प्याब्सन स्पोर्टस मिट, पूर्वाञ्चल एकाडेमीको अग्रता कायमै

 न्यूज विराट
प्याब्सन स्पोर्टस मिट, पूर्वाञ्चल एकाडेमीको अग्रता कायमै

विराटनगर । विराटनगरमा जारी १२ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटको दोस्रो दिनमा मोरङको सुन्दरहरैचा नगरपालिकामा रहेको पूर्वाञ्चल एकाडेमीले अग्रता कायम गरेको छ ।

शनिबारसम्मको नतिजा अनुसार पूर्वाञ्चल एकाडेमीले ६ स्वर्ण, र २ कास्य पदकसहित आफ्नो अग्रता कायम गरेको हो ।

पूर्वाञ्चल एकाडेमीलाई मिक्लाजुङ्ग गाउँपालिकाको मिनील्याण्ड स्कुललाई २ स्वर्ण पदकसहित पछ्याइरहेको छ । यस्तै सुन्दरहरैचाको सिद्धार्थ सेकेण्डरी बोर्डिङ स्कुलले १ स्वर्ण र ३ रजत पदक ल्याएको छ । यस्तै रंगेलीको बालदेवदुत विद्या मन्दिर, विराटनगरको बुढानिलकण्ड, एभरेष्ट स्कुल र बिकेभिएम स्कुलले १÷१ स्वर्ण पदक जितेको छ ।

शनिबार पाँच खेल सम्पन्न भएको छ । ८ सय मिटर छात्रा दौडको प्रथम सिद्धार्थ स्कुलका मेमोसा राई, द्धितीय जनम मेमोरियल स्कुलका सन्ध्या खान र तृतीय सारदा स्कुलका रुपम कुमार ठाकुर भए ।
सोही विधाको छात्रतर्फको प्रथम मिक्लाजुङ्ग गाउँपालिकास्थित मिनील्याण्ड स्कुलका सन्तोष सहनी प्रथम, सिद्धार्थ स्कुलका सुमित साह द्धितीय र पूर्वाञ्चल एकाडेमीका गोकुल श्रेष्ठ तृतीय भएका छन् ।

यसैगरी लङजम छात्रतर्फको प्रथम पूर्वाञ्चल एकाडेमीका सोयल चौधरी प्रथम, सिद्धार्थ स्कुलका सुवोद चौधरी द्धितीय र एभरेष्ट स्कुलका अपर्ण कार्की तृतीय भएका छन् ।
१६ सय मिटर दौड छात्रातर्फको प्रथम पूर्वाञ्चल एकाडेमी, द्धितीय सिद्धार्थ र तृतीय जनक मेमोरियल स्कुल भयो । यस्तै सटपुट छात्रातर्फको प्रथम पूर्वाञ्चल भएको छ । द्धितीय मुनाल आर्दश र तृतीय एभरेष्ट स्कुल भयो । यस्तै ज्यावलिङ थ्रो छात्रततर्फको प्रथम पूर्वाञ्चल एकाडेमी, द्धितीय जनक मेमोरियल र तेतृतीय बालदेवदूत स्कुल भयो ।

बास्केटबलको उपाधि बिकेभिएमलाई
प्याब्सन स्पोर्टस मिट अन्र्तगत बास्केटबल प्रतियोगिताको उपाधि विराटनगरको बिकेभिएम स्कुलले जितेको छ ।

शनिबार सम्पन्न भएको बास्केट बलको फाइनलमा विराटनगरको सगरमाथा स्कुललाई ७५–१९ स्कोरले हराउँदै बिकेभिएम स्कुलले बास्केटबलको उपाधि जितेको हो ।
उपबिजेता सगरमथा स्कुल भयो । तृतीय विराटनगरको एभरेष्ट स्कुल भएको छ । एभरेष्टले स्कुलले सिद्धार्थ स्कुललाई २५–३ स्कोरलले हराउँदै एभरेष्ट तेस्रो भएको हो । प्रतियोगिताको उत्कृष्ट खेलाडी बिकेभिएमको मुकेश कुमार महतो घोषित भए ।

टेबलटेनिसको टिम इभेन्टमा एभरेष्ट
प्याब्सन स्पोर्टस मिट अन्र्तगत छात्र टिम इभेन्टतर्फको टेबलटेनिस प्रतियोगितामा विराटनगरको एभरेष्ट स्कुलले स्वर्ण पदक जितेको छ । एभरेष्टले विराटनगरको सगरमाथा स्कुललाई पराजित गरेको हो ।
सोही विधाको छात्रतर्फको फाइनल आइतबार हुनेछ । फाइनलमा ग्यालक्सी पब्लिक हाइ स्कुल र सगरमाथा स्कुल पुगेको छ ।
यस्तै छात्रा सिंङगलतर्फको फाइनलमा सगरमाथाका निकिता तामाङ र एभरेष्टका एन्जिला पन्त पुगेका छन् । यस्तै छात्र सिंङगलतर्फको फाइनल ग्यालक्सी पब्लिक हाइ स्कुलका प्रत्यूष ढकाल र सगरमाथा स्कुलका उज्जल तामाङ्ग पुगेका छन् । टेबल टेनिङ सिंङगलको फाइनल आइतबार हुनेछ ।

फुटबलको फाइनलमा शिक्षा सदन र सिद्धार्थ
फुटबलको फाइनलमा बेलबारीको शिक्षा सदन र सुन्दरहरैचाको सिद्धार्थ स्कुल बिच प्रतिस्पर्धा हुने भएको छ । शिक्षा सदनले सुनगभा स्कुललाई ३–० गोलले हराउँदै शिक्षा सदन फाइनलमा पुगेको हो । जितको लागि आसेस मगरले दुई गोल र सुरेश लिम्बुले १ गोल गरेका थिए ।
यस्तै सिद्धार्थ स्कुलले ब्राइटफियुचर स्कुललाई २–० गोलले हराउँदै सिद्धार्थ स्कुल फाइनल पुगेको हो । जितको लागि सिद्धार्थका सन्देश चौधरी र अनम पराजुलीले गोल गरेका थिए । फुटबलको फाइनल आइतबार हुनेछ ।

भलीबलको फाइनलमा चार स्कुल
कक्षा दशसम्म अध्ययनरत छात्रातर्फको भलबिल प्रतियोगितामा मोरङ पब्लिक स्कुल र लेटाङको ग्रिनभ्याली स्कुल फाइनलमा पुगेको छ । मोरङ पब्लिकले ब्राइट फियुचर स्कुललाई पराजित गरी मोरङ पब्लिक स्कुल फाइनलमा पुगेको हो ।
यस्तै कक्षा ११ र १२ बिच भएको छात्रतर्फको भलिबलमा कोशी मोडल र सिद्धार्थ स्कुल फाइनलमा पुगेको छ । कोशी मोडलले एभरेष्ट पथरीलाई हराउँदै फाइनलमा पुगेको हो ।
सिद्धार्थ स्कुलले भिकृटी मोर्डललाई हराउँदै सिद्धर्थ फाइनल पुगेको हो ।
आइतबार समापन हुने प्याब्सन स्पोर्टस मिटमा एक दर्जन खेलहरू समावेश गरिएको प्याब्सन मोरङको सचिब जगत बस्नेतले जानकारी दिए । स्पोर्ट्स मिटमा फुटबल, भलिबल, टेबलटेनिस, बास्केटबल, एथलेटिक्स, म्याराथुन, सटपुट, थ्रिपल जम, हाइजम, लङजम, दौडलगायतका खेलहरू रहेको छ । स्पोर्ट्स मिटमा मोरङ जिल्लाभरीका २२० वटा प्याब्सनमा आवद्ध विद्यालयले भाग लिएको छ ।

सम्बन्धित समाचार

देशभर एकै दिन थपिए १ हजार ५३९ संक्रमित

काठमाडौं, ३१ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ५ सय ३९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यो अहिलेसम्मकै सर्वाधिक धेरै दैनिक कोरोन संक्रमण पुष्टि हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड-...

भारतका गृह मन्त्री शाह अस्पताल भर्ना

एजेन्सी, २८ भदौ-भारतका संघीय गृह मन्त्री अमित शाह नयाँ दिल्लीस्थित एम्स अस्पतालमा अस्पताल भर्ना भएका छन् । पूर्ण स्वास्थ्य परीक्षणका लागि उनलाई अस्पताल भर्ना गरिएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । उनलाई गत २ अगस्टमा...

भोलिदेखी प्रदेश १ का सवै स्वास्थ्य संस्थाहरुमा आकस्मिक र फिवरवाहेकका सेवा बन्द हुँदै

विराटनगर, चैत १०–प्रदेश १ का सवै स्वास्थ्य संस्थाहरुमा भोलिदेखि आकस्मिक र फिवर सेवा वाहेकका अन्य सवै सेवा बन्द रहने भएका छन् । प्रदेश १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन को...

महिला र छात्राहरुलाई १८ वटा साइकल वितरण

विराटनगर, २८ चैत । रोटरी क्लब अफ विराटनगरले महिला र छात्राहरुलाई साइकल वितरण गरेको छ । एक कार्यक्रमकाबिच क्लबले १८ जना महिला र छात्राहरुलाई साइकल वितरण गरेको हो । रोजगारीका लागि काममा जान सहज होस...

सिंघीया, केसलिया करिडोर निर्माणसहित मीरगंज पुल समस्याबारे मन्त्री कार्की र बिहारका उपमुख्यमन्त्रीबिच छलफल

विराटनगर । विराटनगरको सिंघीया, केसलिया करिडोर र भारतको मीरगंज पुलमा देखिएको समस्या समाधानको लागि भारतको बिहार सरकारका उपमुख्यमन्त्री तारकेश्वर प्रसाद र प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीबिच छलफल भएको छ...

प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, को बन्दैछन् मुख्यमन्त्री ?

विराटनगर । प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश १ सरकारको मुख्यमन्त्री दाबी गर्न दलहरूलाई दिएको समयसीमा आज साँझ ५ बजे सकिँदैछ। सत्ता साझेदार दलहरुले आजै प्रदेश प्रमुखसामू मुख्यमन्त्री दाबी गर्ने तयारी गरेका छन्।प्रदेश १ को मुख्यमन्त्रीमा...

कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुल्यो

काठमाडौं, २८ पुुस-कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको छ । नयाँ पाठ्यक्रम कार्यान्वयन नगर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेसँगै नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको हो । मंगलबार न्यायाधीश...

विराटनगरबाटै लाइसेन्स लिन सकिने

विराटनगर । विराटनगरबाट पनि अब सवारी चालक लाइसेन्स लिन सकिने भएको छ। सोमबार मुख्यमन्त्री राजेन्द्र राईले विराटनगरस्थित ट्रायल सेन्टरको उद्घाटन गरेर सर्वसाधारणको सुविधाका लागि प्रदेश सरकारले यो प्रबन्ध गरेको जानकारी दिए। हालसम्म प्रदेश १ मा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्