तेस्रो संस्करणको मिल्स गोल्डकप फागुन २७ गतेबाट, बिजेतालाई २ लाख ११ हजार
आइतबार, २१ फागुन, २०७९,
न्यूज विराट
विराटनगर । तेस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । फागुन २७ देखि चैत ४ गतेसम्म विराटनगरस्थित जुट मिलको खेल मैदानमा मिल्स गोल्डकप हुने भएको हो ।
प्रतियोगिताको बिजेता र उपबिजेता हुने टिमलाई यसपटक पुरस्कार राशी आयोजकले बढाएको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजना हुने गोल्डकपको बिजेताले बिजेताले २ लाख ११ हजार रुपैयाँ प्राप्त गर्नेछन् । उपबिजेताले १ लाख ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने मिल्स गोल्डकप फुटबल ट्रष्टका कोषाध्यक्ष विष्णु डंगोलले जानकारी दिए । दोस्रो संस्करणमा बिजेताले नगद २ लाख १ हजार र उपबिजेतालाई १ लाख १ हजार रुपैयाँ थियो ।
‘तेस्रो संस्करणको मिल्स गोल्डकपको तयारी अहिले तिव्र रुपम भइरहेको छ,’ उनले भने, ‘अहिले खेलमैदानदेखि टिमहरुको पनि छनौट भइसेको छ ।’
गोल्डकपमा आठ वटा टिमको सहभागिता रहने उनले बताए । गत वर्षको बिजेता टिम प्रतिभा फुटबल क्लब गोलबजार, साइनो स्पोर्टिङ क्लब रानी, एपिएफ, धरान फुटबल क्लब, धुब्रतारा फुटबल क्लब झापा, सलेह फुटबल क्लब सिराहा, गाइघाट फुटबल क्बल उदयपुर र युनाइटेड फुटबल क्बल विरगन्ज पर्साको टिम रहेको छ ।
दोस्रो संस्करणमा आयोजक साइनो स्पोर्टिङ क्लबलाई हराउँदै गोलबजारको प्रतिभा फुटबल क्लबले मिल्स गोल्डकपको उपाधि जितेको थियो । पहिलो संस्करणमा एपिएफले गोल्डकपको उपाधि हात पारेको थियो ।
विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टको फाइनलमा विराटनगरको ग्यालेक्सी स्कुल पुगेको छ । प्याब्सन विराटनगरको आयोजनामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा मोर्डन एरा स्कुललाई टाइब्रेकरमा ३– २ गोलले हराउँदै ग्यालेक्सी फाइनलमा पुगेको...
विराटनगर, २ असोज–नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ मोरङ कोरोना भाइरसको संक्रमण रोकथान तथा नियन्त्रणमा पनि सकृय भएको छ । कोरोना माहामारीमा राहत र उद्धारमा सर्वसाधारणको घर घर पुगेर सहयोग पुर्याउँदै आएको...
सरकारले पार्टी फुटाउनको लागि सहज हुने गरी अध्यायदेश लिएको छ । केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत सदस्य भए पार्टी फुटाउन सक्ने गरी अघि सारिएको अध्यायदेश सोमबार मन्त्रिपरिषद् बैठकले पारित गरेको एक मन्त्रीले बताएका...
विराटनगर, १८ फागुन । दलित समुदाय माथि हुने जातीय विभेदविरुद्धका कानुन कार्यान्वयन हुनुपर्नेमा एक कार्यक्रमका सहभागि वक्तहरुले जोड दिएका छन् । मानव अधिकारका लागि श्रोत विकास मञ्च (रिडेफ) नेपालले विराटनगरमा बुधबार आयोजना गरेको दलितका संवैधानिक,...
काठमाडौं, मंसिर १६ । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि आज बिहीबारबाट चुनावी प्रक्रिया सुरु हुँदैछ । अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले एकता महाधिवेशनको बुधबार भृकुटीमण्डपमा उद्घाटन गर्नुभएको थियो । उद्घाटन सत्र...
काठमाडौं, २६ साउन-सरकारले लामो दूरीको सार्वजनिक यातायात, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सेवा पुनः १५ भदौसम्म रोक लगाउने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणको जोखिम उच्च भएसँगै यस्तो...
एजेन्सी, जेठ २-कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वमा मृत्यु हुने व्यक्तिको संख्या ३ लाख नाघेको छ । विश्वभरमा ४४ लाख २० हजार व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका जोन हप्किन्स् न्युनिभर्सिटीले जनाएको छ । विश्वमा...
काठमाडौं, १५ जेठ-सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको दायरा बढाउँदै थप २ लाख नागरिकलाई रोजगारी दिने लक्ष्यसहित ११ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरेको छ । आफ्नो गाउँ आफैँ बनाऔँको भावनाअनुसार स्थानीय तहबाट सञ्चालन हुने विकास निर्माणमा...