आज थपिए १४९० संक्रमित, १५६७ जना डिस्चार्ज - News Birat

आज थपिए १४९० संक्रमित, १५६७ जना डिस्चार्ज

न्यूज विराट

गत २४ घण्टामा नेपालमा १ हजार ४ सय ९० जना संक्रमित थपिएका छन् । ८ हजार ३ सयको पीसीआर गर्दा आज १ हजार ४ सय ९० जना संक्रमित थपिएका हुन् ।

योसहित संक्रमितको कुल संख्या २ लाख ३६ हजार २ सय ४६ पुगेको छ । त्यस्तै, बुधबार १ हजार ५ सय ६७ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या २ लाख १८ हजार १ सय ६१ पुगेको छ । आज ९ संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ३८ पुगेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles