प्रदेश १ मा २८ सय जना क्वारेन्टाईनमा

 न्यूज विराट
प्रदेश १ मा २८ सय जना क्वारेन्टाईनमा

विराटनगर, चैत २५–प्रदेश १ मा वेड संख्यासंगै क्वारेन्टाइनमा बस्ने सर्वसाधारणको संख्या पनि थप भएको छ । मंगलबार क्रोन्टाइन बेड संख्या थपिएर ४ हजार १ सय १५ पुगेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश १ कोरोना सूचना डेस्कका अनुसार सोमबारसम्म क्वारेन्टाइन स्थल संख्या २ सय ५१ रहेकोमा मंगलबार तीनवटा थप भई २ सय ५४ पुगेको छ ।

क्वारेन्टाइनमा बस्नेको संख्या पनि थप भएको छ । सरकारले तोकेका केन्द्रहरुमा मंगलबारसम्म जम्मा २ हजार ८ सय ८५ जना क्वारेनटाइनमा बसेका छन् । सोमबार यो संख्या २ हजार ८ सय ४७ जना थियो । मंगलबार २ महिला र ३८ पुरुष क्वारेन्टाइनमा थप भएका हुन ।

आइसोलेसनमा बसेका २१ जना डिस्चार्ज भएका छन् । सोमबार डिस्चार्ज हुने संख्या ११ थियो । सरकारले विभिन्न अस्पतालहरुमा आईसोलेसन वार्ड नै तयार गरेर उपचार प्रबन्ध गरेको छ ।

प्रदेश १ मा हालसम्म ९० जनाको ‘थ्रोट स्वाब’ संकलन गरी परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अवस्थित ल्याबमा पठाइएको छ । तीमध्ये ८५ जनाको रिर्पोट नेगेटिभ आएको छ । स्वाब परीक्षण गर्न स्वाब पठाइएकोमा २० महिला र ७० पुरुष रेहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

कल बाइपास गर्ने १ जना पक्राउ

काठमाडौं, १३ साउन-अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास गर्ने १ जना पक्राउ परेका छन् ।काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गैरकानुनी रूपमा अन्तर्राष्ट्रिय कल बाइपास भइरहेको सूचनाका आधारमा प्रहरीले भक्तपुरको मध्यपुर थिमि- ५, ताहाननीका हरिशंकर श्रेष्ठलाई पक्राउ गरेको...

बेल्जियमबाट फर्किएकी बाग्लुङकी युवतीमा भेटियो कोरोना संक्रमण

नेपालमा आज फेरि अर्का एकजनामा कोरोना संक्रमण भेटिएको छ ।स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमार्फत अर्का एक जनाको नमूना परीक्षण पोजेटिभ देखिएको जानकारी दिएको हो । बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ...

पार्टी मजवुत बनाउन सवै नेता कार्यकर्ता एक ढिक्का हुन जरुरी छ : सांसद मण्डल

विराटनगर, बैशाख १०–पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सदस्य शिवकुमार मण्डलले पार्टी र सरकारलाई मजबुद बनाउन सवै नेता कार्यकर्ता एक ढिक्का हुनुपर्नेमा जोड दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यसमेत रहेका सांसद मण्डलले सरकारले अध्यादेश...

तेली कल्याणद्धारा निः शुल्क शिविर, १४० जनाले गराए परीक्षण

विराटनगर । तेली कल्याण समाज नेपाल महानगर समितिले विराटनगरमा निःशुल्क उच्च रक्तचाप र थाईराइडको परीक्षण गरेको छ । विराटनगर ८ अशोक चौकमा शनिबार निःशुल्क उच्चरक्तचाप र थाईराइड परीक्षणको जाँच गरेको हो ।शिविरमा जम्मा ६२ जनाको...

प्रदेश १ मा बुधबार १ सय ३३ संक्रमित थपिए

विराटनगर, ३१ भदौ–प्रदेश १ मा बुधबार १ सय ३३ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ६९, मोरङमा ३४, झापामा २०, भोजपुरमा ५, उदयपुर र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक...

भाेलि र पर्सिकाे परीक्षा रोकिँदैन : त्रिवि

काठमाडौं, ६ माघ । त्रिभुवन विश्वविद्यालयले शनिबारका लागि तोकिएको प्रवेश परीक्षा नरोक्ने जनाएको छ । ९ माघबाट सम्पूर्ण परीक्षा रोक्ने निर्णय गरेको त्रिविले शुक्रबार हुने नियमित परीक्षा र शनिबारको प्रवेश परीक्षा हुनेमा शंका नगर्न भनेको छ । त्रिविका शिक्षाध्यक्ष...

एसबीएससीको शेयर पूँजी २६ लाख ९९ हजार

विराटनगर । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि. मोरङ (एसबीएससी) को शेयर पूँजी झण्डै २७ लाख रुपैयाँ पुगेको छ ।सहकारीको विराटनगरमा बुधबार भएको १४ औं वार्षिक साधरणसभामा आर्थिक वर्षमा २०८०÷०८१ म २६ लाख...

विराटनगरमा ४१ सहित प्रदेश १ मा १२५ जनामा कोरोना संक्रमण

विराटनगर, २७ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२५ जनामा कोरोना संक्रमण भएको छ । ३९० जनाको पीसीआर परीक्षण गर्दा ८८ र २५१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७ जनामा कोरोना संक्रमण भएको सामाजिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्