विराटनगर, चैत २६–विराटनगर महानगरपालिका–२ नं. वडा कार्यालयले दैनिक ज्यादादारी मजदुरी गर्ने अति विपन्न परिवारलाई राहत वितरण सुरु गरेको । सो वडाका ९ सय ३७ घरधुरीलाई वडा कार्यालय मार्फत राहत वितरण गर्न सुरु गरिएको हो ।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर लकडाउन गरेपछि अति विपन्न र दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने परिवारलाई विराटनगर महानगरपालिका २ नं. वडा कार्यालयले राहत वितरण सुरु गरेको हो ।
२ नं. वडा भित्रका दैनिक ज्यालादारी गरेर हातमुख जोर्ने घरपरिवारलाई विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण परेको पिडामा साथ दिदै त्यस्ता घर परिवारलाई खाद्यान्न वितरण गर्न सुरु गरेको वडाध्यक्ष कुमार पोखरेलले बताए ।
कोरोना भाईरस सङक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले गरेको लक डाउनका कारण छाक टार्न समस्या परेका प्रति परिवार १२ किलो चामल, ढेड किलो दाल, २ किलो आलु, आधा लिटर तेल र एउटा साबुन वितरण गरिएको वडाध्यक्ष पोखरेलले जानकारी दिए ।