शुक्रबारदेखी सुरुहुने विराट एक्स्पोको तयारी पुरा, १ अर्वको कारोबार हुने अनुमान

 न्यूज विराट
शुक्रबारदेखी सुरुहुने विराट एक्स्पोको तयारी पुरा, १ अर्वको कारोबार हुने अनुमान

विराटनगर, फागुन २९–आगामी फागुन २ गतेदेखि विराटनगरमा शुरु हुने विराट एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ । स्थानीय उत्पादनको प्रवद्र्धन र लगानी मैत्री वातावरण निर्माण गर्ने उद्देश्यले आयोजना हुने लागेको विराट एक्स्पो कृषि तथा औद्योगिक अन्तराष्ट्रिय प्रदर्शनीको तयारी लगभग पुरा भएको छ ।

विराटनगर २ स्थित शंकरपुर मार्गमा आयोजना हुने सो एक्स्पो तयारी लगभग पुरा भएको आयोजकले जनाएको छ । महोत्सव स्थलमा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजक संस्था उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेले कृषि र औद्योगिक उत्पादनको बजारीकरण गर्नुको साथै उत्पादित वस्तुलाई उपभोक्ता सँग जोड्ने गरी आयोजना गर्न लागिएको एक्स्पोको तयारी पुरा भएको जानकारी दिए ।

उद्योग संगठन मोरङको आयोजनामा प्रदर्शनी आगामी फागुन १० गतेसम्म सञ्चालन हुनेछ । ‘आर्थिक विकासको मूल आधार उद्योग, पर्यटन, कृषि र व्यापार’ भन्ने मूल नाराका साथ सञ्चालन हुने एक्स्पोको मुख्य प्रायोजकमा नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रा.लि. रहेको छ । एक्स्पोमा ३ लाख दर्शकले प्रत्यक्ष अवलोकन गर्ने विराट एक्सपोका संयोजक भोलेश्वर दुलालले जानकारी दिए ।

सम्भावित बजारको पहिचान, पर्यटन प्रवद्र्धन, प्रविधि पहिचान, उत्पादकहरूबीच स्वस्थ प्रतिस्पर्धा, लगानीमैत्री वातावरण निर्माणमा सहयोग, विश्वव्यापी र क्षेत्रीय अवधारणाबाट औद्योगिक क्षेत्रमा पर्ने असर र लाभका क्षेत्रको पहिचानका साथै शिक्षा, स्वास्थ्य क्षेत्रको गतिविधिबारे जानकारी दिने आयोजकले जनाएको छ ।

एक्पोमा औद्योगिक उत्पादन तथा वस्तुहरू, कृषि, जडिबुटी उत्पादन र कृषि औजार, सूचना प्रविधि, अटोमोबाइल्स तथा पार्टस, विद्युतीय, घरायसी सामग्रीहरू, गार्मेन्ट, खाद्य स्वास्थ्य, शिक्षा एवम्ं बैंक तथा वित्तीय क्षेत्रका ३ सय ४० वटा स्टल रहने उनले बताए । एक्पो अवधिभरमा १ अर्ब बढीको कारोबार हुने हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

राष्ट्रिय उद्योग÷व्यवसाय तथा बहुराष्ट्रिय कम्पनीहरू, कृषि तथा पर्यटन व्यवसायीहरू, शिक्षा, स्वास्थ्य, बैंकिङ, होटल व्यवसायीहरू, घरेलु तथा साना उद्योगहरूका साथै अन्तराष्ट्रियमा भारत, बंगलादेश, पाकिस्तानमा उत्पादन भएका वस्तुहरु राखिने जनाइएको छ ।

सम्बन्धित समाचार

युरोपेली च्याम्पियन्स लिग फुटबल यसै साता सुरु

एजवेन्सी, साउन १९-कोरोना भाइरसका कारण करिब ५ महिना स्थगित गरिएको युरोपेली च्याम्पियन्स लिग र युरोपा लिग फुटबल यसै सातादेखि पुनः सुरु हुँदै छन् । युरोपेली मुलुकहरूमा कोरोना भाइरसको महामारी तीव्र भएसँगै दुवै प्रतिस्पर्धा गत मार्चमा...

एम्स हस्पिटलमा सफल उपचार, १० वर्षीय बालकले पाए पुनः जन्म

विराटनगर । निमोनियाले ग्रसित भएका एक जना बालकको विराटनगरस्थित एम्स हस्पिटलमा सफल उपचार भएको छ । वरिष्ठ बाल रोग विशेषज्ञ चिकित्सक डा। राजेश यादवले सप्तरी घर भएका १० वर्षीय बालक सौरव यादव निमोनिया भएपछि सिकिस्त...

झापाको दमकका नगरप्रमुखलाई कोरोना संक्रमण पुष्टि

झापा,  २० असोज-झापाको दमक नगरपालिकाका मेयर रोमनाथ ओलीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाका अनुसार उनलाई सोमबार कोरोना सङ्क्रमण पुष्टि भएको हो । उनकी पत्नी लीला ओली र छोरा...

छुटे महरा, कारागार बाहिर भव्य स्वागत

काठमाडौं, फागुन ५–पूर्वसभामुख कृष्णबहादुर महरा थुनामुक्त भएका छन् । जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएपछि महरा केहीबेर अघि छुटेका हुन् । डिल्लीबजार कारागार बाहिर उनलाई नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता एवं उनका शुभचिन्तकले माला,...

कोशी अस्पतालमा कोरोना संक्रमणका कारण एक व्यक्तिको मृत्यु

विराटनगर, साउन २९–विराटनगरस्थित कोशी अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारको क्रममा सिराहको विष्णुपुर गाउँपालिका १ का ४० वर्षिय पुरूषको राती ८ बजे मृत्यु भएको हो । निमोनिया भइ स्वासप्रश्वासमा समस्या रहेका...

कोरोनाबाट ३ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या ५२ पुग्यो

काठमाडौं, १५ साउन-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ३ जनाको मृत्यु भएको पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मोरङमा १ र पर्सामा २ जनाको कोरोनाका कारण मृत्यु...

गृहमन्त्रीको नवनियुक्त डिआइजीलाई निर्देशन : लकडाउनको प्रवाभकारी कार्यान्वयन गर्नुहोस्

गृहमन्त्री रामबहादुर थापा बादलले जिम्मेवारी इमान्दारीपूर्वक पालन गर्दै सृजनात्मक ढंगले कामकारबाही अघि बढाउन नवनियुक्त डिआइजीहरूलाई निर्देशन दिएका छन् । मंगलबार मन्त्रालयमा आयोजित कार्यक्रममा राज्यले विश्वास गरेर बढुवा र जिम्मेवारी प्रदान गरेको स्मरण गराउँदै इमान्दारीपूर्वक कर्तव्य...

नेकपा स्थायी समिति बैठक जारी, प्रचण्डले अध्यक्षता गर्दै

काठमाडौं, १३ असार-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक जारी रहेको छ । विहान साढे ११ बजेटबाट जारी तेस्रो दिनको बैठकमा पुष्पकमल दाहालले अध्यक्षता गरिरहेका छन् । आज पनि बैठकमा सीमा समस्याका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्