जाडोमा यसरी दाँतको ख्याल गर्ने

 न्यूज विराट
जाडोमा यसरी दाँतको ख्याल गर्ने

डा. सुधीर श्रेष्ठ

चिसो बढ्दै जाँदा स्वास्थ्य समस्याहरु पनि देखिन थाल्छन् । गर्मी होस् वा जाडो, मौसमअनुसार मानिसको स्वास्थ्यमा असर परिरहेको हुन्छ ।
मानिसमा देखिने अनेक स्वास्थ्य समस्यामध्ये एक हो– दाँतको दुखाइ । विभिन्न कारणले दाँत दुख्ने, रगत आउने, गिजा सुन्निे, किराले खाने जस्तो समस्याले धेरैलाई हैरान बनाउँछ ।

जाडो याममा यस्ता समस्या तुलनात्मक रुपमा बढी हुने गर्छ । चिसोको कारण कम समय मात्र ब्रस गर्ने गरिन्छ । त्यसकारण पनि दाँतमा समस्या हुने गर्छ । धेरैलाई चिसो पानी पिउँदा दाँत सिरिङ्ग हुने गर्छ ।
उमेरसँगै दाँत खिइने गर्छ । दाँतको पत्र हुन्छ ।

पहिलो पत्रमा चिसो, तातो, अमिलो खाँदा केही फरक पर्दैन तर जब पहिलो पत्र जसलाई इनामेल भनिन्छ, त्यो खिएर जान्छ त्यसपछि माथिल्लो तह (डेन्टिन) को नजिक पुग्छ तब दाँत बढी सिरिङ्ग हुने हुन्छ । विभिन्न कारणले यस्तो हुने गर्छ । नमिलेको दाँत ठोक्किएर काटिने । धेरै मात्रमा अमिलो खाँदा दाँत खिइने गर्छ । त्यसैले गर्मीमा भन्दा जाडोमा चिसो खाँदा दाँत कुँडिने गर्छ । उमेरसँगै दाँत खिइने, धेरै मात्रामा कडा खालको ब्रस प्रयोग गर्दा, सही तरिकाले दाँत सफा नगर्दा पनि दाँतमा त्यस्तो समस्या हुन्छ ।

दाँतमा हुने समस्यामध्ये गिजामा हुने समस्या पनि प्रमुख हो । सही तरिकाले दाँत नमाझ्दा, सफा नगर्दा यस्तो समस्या आउने गर्छ । दिनको दुईपटक दाँतमा ब्रस गर्नु उचित हुन्छ । बिहान खाना खाएर र बेलुकी सुत्ने बेलामा । केही खाएर मजाले मुख कुल्ला गर्नुपर्छ । फोहोर नै दाँतमा बढी समस्याको कारक हो ।
वास्तवमा दाँतमा किरा हुँदैन । बच्चाहरुमा किन धेरै समस्या देखिन्छ भन्दा बच्चाहरुको ६–७ महिनादेखि दाँत निस्कन सुरु हुन्छ । तर धेरैजसो बच्चाहरुलाई २–३ वर्षपछि मात्र अभिभावकले ब्रस गराउने गर्छन् । त्यसअघि बच्चाले ब्रस गरेको हुदँैन । खाएको खानाले दाँतलाई सडाउन थाल्छ । अनि बिस्तारै खाएको खाने कुरा मुखमा अड्किएर रहयो भने अमिलोपन, एसिड निस्कन्छ । तयसले दाँत खिइन्छ । खाल्डो बन्दै जान्छ । त्यही खाल्डोलाई नै डेन्टल कियररिज अथवा सडेको भनिन्छ । किरा लागेको भन्ने हुँदैन ।

मुख्य समस्या भनेको दाँत सड्ने र गिजाको समस्या नै हो । सुरुमा गिजाको समस्या हुन्छ । त्यसपछि रगत आउने, मुख गन्हाउने । उपचार नगर्दा बिस्तारै दाँतको जराको हड्डीको वरिपरि खिइएर जान्छ । अनि दाँत हल्लन थाल्छ ।
सजिलैसँग दाँतमा टाँसिने खाना, जस्तै चकलेट, रेडिमेड खाना चाउचाउ, कुरकुरे जस्ता खानेकुरा धेरै मात्रामा कम गर्नुपर्ने हुन्छ । अत्याधिक मात्रमा चिनी बढी भएको खानेकुराहरुले दाँत सड्न सहयोग पुर्याउँछ । ब्याक्टेरियाहरु सक्रिय हुन्छन् । त्यसैले अत्यधिक मात्रमा गुलियो चिज र दाँतमा सजिलैसँग अड्किने चिजहरु हानिकारक छ । फाइबर डाइट, जस्तै माछामासु, हरियो सागपात दाँतको स्वास्थ्य लागि राम्रो हुन्छ । दाँतमा अड्किएका खानेकुरा सिन्काले घोचेर निकाल्नु एकदम हानिकारक हो । त्यस्तो गर्दा गिजा फुल्ने गर्छ । दाँतमा ग्याप हुन सक्ने सम्भावना हुन्छ । त्यसैले ब्रस गर्ने अथवा डेन्टल फल्स प्रयोग गरे दुई दाँतबीच अड्किएको खानेकुरा सजिलै निस्कन्छ ।

दाँत सडेपछि उपचार गर्नैपर्छ । दाँतमा विभिन्न लेयर (तह) हुन्छ । पहिलो लेयर दाँत सड्नु भनेको इनामेल, जसमा खाल्डो छ भने त्यसले दुखाई हुँदैन । त्यो बेला उपचार भयो भने सजिलो, सस्तो र समय पनि धेरै लाग्दैन । तर इनामेलबाट दोस्रो लेयरमा गयो भने दाँत सिरिङग गर्न थाल्छ । त्यसमा पनि दाँत भर्न सकिन्छ । तर खाल्डो जब नशामा पुग्छ अनि दुखाई हुन थाल्छ । त्यसमा पनि दाँत खोल्न पर्दैन, रुट कियानल ट्रिटमेन्ट (दाँतको नशाको उपचार ) दाँतको टुप्पोदेखि भरेर कभर लाएपछि त्यस्तो गाह्रो केही हुँदैन ।
दाँत भर्दा क्यान्सर लाग्छ भन्ने कुराहरु एकदमै सुनिन्छ तर यो भ्रम हो । त्यस्तो केही समस्या हुँदैन । अचेल नयाँ सामग्रीहरुबाट बनेका दाँतकै रङको हुन्छ, भरेको थाहा पनि हुँदैन र यसले शरीरमा कुनै रोग पनि निम्त्याउँदैन र असर पनि गर्दैन ।
लेखक कोशी अस्पतालमा कार्यरत दन्त्त तथा अनुहार रोग विशेषज्ञ चिकित्सक हुन् ।

सम्बन्धित समाचार

प्रसूति गराउने क्रममा आमा र शिशुको मृत्यु भएपछि रंगेली तनावग्रस्त

विराटनगर, फागुन ६–प्रसूति गराउने क्रममा आमा र शिशुको मृत्यु भएपछि मोरङको रंगेली तनावग्रस्त बनेको छ । रंगेली अस्पतालमा प्रसूतिका क्रममा रंगेली ९ की २५ वर्षीया रविना सरदार र शिशुको मृत्यु भएपछि आफन्तले रंगेली बजारमा प्रदर्शन...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करीका कपडा बरामद, विराटनगरका बब्लु अग्रवालले पठाएको खुलसा

विराटनगर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सशस्त्र प्रहरीले चोरीपैठारीको आशंकामा १० पोका कपडा बरामद गरेको छ ।आइतबार विराटनगर विमानस्थलबाट यति एयरलाइन्सको उडानबाट कार्गोमार्फत पठाइएको १० वटा पोकामा रहेको तयारी कपडा सशस्त्र प्रहरी बल नेपालको राजस्व अनुसन्धान...

साविक बिजेता एपीएफलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...

मोरङ ५(२) मा कांग्रेसका अमृत आर्याल निर्वाचित

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल मोरङ क्षेत्र नंं. ५ (२) बाट प्रदेशसभा सदस्यमा विजयी भएका छन्। उनले प्रदेश १ का स्वास्थ्यमन्त्री तथा जसपाका नेता जयराम यादवलाई फराकिलो मत अन्तरले पराजित गर्दै प्रदेशसभा...

संक्रमितको संख्यामा कमी आउन थाल्यो, अस्पतालमा चाप घट्योः ट्रम्प

एजेन्सी, बैशाख २-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस संक्रमितको संख्यामा कमी आउन थालेको दाबी गरेका छन् । अमेरिकामा कोरोना भाइरसबाट दैनिक २५ हजारदेखि ३० हजारसम्म संक्रमित भइरहेका बेला ट्रम्पले संक्रमितको संख्यामा कमी आउन थालेको दाबी...

मानगढ खानेपानीको पुनः निर्वाचन गराउन माग राख्दै उच्च अदालतमा रिट, शुक्रबारलाई तोकियो पेशी

विराटनगर । मानगढ खानेपानी आयोजनामा नयाँ नेतृत्व चयनको लागि भएको मतदान रद्ध गरि पुनः निर्वाचन समिति गठन गरेर मात्रै निर्वाचनको प्रक्रिया सुरु गर्न माग राख्दै उच्च अदालत विराटनगरमा रिट निवेदन दर्ता भएको छ ।विराटनगरका तीन...

सप्तरीमा एकैदिन ४३ जनाले जिते कोरोना 

सप्तरी, २२ साउन -सप्तरीमा एकै दिन ४३ जना सङ्क्रमित कोरोना जितेर घर फर्केका छन् । गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.रणजीतकुमार झाका अनुसार एकैपटक ९ महिलासहित ४३ जना निको भएका हुन् ।  उनीहरूको अन्तिम...

अवैध कसर उद्योग संचालन गर्ने महतो पक्राउ

धनुषा जिल्लाका सबैभन्दा ठूलो क्रसर उद्योगका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका-६ स्थित रहेको कमला स्टोन क्रसर उद्योगका संचालक महादेव महतो पक्राउ परेका छन् । अनुगमन टोलीले शनिबार उक्त क्रसर उद्योगमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्