विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले स्वास्थ्य अभियान कार्यक्रम सुरु गरेको छ । मोरङको बेलबारी नगरपालिका ७ बाहुनीबाट स्वास्थ्य अभियान कार्यक्रम सुरु गरेको हो ।
न्युरो अस्पतालका कार्यकारी निर्देशक डा. अनिशा विष्टले आफु हुर्केको ठाउँको सम्मान स्वरुप यो अभियानको प्रराम्भ भएको जानकारी गराइन् । बाहुनी क्षेत्रका बासिन्दाहरुलाई न्युरो अस्पतालले प्रदानगर्दे आएको सम्पुर्ण स्वास्थ्य सेवामा सरल तथा सहजपहुँच पुर्याउने उद्देश्यको साथ अभियान सुरु भएको अस्पतालकी कार्यकारी निर्देशक डा. अनिशा विष्टले बताइन् । यो अभियान पूर्वी नेपालको ग्रमिण क्षेत्रसम्म पुग्ने बताइएको छ ।
स्वास्थ्य अभियान कार्यक्रमको शुभराम्भ बाहुनीमा शनिबार एक भव्य कार्यक्रम आयोजना गरी गरियो । स्वास्थ्य अभियान कार्यक्रमको अस्पतालका कार्यकारी निर्देशक डा. विष्ट र बेलबारी नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुनिता चौधरी बिच सम्झौता पत्रमा हस्ताक्षर समेत गरे।
कार्यक्रममा बेलबारी नगरपालीकाका नगर प्रमुख दिल प्रसाद राईले स्वस्थ बाहुनी अभियान बाहुनी क्षेत्रका बासिन्दाको स्वास्थ्य उपचारमा सेवा कोसेढुगां साबित हुने बताए । न्युरो अस्पतालका अध्यक्ष तथा बरिष्ठ न्यरोलोजिट डा. बिरेन्द्र कुमार बिष्टले स्वस्थ बाहुनी अभियानबाट बाहुनीका बासिन्दाहरु सँग प्रत्यक्ष जोडिएर स्वास्थ्य उपचार सेवा प्रदान गर्ने बताए । न्युरो अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराई, अस्पताल निर्देशक ई. रन्जित राज बस्नेत, बेलबारी नगरपालीकाका पदाधिकारीहरु, न्युरो अस्पतालका बरिष्ठ विशेषज्ञचिकित्सकहरु लगायत सर्वसाधारणहरुको उपस्थिती थियो ।
स्वास्थ बाहुनी अभियान अन्तर्गत बाहुनीवासीलाई न्युरो अस्पतालमा निःशुल्कओपिडी सेवा तथा सम्पुर्ण जाँच तथा उपचारमा छुटको व्यवस्था, निःशुल्क एम्बुलेन्स सेवा, बाहुनी स्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतीमा न्युरो अस्पतालले सहयोग गर्ने, बाहुनीमा न्युरो अस्पताले समय समयमा निःशल्क स्वास्थ्य शिविर गर्ने लगायतका सेवाहरु समावेश गरिएको छ ।
काठमाडौं, २८ जेठ । नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा गएका पूर्वमन्त्री प्रभु साहले नागरिकता अध्यादेश कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश दिने न्यायाधीशमाथि महाअभियोग लगाउनुपर्ने बताउनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटनको भोलिपल्ट...
एजेन्सी, २३ असार । हिन्दी सिनेमाका दिग्गज अभिनेता दिलीप कुमारकाे निधन भएकाे छ । उनलाई गत महिना सासप्रश्वाससम्बन्धी समस्या देखिएपछि मुम्बईकाे हिन्दुजा अस्पतालमा भर्ना गरिएकाे थियाे । साेही अस्पतालमा ९८ वर्षीय दिलीप कुमारले अन्तिम सास लिएका हुन् । दिलीप कुमारकाे निधनकाे...
काठमाडौं । आज बिहान बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...
विराटनगर, १५ असोज–कोरोना भाइरसको संक्रमणबाट प्रदेश १ का छुट्छा छुट्टै स्थानमा थप तीन जनाको मृत्यु भएको छ । मोरङको उर्लाबारीमा बिहिबार बिहान एक बृद्धा, र बुधबार राती मोरङ कारागारका एक कैदी र इटहरी उपमहानगरपालिकाका एक...
पर्सा, २३ भदौ-वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज हेल्थकेयर अस्पतालका अनुसार महागढीमाई नगरपालिका- १० का ६० वर्षीय पुरुषको गएराति १० बजेर ५ मिनेटमा मृत्यु भएको हो । गत १४ साउनमा स्वाब...
प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपालीलाई नआत्तिन आग्रह गरेका छन् । शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै कोरोना भाइरस संक्रमण त्रासका कारण मुलुक फर्किन नपाएका नेपालीलाई नआत्तिन आग्रह गरेका हुन् । उनले भने 'कोरोना...
विराटनगर । लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनलले स्थापना दिवस मनाएको छ । विराटनगरमा शुक्रबार एक कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको हो ।जुलाई १२ का दिनलाई स्थापना दिवस (चार्टर्ड डे) का रुपमा लायन्स क्लब...
विराटनगर । मोरङ पथरीमा रहेको अन्नपूर्ण सेकेण्डरी स्कुलका निश्हित विश्वकर्मा पाँचौं संस्करणको एसविएससि सिङ्गिङ स्टारको उपाधि जितेका छन् । विराटनगरस्थित आरोहण गुरुकुलमा शनिबार सम्पन्न भएको फाइनलमा १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै निश्हितले सिङ्गिङ स्टारको उपाधि...