अर्किड डान्सिङ स्टार सुरू, बिजेताले ५० हजार बराबरको पुरस्कार पाउने
शुक्रबार, २६ पुष, २०८१,
न्यूज विराट
विराटनगर । विराटनगरमा रहेको अर्किड स्कुलले ‘अर्किड डान्सिङ्ग स्टार’ सिजन –१ सुरु गरेको छ । विद्यार्थीहरुमा भएको प्रतिभाको खोजी गर्दै उनीहरुको व्यक्तित्व विकास गर्ने उद्देश्यले स्कुलले ‘अर्किड डान्सिङ्ग’ स्टार सिजन १ सुरु गरेको हो ।
उक्त प्रतियोगिताको लागि शुक्रबार विद्यालय परिसरमा पहिलो चरणको अडिसन राखेको छ । तीन समूहमा विभाजन गरेको सो प्रतियोगिता आयोजना गरेको छ । कक्षा २ देखि ४ सम्म अध्ययरत विद्यार्थीहरुको एउटा समूह, ५ देखि ७ कक्षा सम्म र ८ देखि कक्षा १० सम्मको समूह गरी तीन समूहमा विभाजन गरिएको छ । प्रत्येक सहूमको कक्षाहरुबाट विद्यार्थीहरुले यो प्रतियोगितामा भाग लिएको स्कुलका प्रिन्सिपल सि। एम। श्रेष्ठले जानकारी दिए । तीन वटै समूहबाट छनौट चरणमा एक सय जना विद्यार्थीहरुले भाग लिएका छन् । शुक्रबार ५० जना विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका छन् । बाँकी रहेका ५० जनाले आउँदो शनिबार नृत्य प्रस्तुत गर्दछन् । पहिलो चरणको अडिसनबाट क्वाटरफाइनलमा ५० जना छनौट गरिनेछ । क्वाटरबाट सेमिफाइनलमा ३० जना छनौट हुनेछ । सेमिफाइनलपछि भोटिङ राउन्ड सुरु हुने प्रिन्सिपल श्रेष्ठले बताए । फाइनलमा १५ प्रतिस्पर्धी छनौट हुनेछन् । ‘यसरी अर्डिक स्कुलमा अध्ययरत विद्यार्थीहरुको प्रतिभा खोजी गर्ने हाम्रो मुख्य उद्देश्य हो । गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलाप अन्र्तगत विद्यार्थीमा लुकेको प्रतिभा हामी खोजी गरि बाहिर ल्याउनेछौं,’ प्रिन्सिपल श्रेष्ठले भने । फाइनल प्रथम, द्धितीय र तृतीय हुने तीन वटै समूहले क्रमशः ५० हजार, ३० हजार र २० हजार बरावरको पुरस्कार प्राप्त गर्नेछन् । सो प्रतियोगितामा स्कुलले तीन लाख बरावरको पुरस्कार वितरण गर्ने जनाएको छ । छनोट चरणको निर्णायकहरुमा नृत्य निर्देशक दिपेन्द्र थापा र काशि राजवंशी रहेका छन् । कार्यक्रममा स्कुलका अध्यक्ष अतिम ढकाल र प्रिन्सिपल सी।एम। श्रेष्ठलगायत शिक्षकहरुको उपस्थिती रहेको थियो ।
विराटनगर । विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजले कक्षा १२ मा अध्यनरत २० औ ब्याजको विद्यार्थीहरुलाई विदाई गरेको छ । शुक्रबार एक कार्यक्रम आयोजना गरी कलेजले विदाई गरेका हो । कलेजमा व्यवस्थापक संकायमा अध्ययनरत...
काठमाडौंको तारकेश्वर पालिएका पक्षीमा बर्डफ्लु रोग देखिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको पशु सेवा विभागका अनुसार तारकेश्वर नगरपालिका- ७, साङ्लेखोला, फुटुङमा स्थानीय कृषकले पालेको टर्की र हाँसको नमुना परीक्षण गर्दा शुक्रबार बर्डफ्लु पुष्टि...
काठमाडौं, असोज ३ । सर्वोच्च अदालतका तीनजना न्यायाधीशले प्रसिद्ध प्रवल जनसेवाश्री पाएका छन् । अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीले यो पदक पाउनुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई महाउज्जवल राष्ट्रद्वीप प्रथम श्रेणीको...
विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका – ७ लामाटोलीमा एक जना बालिकाको धारिलो हतियार प्रयोग गरि हत्या गरिएको छ । खोटाङ घर भइ पथरीशनीश्चरे ७ मा बस्दै आएकी १५ वर्षीया ज्ञानमति कुलुङ राईको सोमबार राती धारिलो...
विराटनगर, चैत ११–नेपाल सरकारले कोरोना भाइरसको संक्रमणबाट नेपाली नागरिकलाई सुरक्षित बनाउन आज देखि लागू गरेको लकडाउनका क्रममा विराटनगरमा प्रहरी र स्थानीय बीच झडप भएको छ । विराटनगर गुद्रीबजार स्थित अतिआवाश्यक सेवा वाहेकका अन्य सवै सेवा...
विराटनगर, २२ फागुन । ताप्लेजुङ मिक्वाखोला गाऊपालिका– २ स्थित सानिमा हाईड्रोपावरको सुरुङमार्ग खन्ने क्रममा ढुंगा र माटोले पुरिएर दुईजना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर ओख्रेसावु बस्ने २८ बर्षीय सन्तोष बानिया र उदयपुर...
करीव २ सातादेखिको न्यायिक अराजकता अन्त्य गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले आजदेखि सबै न्यायाधीशलाई नियमित मुद्दाको पेशी तोकेर इजलास गठन गरेका छन् । यसअघि बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र पेशीमा चढाइएकोमा आजबाट सबै न्यायाधीशलाई नियमित मुद्दा हेर्न...
आज देश लकडाउन भएको पाँचौ दिन । सडक सुनसान छ । नागरिक आफ्नो घर कोठामा छन् । सडकमा अत्यावश्यकबाहेकका सवारी साधन गुडेका छैनन् । आवश्यकता, पीडा र आभावका बीच जनताले सरकारलाई सहयोग गरेका छन् ।...