प्रसूति गराउने क्रममा आमा र शिशुको मृत्यु भएपछि रंगेली तनावग्रस्त - News Birat

प्रसूति गराउने क्रममा आमा र शिशुको मृत्यु भएपछि रंगेली तनावग्रस्त

न्यूज विराट

विराटनगर, फागुन ६–प्रसूति गराउने क्रममा आमा र शिशुको मृत्यु भएपछि मोरङको रंगेली तनावग्रस्त बनेको छ । रंगेली अस्पतालमा प्रसूतिका क्रममा रंगेली ९ की २५ वर्षीया रविना सरदार र शिशुको मृत्यु भएपछि आफन्तले रंगेली बजारमा प्रदर्शन गरेका छन् ।

अस्पतालको लापरबाहीका कारण आमा र शिशुको ज्यान गएको आफन्तको आरोप छ । रविनाले मृत शिशु जन्माएकी थिइन् । त्यसपछि रविनाको स्वास्थ्य अवस्था गम्भीर भएको थियो ।

घरबाट सकुशल अस्पताल आएकी रविनाले डाक्टरकोे लापरबाहीकै कारण ज्यान गुमाउनु परेको आफन्त रामनारयण सरदारले बताए । उपचारमा संलग्न डाक्टरलाई कडा कारबाही र परिवारलाई राहत दिनुपर्ने आफन्तको माग छ । प्रदर्शनमा उत्रिएका आफन्तले बजारसमेत बन्द गराएका छन् । घटना पश्यात अस्पतालमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles