उपप्रमुख र उपाध्यक्षको राष्ट्रिय सम्मेलन विराटनगरमा सुरू

 न्यूज विराट
उपप्रमुख र उपाध्यक्षको राष्ट्रिय सम्मेलन विराटनगरमा सुरू

विराटनगर । विराटनगरमा स्थानीय तहका उपप्रमुख र उपाध्यक्षहरुका राष्ट्रिय सम्मेलन सुरू भएको छ । दुई दिनसम्म चल्ने राष्ट्रिय सम्मेलन शुक्रबारदेखि विराटनगरस्थित विरेन्द्र सभा गृह हलमा सुरु भएको हो ।
सम्मेलनको उद्घाटन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् ।
राष्ट्रिय सम्मेलन उद्घाटन गर्नुहुँदै पूर्व राष्ट्रपति भण्डारीले यसअघि विभिन्न समयमा न्यायिक समितिको अधिकारका विषयलाई लिएर आयोजना गरिएको यस्तै प्रकारका राष्ट्रिय सम्मेलन र प्रदेशस्तरमा महिला जनप्रतिनिधिहरुको सम्मेलनमा सहभागी हुँदा महिला जनप्रतिनिधिहरुको समस्या र चुनौतीहरुको बारेमा बुझ्ने मौका पाएको बताइन् । उनले महिला नेतृत्वले संविधानप्रदत्त अधिकार, भावनालाई कार्यान्वयन गर्दै समावेशिता, जवाफदेहिता र लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउन योगदान गरिरहेको बताइन् ।
विकासको सारथि महिला र पुरुष दुवै हुन् भन्ने मान्यतालाई नयाँ राज्य व्यवस्थाले स्थापित गरेको भन्दै उनले महिलाहरुको औपचारिक प्रतिनिधित्व मात्र पर्याप्त नहुने बरु नेतृत्व र निर्णय क्षमता निरन्तर बढाउँदै लैजानु पर्नेमा जोड दिइन् । ‘स्थानीय सरकारको हैशियतमा तपाइँहरु विकेन्द्रीकरणको अधिकार कार्यान्वयन गर्ने ठाउँमा हुनुहुन्छ,’ पूर्व राष्ट्रपति भण्डारीले भनिन्, ‘स्थानीय तहले कृषि प्रवर्धन, स्वास्थ्य सेवा, स्वास्थ्य सुरक्षा, जैविक विविधता संरक्षण आदि दायित्व पूरा गर्ने जिम्मेवारी तपाईंहरुको हो । स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरुलाई विवाद समाधान गर्ने, बजेट तर्जुमा गर्ने, अनुगमन तथा सुपरीवेक्षण गर्ने आदि जिम्मेवारीहरु छन् । यी अध्यक्षको अनुपस्थितिमा नभई पूर्णकालीन कार्यकारीको जिम्मेवारी हुन् । त्यसलाई जिम्मेवारीपूर्ण ढंगबाट सफलतापूर्वक कार्यान्वयन गर्ने क्षमता विकास गर्नुपर्दछ ।’

सम्बन्धित समाचार

मिल्स नकआउट फुटबल : रेड स्टार, अर्किड र सगरमाथा स्कुल क्वाटरमा

विराटनगर । विराटनगरमा जारी मिल्स फार्क नकआउट फुटबल प्रतियोगितामा मोरङका तीन वटा स्कुल क्वाटरफाइनलमा पुगेको छ ।विराटनगर जुटमिल खेलमैदानमा मंगलबार भएको खेलमा पथरीको रेडस्टार, विराटनगरको अर्किड र सगरमाथा स्कुल विजयी भएर क्वाटरफाइनलमा पुगेको हो ।प्रतियोगिताको...

नागरिक मञ्चको १० बुद्धे माग

विराटनगर । नागरिक संरक्षण एकता मञ्च नेपालले विभिन्न १० शुत्रिय माग राखेको छ ।विराटनगरमा आइबार पत्रकार सम्मेलन गरी उनीहरुले बैंकहरुले कृषी र अन्य कर्जाको ब्याजदर घटानुपर्नेलागयतका विभिन्न १० शुत्रिय माग राखेको हुन् । उनीहरुले कोभिड...

लाउरेलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । लागूऔषध किनबेचको आरोपमा पक्राउ परेका र्‍यापर आशिष राना उर्फ ‘लाउरे’ को हिरासत बसाई लम्बिने भएको छ । उनीसहित पक्राउ परेका ४ जनालाई थप ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति...

विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन आजदेखि पाँचाैँ चरणको चार्टर्ड फ्लाइट

काठमाडाैं, १ भदौ-कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन आजदेखि पाँचाैँ चरणको चार्टर्ड फ्लाइट हुँदैछ । नेपालका २ नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले नेपालीलाई स्वदेश फर्काउन १...

अझै सञ्चालनमा आएन चार दिनदेखि अवरुद्ध जयपृथ्वी राजमार्ग

चार दिनदेखि अवरुद्ध खोडपे–बझाङ जयपृथ्वी राजमार्ग अझै सञ्चालन हुन सकेको छैन । आइतबार राति अविरल वर्षाका कारण बैतडीको पाटन नगरपालिका- ८ झौलेकमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो । सडक तलतिरबाट पहिरो खसेपछि सडक अवरुद्ध...

नेपालमा एकै दिन थपिए ५ हजार संक्रमित

काठमाडौं, २४ असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ५ हजारभन्दा धेरै‌लाई कोरोना भाइरस संक्रमण देखिएको छ । दैनिक संक्रमण हुनेमा यो अहिलेसम्मकै धेरै हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा...

विराटनगरका चर्चित इएनटीका डाक्टर कैलाश श्रेष्ठको सेवा अब मकालु एभरेष्ट हस्पिटलमा

विराटनगर । विराटनगरका चर्चित डाक्टर कैलाश श्रेष्ठले विराटनगरस्थित मकालु एभरेष्ट हस्पिटलबाट सेवा सुरु गरेका छन् । नाक, कान, घाटीका सिनियर कन्सलटेन्ड डा. श्रेष्ठले आइतबारदेखि मकालु एभरेष्ट हस्पिटलमा स्वास्थ्य सेवा सुरु दिन थालेका हुन् । आइतबार...

सुनसरीमा ५६ संक्रमित थपिए

विराटनगर, १६ भदौ–सुनसरीमा मंगलबार अहिलेसम्मकै धेरै ५६ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका अनुसार ११ जना महिला र ४५ जना पुरुष गरी थप ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्