
प्रदेश १ मा ९६९ जनामा कोरोना संक्रमित थपिए
विराटनगर, २८ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९६९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ४८६ जनाको पीसीआर परीक्षण गर्दा ४९७ र १ हजार ५८५ जनाको एन्टिजेन परीक्षण गर्दा ४७२ जनामा...
विराटनगर । मानगढ खानेपानी आयोजनामा नयाँ नेतृत्व चयनको लागि भएको मतदान रद्ध गरि पुनः निर्वाचन समिति गठन गरेर मात्रै निर्वाचनको प्रक्रिया सुरु गर्न माग राख्दै उच्च अदालत विराटनगरमा रिट निवेदन दर्ता भएको छ ।
विराटनगरका तीन जना उपभोक्ता यज्ञ प्रसाद खतिवडा, टंकप्रसाद खतिवडा र भरत कार्कीले दश जनालाई बिपक्षी बनाएर उच्च अदालतमा बिहीबार रिट निवेदन दर्ता गराएका हुन् ।
प्रत्येक मतदाताहरुलाई मतदान प्रक्रियामा सहभागी गराई सोहि दिन सम्पन्न हुने छ भनि सूचना प्रकाशित गरी तोकिएको समय भन्दा करिव २ घण्टा ढिला गरी सुरु गरिएको दुषित निर्वाचन प्रक्रिया रद्ध गरेर पुनः निर्वाचन गरिनुपर्ने बताएका छन् । निर्वाचन सम्बन्धि विश्वव्यापी मान्यता, नेपालका प्रचलित कानुनहरु, संस्थाहरुले अवलम्बन गर्ने कार्यविधिहरु समेतको विपरित अपूर्ण अधुरो र बैधता सुन्य मतदान कार्य, मुचुल्का, खसेका मतपत्र समेत अमान्य र बदर गरी, निर्वाचन प्रक्रियाहरु विपक्षिहरुको तर्फबाट भएका निर्णयहरु गैर कानुनी कार्यहरु उत्प्रेषणको आदेशद्वारा बदर गर्न माग गरेका छन् ।
विपक्षीहरुले खसेको मत मात्रलाई आधिकारीक मानी सोहि मतपत्र मात्र गणना गर्ने गराउने र सोहि मतपत्र मात्रको आधारमा निर्वाचन परिणाम घोषणा गर्ने गराउने प्रवल सम्भावना रहेको कारणले मुद्दाको टुंगो नलागुन्जेलसम्म सुविधा र सन्तुलनका सिद्धान्तलाई दृष्टिगत गरी जेठ १९ गते भएको मतदानको मतपेटिका नखोल्नु नखोलाउनु, मतगणना नगर्नु नगराउनु, मत परिणाम घोषित नगर्नु नगराउनु, सोहि मतपत्रको आधार लिई कुनै पनि उम्मेदवारलाई निर्वाचित घोषित नगर्नु, नगराउनु, पदस्थापना लगायतका काम कारबाहि नगर्नु नगराउनु, कुनै पनि निर्णय तथा काम कारबाहिहरु नगर्नु नगराउनु र यथास्थितिमा राखु भनी विपक्षीहरुका नाममा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८(१) (२) तथा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेश सामेत जारीको माग गरिएको छ ।
उच्च अदालत विराटनगरले उक्त रिट निवेदनमा शुक्रबार पेशी तोकेको छ ।
आउँदो पाँच वर्षका लागि नयाँ नेतृत्व निर्वाचित गर्न १९ जेठमा निर्वाचन भएको थियो । गत शनिबार मतदान गरेका विराट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सदस्यहरु मतपरिणाम कुरेर बसेका छन् । मानगढ खानेपानी आयोजनाको नेतृत्व निर्वाचित गर्नका लागि मतदान भइरहेको बेला शनिबार साँझपख मतदानस्थलमा विवाद भएको थियो । अध्यक्ष पदका उम्मेदवार राम घिमिरे पक्षले धाँधली गर्न खोजेको भन्दै अर्को पक्षले मतदानस्थलमा होहल्ला गरेपछि अन्तिम समयमा मतदान रोकिएको थियो ।
नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा ३ हजार ३७२ जना मतदाताले निर्वाचन अधिकृतहरुबाट मतपत्र बुझेका छन् । मतदान गर्न लाइनमा बसेका केहीले विवादका कारण मतदान गर्न पाएनन् । जसले गर्दा मतपेटिकामा त्यो भन्दा कमसंख्यामा मात्र मतपत्रहरु रहेको अनुमान गरिएको छ ।
विराटनगर, २८ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९६९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ४८६ जनाको पीसीआर परीक्षण गर्दा ४९७ र १ हजार ५८५ जनाको एन्टिजेन परीक्षण गर्दा ४७२ जनामा...
सुर्खेत, २२ जेठ-दैलेखमा आज एकै दिन १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाको प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका १ सय ५ जनासहित मुगुका १ जना गरी १ सय...
काठमाडौं, जेठ २-नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितहरूमा मकवानपुर निवासी ३७...
एजेन्सी, जेठ १-सन् २०२० को पहिलो तीन महिनाभित्र संसारको व्यापार ३ प्रतिशतले घटेकाे छ । संयुक्त राष्ट्र संघको व्यापार निकायले यस्ताे विवरण सार्वजनिक गरेकाे हाे । उक्त संस्थाले यस्तो गिरावट अबको तीन महिनापछि अझै चिन्ताजनक...
काठमाडौं, १८ कात्तिक-नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार नाघेको छ । कोरोना संक्रमणबाट नेपालमा थप २० जनाको मृत्यु भएसँग मृतकको संख्या १००४ पुगेको हो । नेपालमा थप ३११४ जनामा कोरोना संक्रमण पुष्टि...
विराटनगर, २३ भदौ । निरन्तर विभिन्न सामाजिक कार्यहरु रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेको छ । क्लबले विश्व साक्षरता दिवसको अवसरमा विराटनगर खार्जी स्थित ज्योती आधारभूत विद्यालय अध्ययनरत विद्यार्थीहरुलाई पोशाक वितरण...
नेपाली कांग्रेसले कोभिड–१९ को संक्रमण रोक्न अन्तर्राष्ट्रिय उडान र सीमानाकाबाट आउनेलाई व्यवस्थित चेक र क्वारेन्टाइनको व्यवस्था सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । कांग्रेसको कोभिड–१९ अनुगमन समितिले आज एक विज्ञप्तिमार्फत कोभिड–१९ को संक्रमण कम हुँदै...
काठमाडौं, ५ माघ । सरकारले खोप अभियान चलाउनका लागि १५ माघपछि चार दिन विद्यालय खोल्ने निर्णय गरेको छ । मंगलबार कोभिड–१९ रोक्ने विषयमा विभिन्न मन्त्रालयका प्रतिनिधिबीच गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको बैठकले खोप अभियानका लागि...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.