बजेट कार्यान्वयनको प्रभावकारी व्यवस्था मिलाइँदैछ : अर्थमन्त्री

 न्यूज विराट
बजेट कार्यान्वयनको प्रभावकारी व्यवस्था मिलाइँदैछ : अर्थमन्त्री

काठमाडौं, १५ असार-अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी साउनदेखि नै आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि आवश्यक कार्यविधि तथा कार्ययोजनाको तयारीमा सरकार गम्भीरतापूर्वक जुटेको स्पष्ट पारेका छन् ।

नेपाल उद्योग परिसङ्घको १७औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित समारोहलाई श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्दै उनले बजेटलाई व्यावहारिक कार्यान्वयनका लागि आवश्यक तयारी गरिएको उल्लेख गर्दै हामी सबैले मेहनत गरेका अवस्थामा आशातित प्रतिफल आउने विश्वास व्यक्त गरेका हुन् ।

उनले बजेटको कार्यान्वयन, व्यावसायिक वातावरण, आवागमन खुकुलो गरिँदै जाँदाको अवस्थामा अर्थतन्त्र पुरानै गतिमा फर्कने र घटीमा सात प्रतिशतको आर्थिक वृद्धि हासिल हुने विश्वास व्यक्त गरे । बाह्य लगानीका लगानीको वातावरण बन्दै गएको र थप लगानी ल्याउनका लागि उनले निजी क्षेत्रलाई व्यावसायिक दूतका रूपमा काम गर्नसमेत आग्रह गरे ।

पर्यटन क्षेत्रको अवस्थामा केही समस्याग्रस्त भए पनि वस्तुको बजार हेरेर लगानीका लागि सरकारले पहल गर्ने, लगानीका क्षेत्र विस्तार गर्ने गरी सम्बन्धित मन्त्रालयले काम गरिरहेको तथा कुनकुन वस्तुलाई प्रोत्साहनमा राख्न सकिन्छ भनेर आवश्यक पहलसमेत भइरहेको उनको भनाइ छ।

सम्बन्धित समाचार

काठमाडौंमा रोकिएका बेलायती लिन विमान आउँदै

काठमाडौं, ५ वैशाख-लकडाउनका कारण रोकिएका नेपालमा राेकिएका बेलायती नागरिक लिन टिटान एयरको विमान आज काठमाडौं आउँदै छ । बेलायती राजदूतावासले विमान चार्टर गरेर राेकिएका नागरिक पठाउन लागेको हो । टिटान एयरको जहाज दुबईबाट काठमाडौं आउन...

राधाकृष्ण रथयात्रा मंगलबार निस्किदै, नेपाल र भारतका ५ लाख बढी भक्तजनहरुको सहभागिता हुने

विराटनगर । विराटनगरमा निकाल्ने ऐतिहासिक राधाकृष्ण रथयात्रा मंगलबार निस्कँदै छ । राधाकृष्णको युगल जोडीको रथयात्रा भाद्र ११ गते मंगलबार विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिरबाट निस्कने भएको हो । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट प्रत्येक वर्ष विराटनगरमा रथयात्रा...

२६ नेपाली बोकेर म्यानमारको एयरफोर्स नेपालमा

काठमाडौं, २३ जेठ-म्यानमार सरकारले आफ्नै खर्चमा त्यहाँ रहेका २६ नेपालीलाई नेपाल पठाएको छ । नेपाली सेनाले गरेको प्रस्तावलाई स्वीकार गर्दै म्यानमारको एयरफोर्सबाट २६ नेपाली ल्याइएको हो । नेपाली लिएर आएको जहाज केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय...

ओलीलाई छिमेकी देशले समर्थन गर्दैनन्ः बाबुराम भट्टराई

विराटनगर, २५ पुस-पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले केपी ओलीको हिटलर प्रवृतिलाई छिमेकी मित्रराष्ट्रहरुले समर्थन गर्न नहुने बताएका छन् । प्रतिनिधिसभा विघटन विरुद्ध विराटनगरमा शनिबार जसपा मोरङले आयोजना गरेको विरोध सभामा...

कानुनअनुसार एसईई हुन्छ

काठमाडौं, २८ वैशाख-गत ६ चैतका लागि तोकिएको उच्च माध्यमिक शिक्षा परीक्षा (एसईई ) कोरोना भाइरसका कारण अन्तिम समयमा स्थिगित भयो । ४ लाख ८२ हजार विद्यार्थी परीक्षाको प्रतीक्षामा छन् । कहिले परीक्षा हुने हो, अन्योल...

पश्चिम सेती निर्माणका लागि काठमाडौंमा ‘संगीत संघर्ष’

डडेल्धुरा, माघ २८–७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजना निर्माणको माग गर्दै अभियान चलाइरहेको बोलन्या थली धनगढीले ‘संगीत संघर्ष’ कार्यक्रम आयोजना गर्ने भएको छ । बोलन्या थलीले बहुप्रतिक्षित पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका लागि दबाब...

महाधिवेशन कब्जा गर्ने दाउमा देउवा र पौडेल

काठमाडौं, फागुन २२–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र असन्तुष्ट नेता रामचन्द्र पौडेल १ वर्षपछि हुने भनिएको पार्टीको १४औँ महाधिवेशन आफ्नो पक्षलाई बलियो रूपमा उभ्याउन आआफ्नो रणनीति र योजनामा लागेका छन् । पार्टीमा देखिएको गुटगतरसमूहगत विवाद...

ज्ञानसन ऋषिदेवको हत्या प्रकरण , थप दुई जना पक्राउ

विराटनगर । सुनसरीको गढी गाउँपालिका ६ घर भएका ५० वर्षीया ज्ञानसन ऋषिदेवको घाटी काटेर हत्या गरेको घटनामा प्रहरीले थप दुई जनालाई नियन्त्रणमा लिएर अनुस्न्धान सुरु गरेको छ । यसअघि प्रहरीले एक जनालाई नियनत्रणमा लिएको छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्