
प्रदेशमा ५ मा कोरोना संक्रमितको संख्या ५३ पुग्यो
बुटवल, २९ वैशाख-परीक्षणको दायरा बढाएसँगै प्रदेश ५ मा काेराेना संक्रमितको संख्या थपिँदै गएका छन् । ७ वटा प्रदेशमा १ सय ३४ संक्रमित मध्ये प्रदेश-५ मा मात्रै ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो...
मुलुकमा जारी बन्दाबन्दीको मौका छोपेर बाँकेको राप्तीसोनारी गाउँपालिकाअन्तर्गत पर्ने खोलाबाट नदीजन्य पदार्थको अवैध उत्खनन भइरहेको छ ।
राप्तीसोनारी ३ खैरेनी र साइपुर नाका, वडा नं ४ को लालपुर तथा वडा नं ५ का आलिनगर र ललै नाकाबाट नदीजन्य पदार्थको अवैध रुपमा निकासी भइरहेको छ ।
वडा नं २ का मुगुवा, माथेवास र मदुई नाकाबाट पनि बन्दाबन्दीको मौका छोपेर खुलेआम अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन भइरहेको स्थानीयवासी हेमन्त चौधरीले बताए ।
राप्ती नदीसँगै जोडिएको स्थानीय भुवरभवानी सामुदायिक वन क्षेत्रबाट समेत अवैधरूपमा ढुङ्गा उत्खनन भइरहेको स्थानीय अगुवा विश्वसागर परियारको भनाइ छ । राप्ती नदीबाट दैनिक सयौंँ घनमिटर ढुङ्गा अवैध रुपमा उत्खनन हुँदा बस्ती असुरक्षित हुनाका साथै स्थानीय सरकारलाई राजश्वमा समेत घाटा भएको पूर्वसभासद् एवम् स्थानीय अगुवा पट्टुु थारु चिन्ता व्यक्त गरे ।
गाउँपालिकाले यस वर्ष नदीजन्य पदार्थ निकासीका लागि ठेक्का लगाउन नसकेका कारण अमानतमा निकासी गर्ने निर्णय गरेको छ ।
कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि बन्दाबन्दी जारी भएपछि नदीजन्य पदार्थ निकासी रोकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए ।
उनले नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न गाउँपालिकाले नियमित अनुगमन गरे पनि अहिले कोरोना भाइरस रोकथामको अभियानमा गाउँपालिका र सबै जनप्रतिनिधि सक्रिय हुँदा कहीँकतै अवैध निकासी भएको हुन सक्ने बताउँदै यस्ता अवैध कार्य रोकथाममा स् गाउँपालिकालाई सहयोग गर्न स्थानीयवासीलार्ई आग्रह गरे ।
एक टिपर नदीजन्य पदार्थ उत्खननका लागि ४ हजार रुपैयाँ रोयल्टी तिर्नुपर्ने भए पनि बन्दाबन्दीको मौका छोपेर रातको समयमा अवैध उत्खनन हुँदा प्रत्यक्ष रुपमा गाउँपालिकालाई राजश्व घाटा भएको छ ।
अघिल्लो आर्थिक वर्षमा गाउँपालिकाले १४ करोड रुपैयाँ भन्दा बढी राजश्व सङ्कलन गरेकामा यस वर्ष ४ पटकसम्म आह्वान गरिएको बोलपत्र रद्द भएपछि नदीजन्य पदार्थ अमानतमा दिने निर्णय गरिएको छ ।
गाउँपालिका अध्यक्ष लाहुराम थारुले आफूहरु कोरोना भाइरस महामारी फैलिएका समयमा जनतालाई राहत दिनेतर्फ लागेकाले नियमित अनुगमन गर्न नसके पनि अवैध उत्खननमा रोक लगाउन प्रहरीलाई खबर गरिएको बताए । रासस
बुटवल, २९ वैशाख-परीक्षणको दायरा बढाएसँगै प्रदेश ५ मा काेराेना संक्रमितको संख्या थपिँदै गएका छन् । ७ वटा प्रदेशमा १ सय ३४ संक्रमित मध्ये प्रदेश-५ मा मात्रै ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो...
कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले गरेको ‘लकडाउन’का कारण जनकपुरधामबासीले आ–आफनो घरमै चैती छठ मनाएका छन् । चैती छठ तलाउ, पोखरी लगायतका जलाशयमा छठघाट तयार पारेर सामूहिक रूपमा पूजाअर्चना गरेर मनाइने चलन छ । तर,...
विराटनगर, २० वैशाख । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितले स्थानीय कार्यपालिका र सोका सदस्यलाई पनि कुनैपनि राजनीतिक दल वा उम्मेदवारको पक्ष तथा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचार गर्न रोक लगाएको छ । त्यस्तै...
सुर्खेत, ७ असार-सुर्खेतको भेरीगंगा नगरपालिका- ५ भर्रेनीका ३५ वर्षीय युवकको १४ दिन क्वारेन्टाइन बसेर घर फर्किएपछि मृत्यु भएको छ । भारतको सिम्लाबाट आएर क्वारेन्टाइनमा बसेर गत २९ जेठमा घर फर्किएका युवकको आइतबार बिहान मृत्यु भएको हो...
विराटनगर । विराटनगरस्थित मेरील्याण्ड कलेजका रमननाथ गिरीले मिस्टर एण्ड मिस पुर्वाञ्चल प्रतियोगिताको उपाधि जितेका छन् । मेरील्याण्ड कलेजमा कक्षा–१२ मा अध्यररत छात्र गिरी विराटनगरमा सम्पन्न भएको मिस्टर पुर्वाञ्चलको उपाधि जित्न सफल भएका हुन् । उनले...
काठमाडौं, २७ वैशाख-विश्व बैंक्ले चालू आर्थिक वर्षमा नेपालको आर्थि वृद्धिदर अधिक १.८ प्रतिशतिसम्म हुने अनुमान गरेको छ । यसअघि १.८ देखि २ .५ प्रतिशतको प्रक्षेपण गरेकोमा पुन: विश्व बैंकले १.८ प्रतिशतमा खुम्चने अनुमान गरेको छ...
विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा विराटनगरको फुलबारी क्रिकेट क्लबसँग एलिट क्रिकेट क्लब पराजित भएको छ ।विराटनगर – ६ स्थित एमबिजे क्रिकेट मैदानमा मंगलबारको दोस्रो खेलमा एलिट क्रिकेट क्बललाई १० विकेटले...
एमाले र माओवादी अलग-अलग रूपमा अघि बढ्ने भएका छन् । पेरिसडाँडामा सोमबार बसेको नेकपाको प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठकमार्फत उनीहरूले अलग्गिने निर्णय गरेका हुन् । बैठकको निर्णयबारे जानकारी दिँदै वरिष्ठ नेता झलनाथ खनालले भने, ‘एमाले र माओवादी अब अलग-अलग...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.