विराटनगर, २८ चैत । रोटरी क्लब अफ विराटनगरले महिला र छात्राहरुलाई साइकल वितरण गरेको छ । एक कार्यक्रमकाबिच क्लबले १८ जना महिला र छात्राहरुलाई साइकल वितरण गरेको हो ।
रोजगारीका लागि काममा जान सहज होस भनेर विपन्न परिवारका महिलाहरुलाई साइकल वितरण गरिएको क्लबले जनाएको छ । त्यस्तै विद्यालय तथा कलेजमा अध्ययन गर्ने छात्राहरुलाई यातायातका लागि साइकल हस्न्तरण गरिएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष रेखा राठीले जानकारी दिइन् ।
साइकल रोटरी क्लबका गभर्नर जितेन्द्रबहादुर राजभण्डारीको उपस्थितिमा क्लबले महिला सशक्तीकरणका लागि विपन्न महिला तथा छात्राहरुलाई १८ वटा साइकल वितरण गरेको हो । लभान्वित हुने महिला र छात्राहरु चित्रगुप्त समाज कल्याण परिषद तीनटोलीयाको सहजिकरणमा छनौट गरिएको थियो ।
नेकपा केन्द्रीय सदस्यसमेत रहेका सांसद महेश बस्नेतले पार्टी उपाध्यक्ष वामदेव गौतमका लागि सिट खाली गर्न तयार रहेको बताएका छन् ।गाैतमलाई प्रतिनिधिसभामा ल्याउने चर्चाका माझ भक्तपुर निर्वाचन क्षेत्र नं. २ का सांसद बस्नेतले सिट खाली गर्न...
विराटनगर,१७ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी देश निर्माणको अभियानमा लागेको बताउनु भएका छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन प्रदेश नं १ कमिटीद्वारा आज यहाँ आयोजित प्रदेश स्तरीय दुई दिन...
काठमाडौं, ४ मंसिर-गत २४ घण्टामा २ हजार १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा संक्रमितको कुल संख्या २ लाख १५ हजार २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...
विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका – ६ घर भइ धनकुटा जिल्ला अस्पतालमा कार्यरत पाँचौ तहका ल्याबटेक्निसियन वर्ष २७ का अर्जुन कुमार मेहताको रहस्मय मृत्यु प्रकरणमा पक्राउ परेकी प्रेमिका सुशिला कुमारी मेहतासहित दुई जना विरुद्ध मुद्दा...
काठमाडौं, २० मंसिर-आज बस्न लागेको नेकपा सचिवालय बैठकमा पनि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुनेमा अन्यौल कायमै छ । अनौपचारिक संवादमार्फत सहमति जुटाउने प्रयास जारी रहे पनि आजको सचिवालय बैठकमा उपस्थित हुनेनहुनेबारेमा...
विराटनगर । विराटनगर–१४ मा अवस्थित काठमाण्डौं विश्वविद्यालयको विस्तारित कार्यक्रमका रुपमा सञ्चालित एस्पायर कलेजले विश्व विद्यालयले गतःमार्चमा लिएको बि.टेक.एड.आई.टी र बि.पि.एच. प्रथम र तृतीय सेमेष्टरको परीक्षाफलमा जी.पि.ए. ४ प्राप्त गर्ने ६ जना विद्याथीहरुलाई सम्मान गरेको छ...
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी मंसिर २३ भित्र देशभरका सबै स्थानीय तहभित्रका जग्गाहरूको वर्गीकरण गरिसक्न परिपत्र गरेको छ । मन्त्रालयले मंगलबार एक विज्ञप्ती जारी गर्दै आगामी मंसिर सम्ममा कम्तिमा कृषि क्षेत्र र...
सिरहामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको घटनाको विषयमा समाचार संकलन गर्न गएका पत्रकारमाथि पीडक भनिएकाे पक्षले गालीगलाैज गर्दै कुटपिटकाे धम्की दिएकाे छ । पत्रकारमाथि भएकाे यसखाले दुर्व्यवहारप्रति आपत्ति जनाउँदै पत्रकार महासंघ सिरहाले दाेषीलाई कारबाही माग गरेकाे छ ।...