फुलकुमार लालवानीलाई महामूर्खको उपाधि

 न्यूज विराट
फुलकुमार लालवानीलाई महामूर्खको उपाधि

विराटनगर । विराटनगरका फुलकुमार लालवानीले महामूर्खको उपाधि पाएका छन् ।
काँग्रेसका नेता लालवानीलाई मारवाडी यूवा मञ्च विराटनगरले सम्मान स्वरुप महामूर्खको उपाधि प्रदान गरेको हो ।

मारवाडी यूवा मञ्चले होलीको अवसर पारेर प्रत्येक वर्ष महामूर्खको उपाधि प्रदान गर्दै आएको छ । यस वर्षको महामूर्खको उपाधि लालवनीले पाएको मारवाडी युवा मञ्चका अध्यक्ष जय शर्माले बताए । मञ्चले प्रत्येक बर्ष होली पर्वको अवसरमा आयोजना गर्ने गरेको कार्यक्रममा मारवाडी समाजका एक जान विशिष्ट व्यक्तिलाई सम्मान स्वरुप महामूर्खको उपाधि प्रदान गर्ने प्रचलन रहेको छ ।

अघिल्लो बर्षका महामूर्ख उद्योगी महेश जाजुले शनिबार आगामी १ बर्षका महामूर्ख लालवानीलाई महामूर्खको पदबी हस्तान्तरण गरेको हो ।

मारवाडी यूवा मञ्च विराटनगरका अध्यक्ष जय शर्मा, निवर्तमान अध्यक्ष गोपाल अग्रवाल, पूर्वअध्यक्ष शिवरतन जोशी, राजेश लखोटिया, सेयरसिंङ दुगड, उपाध्यक्ष तथा कार्यक्रम संयोजक पवनपंकज पारख, उपाध्यक्ष मोहित लालवानी, महासचिव मोहित अग्रवालसहित मञ्चका पदाधिकारीहरुले महामूर्खको उपाधि पाएका लालवानीलाई बधाई तथा शुभकामना दिए ।

कार्यक्रममा कोशी प्रदेश सरकारका मन्त्री भक्तिप्रसाद सिटौला, मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई, मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल, नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष भीम घिमिरे लगायतका सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

विराटनगर–२ मा ९ सय ३७ परिवारलाई राहत वितरण सुरु

विराटनगर, चैत २६–विराटनगर महानगरपालिका–२ नं. वडा कार्यालयले दैनिक ज्यादादारी मजदुरी गर्ने अति विपन्न परिवारलाई राहत वितरण सुरु गरेको । सो वडाका ९ सय ३७ घरधुरीलाई वडा कार्यालय मार्फत राहत वितरण गर्न सुरु गरिएको हो ।...

तिलोत्तमा हत्या प्रकरण : एसएसपीको नेतृत्वमा अनुसन्धान टोली गठन

काठमाडौं, २७ जेठ-रुपन्देहीको तिलोत्तमा नगरपालिका-१० मा ५ जनाको विभत्स हत्या घटना अनुसन्धान गर्न एसएसपीको नेतृत्वमा अनुसन्धान टोली गठन भएको छ । प्रदेश प्रहरी कार्यालय-५ का एसएसपी राजकुमार वैदवारको नेतृत्वमा ३ सदस्यीय अनुसान्धान टोली गठन भएको...

मिल्स गोल्डकप , साबिक बिजेता प्रतिभा फाइनलमा

विराटनगर । साविक बिजेता प्रतिभा फुटबल क्लब गोलबजार सिरहा विराटनगरमा जारी तेस्रो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुट मिल्सको खेल मैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा गाईघाट फुटबल क्लब उदयपुरलाई ३–०...

शुक्रबारदेखी सुरुहुने विराट एक्स्पोको तयारी पुरा, १ अर्वको कारोबार हुने अनुमान

विराटनगर, फागुन २९–आगामी फागुन २ गतेदेखि विराटनगरमा शुरु हुने विराट एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ । स्थानीय उत्पादनको प्रवद्र्धन र लगानी मैत्री वातावरण निर्माण गर्ने उद्देश्यले आयोजना हुने लागेको विराट एक्स्पो कृषि तथा औद्योगिक...

कोशीका दुई मन्त्रालयको ‘बेरुजु फछ्यौट  अभियान’, करोडौं बेरुजु असुल गरेको दाबी

विराटनगर । कोशी प्रदेशका दुई मन्त्रालयले सशासन कायम गर्न भन्दै बेरुजु फछ्यौट अभियान सुरु गरेका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयले यो अभियान थालेका हुन् । दुबै मन्त्रालयमा मन्त्री भने भुपेन्द्र्र राई...

संघियता असफल वनाउने खेलमा सरकार : उपेन्द्र यादव

विराटनगर, फागुन ४-समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघियता असफल वनाउने खेलमा सरकार लागेको आरोप लगाएका छन् । प्रेस नेपाल मोरङले विराटनगरमा आज गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष यादवले सरकारले प्रेस...

काेराेना संक्रमणबाट जाेगिन स्थानीयले लगाए ढाट

सप्तरीको राजविराज नगरपालिका–५ का बासिन्दाहरूले बाहिरी व्यक्तिहरूलाई आवतजावतमा निषेध गरेका छन् । कोरोनो भाइरसबाट जोगिन सरस्वती टोलपारि भलुवाही नदी पूर्व टोलमा युवाहरूले टोल प्रवेश गर्ने मूलबाटो नै छेकिने गरी बाँसको ढाट लगाएर आवत–जावत पूर्ण रूपमा...

एमाले मोरङको अधिवेशन शनिबारबाट, उद्घाटन प्रधानमन्त्री ओली गर्ने

विराटनगर । नेकपा एमाले मोरङको १० औँ मोरङ जिल्ला अधिवेशन शनिबारदेखि सुरु हुने भएको छ । अधिवेशनको उद्घाटन प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन् ।एमाले जिल्ला समितिले बिहीबार पत्रकार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्