राशिफल

व्यवसायीको गुनासो सुन्न हेल्प डेस्क

 न्यूज विराट
व्यवसायीको गुनासो सुन्न हेल्प डेस्क

कोरोना भाइरसका कारण उत्पन्न असहज अवस्थामा व्यवसायी र उपभोक्ताको गुनासो सुनी सहजीकरण गर्नका लागि पोखरा चेम्बर अफ कमर्श कास्कीले हेल्प डेस्कको शुरुवात गरेको छ ।

पोखरा चेम्बरले सञ्चालनमा ल्याएको टोल फ्री नम्बर १६६०६१५२०११ मार्फत उद्योगी तथा उपभोक्तालाई आवश्यक पर्ने औषधि, खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिका लागि सहजीकरण गरिने अध्यक्ष किसान सुनारले जानकारी दिए ।

हेल्प डेस्कमार्फत बजार आपूर्तिको समस्या, व्यवसायीको स्वास्थ्य सुरक्षालगायतमा सरकारसँग समन्वय गरिने उनले बताए । सँगै अगाडि बढौँ भन्ने नाराका साथ व्यावसायिक हेल्प डेस्क सञ्चालनमा ल्याइएको र टोल फ्री नम्बरमा फोन गर्दा पैसा नलाग्ने उहाँले जानकारी दिए ।

थप सङ्क्रमण हुन नदिन सरकारले लकडाउन गरेपछि कास्कीमा बजार आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन ध्यान दिने बताउँदै उनले माक्स सेनिटाइजर, साबुन, एलपी ग्यासको सहज आपूर्तिका लागि सहजीकरण गरिने बताए ।

सहज आपूर्ति व्यवस्थापनका लागि गुनासो एवं समस्या भएमा र कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि पहल र सहजीकरणका लागि चेम्बरको तर्फबाट वस्तुगततर्फका उपाध्यक्ष यमनाथ पौडेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समितिसमेत गठन गरेको जनाइएको छ । रासस

सम्बन्धित समाचार

साविक बिजेता एपीएफलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...

प्रहरी र पहिचानपक्षबीच विराटनगरमा झडप, एक दर्जन घाइते

विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...