कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुल्यो - News Birat

कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुल्यो

न्यूज विराट

काठमाडौं, २८ पुुस-कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको छ । नयाँ पाठ्यक्रम कार्यान्वयन नगर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेसँगै नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको हो ।

मंगलबार न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले रिट खारेज गरेको हो । गणित विषयलाई उपेक्षा गरिएको भन्दै भागवता अर्याललगायतले रिट दायर गरेका थिए । रिट खारेज भएसँगै अब नयाँ पाठ्यक्रमअनुसार पठनपाठन हुनेछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles