युवाको जीत सँगै बिउँझिएका आशाहरु

 न्यूज विराट
युवाको जीत सँगै बिउँझिएका आशाहरु

ज्योति अधिकारी

मोरङ क्षेत्र नं ६ (क) मा प्रदेश सभा सदस्य निर्वाचित हुनु अघि नै जीवन आचार्यले त्यस क्षेत्रको विकासका काममा समर्पित गराएका थिए । अघिल्लो पटक चुनाव हारेर पनि उनले यस क्षेत्रका लागि केन्द्रबाट बजेट ल्याउन पुलको काम गरे । धेरै नेताहरु चुनाव जितेर दुलो पस्छन् । तर, आचार्यले विकासका नयाँ गोरेटोहरु निर्माण गर्न सकृय रहे ।

सुन्दर हरैचा नगरपालिका को २ देखि ७ नं वडा, बुढीगंगा गाउँपालिकाका सबै वडा र विराटनगर महानगरपालिकाको ४ नं वडा गरेर लगभग ७० हजार मतदाताहरुका मरेका लाखौं आशाहरु बिउँझिन थाले । समृद्धिका पाइलाहरु तङ्ग्रिन थाले ।
सुन्दर हरैचाको उत्तरी बेल्ट फोक्ल्याण्ड टापुदेखि दक्षिणमा विराटनगर महानगरपालिकाको ४ नं वडाका जनताहरु माझ विकास र समृद्धिको नारा लिएर चुनावमा होमिदै गर्दा जीवनले आम मतदाताहरुका भावनाहरुलाई नजिक बाट नियाल्न पुगे । हिजोको पुस्ताले गरेको राजनैतिक बेइमानी, विकासको नाममा मौलाएको भ्रष्टाचार, बेरोजगारीको समस्या, महिला हिंसाको समस्या, मजदुर कृषक अनि विद्यार्थीका समस्या, गरिबी लगायत थुप्रै समस्याहरूका बारेमा उनले जनताका गुनासाहरु सुने, देखें अनि महसुस गरे ।
गाछिया खोला र बुढी खोलामा वर्षेनी आउने बाढी र त्यसले निम्त्याउने धनजनको समस्या यहाँको अत्यन्तै डरलाग्दो समस्याको रूपमा रहेको छ । सुन्दरहरैचा र बुढीगंगाका केही क्षेत्रहरूमा लागु पदार्थ दुर्व्यसन अत्यन्तै विकराल समस्याको रूपमा युवाहरु माझ भूसको आगो झैं सल्किएको उनले पाए । यी समस्या समाधान गर्न जीवनले पहल गर्नेछन् । अनि, केन्द्रलाई यस क्षेत्रसँग जोड्नेछन् भन्ने धेरै मतदाताले विश्वास लिएका छन् । जसका कारण पार्टी संगठन सबैभन्दा कमजोर हुँदा पनि मतदाताहरु उनलाई विजय गराउन दिन रात नभनी लागे ।
जीवन जहाँ जहाँ पुग्थे उनले जनताका मरेका आशाहरुलाई नयाँ जीवन दिने प्रण गर्दथ । आफ्नो कारणले कुनै पनि मतदाताको शीर निहुर्याउने काम नगर्ने बाचा गर्थे । पटक पटक । अन्ततः विकास अनि समृद्धिको लागि यस क्षेत्रका मतदाताहरुले एकपटक जीवनलाई जिताएर उनलाई परीक्षण गर्ने निधो गरे ।

नेता प्रिय हुन जनताको काम गर्नु पर्दो रहेछ । आफूलाई धेरै समय यही क्षेत्रका जनताहरु माझ व्यस्त राख्नु अनिवार्य रहेछ । उनले कोभिडको महामारी समयमा जनताको साथ छोडेका थिएनन् । बाढी आउँदा दुःखमा होस् या जनताका हरेक चाडपर्व अनि सुखमा उनले सदैव आफूलाई जनतामाझ प्रस्तुत गराइरहे । कहिले राहत बोकेर केन्द्रबाट क्षेत्रमा आए कहिले जनताको आँसु पुस्न दुःखमा पुगे ।
चुनाब जितेसँगै उनले कयौं चुनौतीहरू पार गर्नुपर्ने देखिएको छ । चुनाव जितेका आचार्यलाई यस क्षेत्रका जनताहरूले अब बन्ने प्रदेश सरकारमा महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी व्यक्तिका रुपमा हेरेका छन् । आचार्य प्रदेशकै सबैभन्दा कान्छा युवा सांसद हुन् । राजनीति शास्त्रमा स्नातकोत्तर गरी हाल विद्यावारिधिको तयारीमा जुटेका उनले आफ्नो क्षेत्र मात्र होइन, प्रदेशकै समृद्धिको खाका कोरेका छन् । सरकारको महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएमा जनताको हितमा र समाजको हितमा आफूलाई समर्पित गर्ने प्रण गरेका छन् । उनले बुनेका कयौं योजनाहरू कहिले र कसरी पुरा हुन्छन् भनि नियाल्ने जनता धेरै छन् ।

हरियो अनि भरियो योजना, सरकारसँग कृषक कार्यक्रम, युवा स्वावलम्बी कार्यक्रम, महिला सशक्तिकरण कार्यक्रम, दुर्व्यसनी मुक्त युवा कार्यक्रम उनले नागरिकहरु माझ अघि सरेका लोकप्रिय कार्यक्रमका योजनाहरु हुन् । बुढी खोला र गछीया खोला किनारमा रहेका लाखौं जनताहरूलाई बाढीबाट बचाउन दरिलो तटबन्धको आवश्यकता रहेको छ । त्यस कार्यका लागि प्रदेश र सिंहदरबारलाई एकैपटक दबाब दिन सक्ने अनि काम उनले मात्र गर्न गराउन सक्छन् । सुन्दरहरैंचामा रहेको पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेजको रूपमा अगाडि बढाउनु पर्ने, विराटनगर विमान स्थललाई क्षेत्रीय विमानस्थलमा रुपान्तरण गर्नुपर्ने लगायत अनेकन ठूला योजनाहरू जीवनले पूरा गर्नेछन् भन्ने जनताको अपेक्षा छ ।

सुकुम्बासीका लागि समृद्धिको सपना र अवसर बनएर आएका छन् जीवन । विगतमा कमजोर नेतृत्व भएकै कारण देशको अधिकांश ठाउँमा पुर्जा वितरण हुँदा मोरङमा हुन सकिरहेको छैन । यी सबै समस्यामा जनताले जीवनमाथि ठूलो अपेक्षा राखेका छन् ।
बृहत्तर प्रदेश विकास आयोजनालाई अघि बढाउने विषय होस् वा बाईपास रोडको स्तर उन्नति र पूर्णता दिएर सञ्चालनमा ल्याउने विषयमा जीवन चिन्तित देखिन्छन् ।
अब बन्ने प्रदेश सरकारले उनको स्पष्ट भिजन अनि सकारात्मक युवा सोचको सदुपयोग गर्नैपर्छ । विकास अनि समृद्धिका आशाहरुले फेरी पालुवा हाल्नैपर्छ । उनलाई शुभकामना छ ।

सम्बन्धित समाचार

विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...

सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...

ब्राउनसुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्

Scholarship Shikshadeep College