अवैध कसर उद्योग संचालन गर्ने महतो पक्राउ

 न्यूज विराट
अवैध कसर उद्योग संचालन गर्ने महतो पक्राउ

धनुषा जिल्लाका सबैभन्दा ठूलो क्रसर उद्योगका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका-६ स्थित रहेको कमला स्टोन क्रसर उद्योगका संचालक महादेव महतो पक्राउ परेका छन् । अनुगमन टोलीले शनिबार उक्त क्रसर उद्योगमा अगुगमन गर्दा अवैधरूपमा संचालन गर्दै आएको भेटिएपछि क्रसर उद्योग संचालक महतो पक्राउ परेका हुन् ।

गणेशमान चारनाथ नगरपालिकाका अनुसार महतोले झन्डै १० वर्षदेखि कुनै प्रकारको कर नतिरेको र झुठो बोल्दै सरकारी जग्गा कब्जा गरेर गैरकानूनीरूपमा उद्योग संचालन गर्दै आएका छन् । महतोलाई नगरपालिकले बारम्बार मौखिक र लिखित जानकारी गराउँदा पनि बेवास्ता गरेको नगर प्रमुख रामबाबू यादवले बताए ।

जिल्ला समन्वय समिति धनुषाका उपप्रमुख दीपक झाका अनुसार आफूहरूले उद्योगलाई नवीकरणको लागि आग्रह गर्दा अटेर गरेको र सोधखोज गर्दा उद्योग बन्द रहेको भन्दै महतोले झुठो बोल्दै आएका थिए ।

सम्बन्धित समाचार

विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...

सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...

ब्राउनसुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्

Scholarship Shikshadeep College