प्रदेश सरकारको ध्यान ‘थ्रिटी’मा: मन्त्री घिमिरे

 न्यूज विराट
प्रदेश सरकारको ध्यान ‘थ्रिटी’मा: मन्त्री घिमिरे

विराटनगर, बैशाख २६–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना भाईरसको नियन्त्रणका लागि प्रदेश सरकारको ध्यान थ्रिटीमा केन्द्रित रहेको बताएका छन् । प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि ट्रेसिङ, टेष्टीङ र ट्रिटमेन्टलाई मुख्य प्राथमिकता दिएर काम गरिरहेको उनले बताए ।

सामाजिक विकास मन्त्रालयले कोरोना नियन्त्रणका लागि निर्देशिका बनाएरै काम गरिरहेको उनले जानकारी दिए । सामाजिक विकास मन्त्रालयको जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहता नेतृत्वको टिमले ट्रेसिङको काम गरिरहेको मन्त्री घिमिरेले बताए । उनले भने,‘कोरोनाको रुट पत्ता लगाउने काम यसले गर्छ ।’

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवको नेतृत्वमा टेष्टीङ गर्ने टिम रहेको उहाँले बताए । कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेन्टेन्ड डा. संगीता मिश्राको नेतत्वमा ट्रिटमेन्ट गर्ने टिम रहेको मन्त्री घिमिरेले बताए । सो टिममा डा. दीपक सिग्देल र डा. डेनप्रसाद आचार्य रहेका छन् । सामाजिक विकास मन्त्री घिमिरेले हेल्थडेक्स पुन सुरु गरिने बताए । लकडाउन खुकुलो भएसँगै हेल्थडेक्स शुरु हुने उनको भनाई छ ।

सम्बन्धित समाचार

कोरोना भाइरसविरुद्धको खोप पत्रकारलाई पनि उपलब्ध गराइने

सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप पत्रकारलाई पनि उपलब्ध गराउने भएको छ । पत्रकारहरूलाई कोरोनाविरुद्धको खोप लगाउन नयाँ बानेस्वरस्थित सिभिल अस्पताल तोकिएको छ । खोप लगाउन चाहने पत्रकारले सोमबारदेखि शुक्रबारसम्म आफ्नो पत्रकार परिचयपत्र देखाएर लगाउन सक्ने...

प्रदेश १ मा घट्यो संक्रमण दर, आज ३४९ जना कोरोना संक्रमित थपिए

विराटनगर, २३ जेठ । प्रदेश १ मा आज ३४९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १९५, सुनसरीमा ५१, झापामा ३६, ते¥हथुममा २६, संखुवासभामा ९, पाँचथर, इलाम र भोजपुरमा ४–४, उदयपुरमा ३, ओखलढुङ्गा र धनकुटामा...

साउदीमा अनिश्चितकालका कर्फ्यूको अवधि बढाउने निर्णय

एजेन्सी, चैत ३०--साउदी अरबले मुलुकभर लगाएको कर्फ्यू अनिश्चितकालसम्मका लागि बढाउने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड- १९) को नियन्त्रणका लागि भन्दै साउदी सरकारले अर्को सूचना नआएसम्मका लागि कर्फ्यू जारी राख्ने निर्णय गरेको हो ।...

कोभिड–१९ रोकथाममा प्रभावकारी काम गर्न ध्यानाकर्षण

काठमाडौं, १६ असार-नेपाली काँग्रेसले कोभिड–१९ का सन्दर्भमा सरकारले गरेका र आगामी तयारीका विषयमा जानकारी लिने तथा पार्टीले बारम्बार उठाउँदै आएका विषयहरुमा सरकारको ध्यानाकर्षण गराएको छ । काँंग्रेसद्वारा गठित ‘कोभिड–१९ अनुगमन समिति’का संयोजक एवं पार्टीका सहमहामन्त्री...

बुबाले छोरीको र छोराले बुबाको हत्या गर्ने पक्राउ

काठमाडौं, ८ बैशाख-आफ्नै छोरीको हत्या गर्ने बुबा पक्राउ परेका छन । पक्राउ पर्नेमा वीरगंञ्ज महानगरपालिका–१ का २९ वर्षीय संजय सरार्फ भन्ने संजय कुमार साह छन् । साहले ७ वर्षीया छोरी अंशु कुमारी सरार्फलाई गत चैत...

सरस्वती स्कुलमा चार वटा अक्षयकोष, रकम बढाएर ३ लाख १३ हजार पुगो

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका ६ मुलगाउँमा रहेको सरस्वती आधरभूत विद्यालयमा स्थापना गरिएको अक्षयकोषमा रकम बढाएर लगिएको छ । स्थापना गरिएको अक्षयकोषमा दाताहरूले रकम थप गरेर बढाएका हुन् । स्कुलमा चार वटा अक्षय कोष रहेको...

स्याङ्जा पहिरोमा ज्यान गुमाएका नौ जनाको सामूहिक दाहसंस्कार

स्याङ्जा, ९ असोज-पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा सामूहिक दाहसंस्कार गरिएको छ । स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार गरिएको हो । नौ जनालाई आठ वटा छुट्टाछुट्टै चिता...

बेलायतमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, एकै दिन साढे ८ सयको मृत्यु

एजेन्सी, बैशाख ५-बेलायतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १ लाख नाघेको छ । बिहीबार ४ हजार ६ सय थपिएसँगै त्यहाँ संक्रमितको संख्या १ लाख नाघेको हो । वर्ल्डोमिटर्सका अनुसार बेलायत सर्बाधिक कोरोना संक्रमित...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्