्रशासनले जारी गरेको निषेधित क्षेत्र तोडेर आन्दोलनकारी अगाडि बढेपछि भीड नियन्त्रणमा लिन हवाइ फायर र अश्रुग्यास प्रहार गरेको मोरङ प्रहरी प्रमुख एसपी दिपक पोखरेलले जानकारी दिए । झडपपछि प्रदर्शन विराटनगरस्थित महेन्द्र चोकमा कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्ने पहिचानवादी नेताहरूले कोशी प्रदेश सरकारका विरुद्धमा चर्को आक्रोश व्यक्त गरेका छन् । उनीहरुले काँग्रेस, एमाले र माओवादी नेताहरुप्रति चर्को आलोचना र विरोध पनि गरे । पहिचानवादी नेता गोपाल किराँतीले श्री ५ लेखेको बोर्डहरु फालिए जस्तै कोशी लेखिएको बोर्ड फाल्ने चेतावनी दिए ।
‘हामीलाई कुल्चँदैछन् । अब कोशी प्रदेश सरकार लेख्ने तयारी पक्कै पनि होला । हामीलाई के थाहा छ भने हामी त्यो पुस्ताका क्रान्तिकारी कार्यकर्ता हौं । नेपालको हरेक टोलटोलमा श्री ५ को सरकारको साइन बोर्ड हुन्थ्यो । आज खोई रु सबै उप्काएर मिल्काइयो । श्री ५ को सरकारलाई जसरी जनताको बलमा आन्दोलनमार्फत मटिया मेट गरियो, त्यसरी नै कोशी प्रदेश सरकारको साइनबोर्ड पनि मिल्काउँछौं । त्यसको सुरुवात हुँदैछ,’ किरातीले भने, ‘हामीले दीर्घकालिन तयारी गर्नुपर्छ । सामाजिक आन्दोलनले मात्रै राज्यसत्ता प्राप्त हुँदैन । त्यसकारण नयाँ राजनीतिक आन्दोलनको तयारी गर्नुपर्छ ।’ उनले पहिचानको आन्दोलनलाई दबाउने कोशिष गरिए बन्दुक उठ्ने चेतावनी पनि दिए ।
यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले पहिलो चरणको आन्दोलन कास्टिङ मात्रै भएको बताउँदै दोस्रो चरणमा मुख्यमन्त्री कार्यालय र प्रदेशसभालाई एक महिनासम्म घेराउ गर्ने चेतावनी दिए ।
‘कोशी नाम गुुण्डागर्दी शैलीमा राखियो । संविधानमा ७२ घण्टा अगाडि सबै राजनीतिक दल र सरोकारवालालाई सार्वजनिक गर्नुपर्ने विषय गोप्य ढंगले किन गरियो रु हामी आपत्ती जनाउँछौं,’ उनले भने, ‘प्रदेश नम्बर २ मा किन गोप्य मतदान गरियो । प्रदेश १ मा हिक्मत कार्कीले खुल्ला मतदान गर्न लगाए । सांसदलाई कारबाहीको धम्की दिइयो । यो गुण्डागर्दीप्रति हाम्री खेद व्यक्त गर्दछौं । यो निर्णय उल्ट्याउनु पर्छ ।’
विराटनगरको आजको प्रदर्शनमा २० हजार मानिस आएको दाबी गर्दै उनले दोस्रो चरणको आन्दोलनका लागि गाउँ–गाउँमा कोणसभा गरेर एक महिनासम्म मुख्यमन्त्री कार्यालय र संसद घेर्ने योजना रहेको पनि बताए । ‘हामी खुट्टा कमाउँदैनौं, कमाएका पनि छैनौं, एक हप्तापछि वारपार हुने गरी लड्ने विचार छ,’ उनले भने ।
कोणसभामा विद्रोह गर्ने चेनावनी दिँदै आङ्काजी शेर्पाले पहिचानसहितको प्रदेश माग्दा नदिए देशका लागि विद्रोह गर्ने बताए । ‘हामीले मागेको पहिचान हो । यो दिनलाई गाह्रो पर्नेछ भने प्रदेश होइन हामी देश माग्छौं । शान्तिपूर्ण आन्दोलन पर्याप्त नभए हामी विद्रोह गर्नेछौं,’ उनले भने । प्रदर्शनका क्रममा अन्य पहिचान पक्षधरहरू नेताहरुले पनि विद्रोह र आन्दोलनकै भाषा बोलेका थिए ।
काठमाडौं, २९ माघ । सर्वोच्च अदालतले भोली देखि नियमित रूपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ । गत ४ माघको पुर्ण बैठकले कोभिड महामारीको संक्रमण बढेको भन्दै सेवा संकुचन गरेको सर्वोच्चले १ फागुन देखी सबै...
काठमाडौं, २६ जेठ-६ जना युवाको ज्यान जाने गरी भएको रुकुम पश्चिमको घटना छानबिनका लागि संसदीय विशेष समिति गठन भएको छ । सांसद देवन्द्र पौडेलको संयोजकत्वमा ९ सदस्यीय संसदीय छानबिन समिति गठन भएको हो । सांसदहरूले...
धनगढी,१३ वैशाख-सुदूरपश्चिम प्रदेशका ९ जनार्को र्यापिड डाइग्नोस्टिक (आरडीटी) टेस्ट रिपोर्ट पोजेटिभ आएको छ ।प्रदेशभर १० हजार २ सय ४ जनाको आरडीटी परीक्षण गरिसकिएको छ । बाजुरा, कैलाली कञ्चनपुर र दार्चुलामा २/२ जना तथा अछाममा १...
रौतहट, मंसिर ६ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको गृहजिल्ला रौतहटका चर्चित नेता बुधाई खाँ नेकपा एमालेमै फर्कनुभएको छ । आज आयोजित एक कार्यक्रममा एमाले नेता प्रभु साहले खाँलाई एमाले प्रवेश गराउनु भएको हो ।...
काठमाडौं, भदौ १ । सरकारले राजनीतिक दल बिभाजन सम्बन्धी खुकुलो प्रावधान राखेर अध्यादेश जारी गर्ने निर्णय लिएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले केन्द्रीय कमिटीको संख्या र नाम अद्यावधिक गर्न निर्वाचन आयोगमा विवरण पेस गरेको छ ।...
विराटनगर । प्रथम महिला जगतगुरु शंकराचार्य हेमानन्त गिरीले पशुपतिस्थित गौशाला र धर्मशाला भत्काउन नदिने बताएकी छिन् । पशुपति क्षेत्र विकास कोषले गौशाला र धर्मशाला भत्काउने प्रयास गरे देशभरीका इन्दुधर्मलम्बीहरू आन्दोलनमा उत्रिने उनले विराटनगरमा पत्रकार सम्मेलन...
मुलुकमा जारी बन्दाबन्दीको मौका छोपेर बाँकेको राप्तीसोनारी गाउँपालिकाअन्तर्गत पर्ने खोलाबाट नदीजन्य पदार्थको अवैध उत्खनन भइरहेको छ । राप्तीसोनारी ३ खैरेनी र साइपुर नाका, वडा नं ४ को लालपुर तथा वडा नं ५ का आलिनगर र...
काठमाडौं, ७ जेठ । संविधानको धारा ७६ को उपधारा ५ वमोजिमको सरकार गठनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाबी पेश गरेका छन् । राष्ट्रपतिले प्रतिनिधिसभाका दुई वा...