विराटनगर । विराटनगरकी सम्झना कार्कीले चौथो संस्करणको मिसेस कोशीको उपाधि जितेकी छिन् । उनले १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिसेस कोशीको उपाधि जितेकी हुन् ।
जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा विराटनगरमा सम्पन्न भएको प्रतियोगितामा मोरङ कटहरीकी सुजिता सरदार फस्ट रनरअप भइन् भने सेकेण्ड रनरअप धरानकी रीता राई घोषित भइन् ।
थर्ड रनरअप पोखराकी ममता खड्का र र्फोथ रनरअप विराटनगरकी सकुन्तला राजवंशी भइन् ।अर्गनाइजर च्वाइस विनर विराटनगरकी रन्जु सुब्बा भइन् । मिसेस ब्यूटी विथ ब्रेन राजबिराजकी नितु देव, मिसेस इन्टेलेक्ट रीता राई, मिसेस ट्यालेन्ट रन्जु सुब्बा, मिसेस फोटोजेनिक धरानकी ललिता राई, मिसेस क्याटवाक विराटनगरकी आस्मा देव राठी, मिसेस मल्टीमेडिया सुजिता सरदार, मिसेस पपुलर विराटनगरकी ज्योती शाही श्रेष्ठ र मिसेस पब्लिक च्वाईस ममता खड्का भएको जय मिडिया मेनेजमेन्ट प्रालिका अध्यक्ष जय राज रायले जानकारी दिए ।
प्रतियोगिताको निर्णायकहरुमा उपन्यायधीवक्ता दिप कुमार यादव, संचारकर्मी रोशन घिमिरे, डाक्टर अकिंता राठी अग्रवाल र मिसेस कोशी २०१९ का अर्गनाईजर च्वाइस विनर सविता ढकाल रहेका थिए । कार्यक्रमको प्रमुख अथिती कोसी प्रदेशका सामाजिक बिकास मन्त्री बुद्धी कुमार राजभण्डारी रहेका थिए । विशेष अथिती हरुमा प्रदेश सासंद मीना श्रेष्ठ, मोरङ प्रहरीका डिएसपी टिका बहादुर कार्की, राष्ट्रीय मानव अधिकार आयोग प्रदेश १ का कार्यलय प्रमुख पवन भट्ट, राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ का कार्यलय अधिकृत चिरंजिवी कोईराला रहेका थिए ।
दसैं चाड सकिएसँगै कोरोना संक्रमित भेटिने दर पनि बढेको छ । बुधबार थप ६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा गरिएको कुल ८ हजार ४ सय २६ नमूना परीक्षणबाट सो संख्यामा...
काठमाडौं, १५ असार-अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी साउनदेखि नै आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि आवश्यक कार्यविधि तथा कार्ययोजनाको तयारीमा सरकार गम्भीरतापूर्वक जुटेको स्पष्ट पारेका छन् । नेपाल उद्योग परिसङ्घको १७औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित...
काठमाडौं, २९ वैशाख-कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहँदा महानगरीय प्रहरीवृत्त बौद्धले चोरीमा संलग्न ११ जनालाई पक्राउ गरेको छ । गत चैत ११ गतेदेखि लकडाउन शुरु भएको थियो । बौद्ध क्षेत्रको विभिन्न स्थानबाट सो...
काठमाडौं, ३० चैत-पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना रोकथाम, राहत तथा उपचार कोषमा २ करोड रुपैयाँ जम्मा गराएको छ । ज्ञानेन्द्रले हिमानी कोषमार्फत कोषमा उक्त रकम जम्मा गरेका हुन् । पूर्वराजा शाहले ट्विटमार्फत् प्रधानमन्त्री कोरोना रोकथाम, राहत...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । समायोजन गरिएको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ । निगमले डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुईका दरले वृद्धि गरेको हो ।...
विराटनगर । अपराध अनुसन्धानमा अब्बल ठहरिएका उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा कायरत प्रहरी निरीक्षक ऋषिराज ढकालल उत्कृष्ट प्रहरी घोषित भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ढकाललाई कार्तिक महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको...
काठमाडाैं, १९ जेठ-३ वर्षीया बालिका र ६ वर्षीय बालकसहित थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार दोस्रो पटक थपिएका १३ संक्रमितमा पाल्पा निस्दी गाउँपालिकाका १७ र ३६ वर्षीय पुरुष, नवलपरासी सरावल गाउँपालिकाका...
म्याग्दी, २८ जेठ-म्याग्दीको रघुगङ्गा गाउँपालिका-६ रायखोरमा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ । ५० वर्षीया हमाया शेरपुञ्जा र ४ वर्षीया सिम्रन छन्त्यालको पहिरोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी...